Websoft University

नेपाल भ्रमण वर्ष २०२० शुरु–देश भरी भव्य कार्यक्रमहरु हुँदै,


काठमाण्डौ पुस १६ गते । रातो तारा डट कम,आजबाट नेपाल भ्रमण वर्ष २०२० शुरु भएको छ । सन् २०२० भरी २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमणवर्ष सुरु भएको हो । आज विशेष कार्यक्रमसहित राजधानी काठमाडौं र सातवटै प्रदेशमा एकैसाथ नेपाल भ्रमण वर्ष २०२० सुरु हुँदै छ ।

२० लाख विदेशी पर्यटक भित्र्याउने र भित्रिएका पर्यटकलाई व्यवस्थापन गर्नेगरी सम्पूर्ण तयारी पूरा भएको सरकारले जनाएको छ । भ्रमण वर्षको आज दशरथ रङ्गशालामा एक समारोहका बीच उद्घाटन हुनेछ । काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्घाटन गर्नुहुनेछ । उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष संवोधन गर्नुहुने कार्यक्रम रहेको छ । 

नेपाल भ्रमण वर्षले हरेक नेपालीलाई जोड्ने संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई सीआईएनसँग बताउनुभयो । सीआईएनसँगको विशेष कुराकानीमा मन्त्री भट्टराईले यो वर्ष विगतका वर्षहरुभन्दा भिन्न हुने बताउनुभएको हो । नेपाल आउने पर्यटकले नेपालीको एकता, उत्साह र जाँगरलाई थप हौसला प्रदान गर्ने मन्त्री भट्राईको भनाइ छ । 

भ्रमण वर्षलाई मध्येनजर गर्दै विभिन्न क्षेत्रमा प्राकृतिक, धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुलाई सिंगार्ने काम भइरहेको छ । पर्यटकीय क्षेत्रमा नेपाली कला सँस्कृतिको प्रदर्शनीसमेत हुने नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले जानकारी दिएको छ । पर्यटनका माध्यमबाट गरिबी निवारण गर्ने लक्ष्यसहित राष्ट्रिय अर्थतन्त्रमा १० प्रतिशतको योगदान पु¥याउने दशवर्षे लक्ष्य सरकारले लिएको छ । 

भ्रमण वर्षको पहिलो दिन काठमाडौंको दशरथ रंगशालामा हुने विशेष समारोहमा सहभागी हुन भारत, चीन, जमैका र म्यानमारका पर्यटन मन्त्री हिजै काठमाडौं आइपुग्नुभएको छ । उद्घाटन समारोहमा चार देशका पर्यटन मन्त्रीसहित ७ देशको प्रतिनीधित्व रहने जनाइएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.