Websoft University

माइती नेपालले फर्काइएका३२ जना मध्ये सबैभन्दा धेरै मोरङका रहेछन


विराटनगर । रातो तारा डट कम, विराटनगरको जोगवनी नाका हुँदै ९५ जना महिलालाई चेलीबेटी बेचबिखन विरुद्ध काम गरिरहेको संस्था माइती नेपालको सक्रियतामा भारत लैजानबाट रोक लगाइएको छ ।

एक वर्षको अवधिमा शंकास्पद हिसावमा भारततर्फ लैजान खोजिएकाहरुलाई बेचबिखनको उच्च जोखिममा परेको हुन सक्ने आशंकामा रोकिएको हो । सन २०१९ जनवरीमा १३, फेब्रुअरीमा ६, मार्चमा १०, अप्रिलमा ६, मेमा ५, जुनमा ११, जुलाईमा १२, अगस्टमा ११, सेप्टेम्बरमा २, अक्टोबरमा ६, नोभेम्बरमा ६ र डिसेम्बरमा ७ महिलालाई भारततर्फ जान रोक लगाइएको हो । फर्काइएकामा सबै भन्दा बढी मोरङका रहेको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

फर्काइएका मध्ये ३२ जना मोरङका, १० जना सुनसरी, १० जना झापा, १२ जना उदयपुर, काठमाडौं,भक्तपुर, इलाम, रुकुम, ताप्लेजुङ, कास्की र पाँचथरका एक÷एक, सिरहा, सप्तरी, संखुवासभा, बाँके, सिन्धुली र सोलुखुम्बुका दुई÷दुई, खोटाङ र धनकुटाका पाँच÷पाँच जना छन् । त्यस्तै एक भारतीय महिलालाई पनि जोगवनी नाका हुँदै लैजान खोजिएको माइती नेपालले जनाएको छ ।

भारत जान रोक लगाइएकाहरुलाई केही समय संरक्षण दिएर परिवारका सदस्य र अभिभावकको जिम्मा लगाइएको पोखरेलले बताए । उनकाअनुसार बेचबिखनकै लागि लैजान खोजिएको पुष्टि भएपछि महिलाहरुलाई नेपाल र भारतीय प्रहरीको सहयोगमा फर्काउनु परेको हो ।

त्यस्तै एक वर्षको अवधिमा ४६ जना महिला हराएको निवेदन माइती नेपालमा परेकोमा छ जना फेला परेका छन् । एक वर्षको अवधिमा माइती नेपालमा १५ जना महिलामाथि घरेलु हिंसा र तीन जनामाथि बलत्कार भएको उजुरी परेको छ । त्यस्तै दुईवटा मानव बेचबिखन सम्बन्धी मुद्दा माइती नेपालको पहलमा दर्ता भएको संयोजक पोखरेलको भनाइ छ । परेका उजुरीमा कारबाहीका लागि माइती नेपाल आफैले पहल गर्ने गरेको छ ।

संयोजक पोखरेलले मोरङका स्थानीय तह मध्ये सुन्दरहरैंचा नगरपालिका र विराटनगर महानगरपालिका चेलीबेटी बेचबिखनका हिसावले बढी जोखिमपूर्ण रहेको पाइएको जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.