Websoft University
Latest Post


बिराटनगर २०८३ असोज ९ गते । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय राम प्रसाद महतोज्यूले हिजो मोरङ उद्योग व्यापार संघको नवनिर्वाचित ३५औँ कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्न मन्त्रालयमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्नु भएको छ ।

कार्यक्रममा माननीय मन्त्रीज्यूले संघको नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै उहाँले कोशी प्रदेशमा उद्योग–व्यवसाय तथा स्वदेशी उत्पादनको प्रवद्र्धन, बजारीकरण तथा संरक्षणका लागि प्रदेश सरकार पूर्ण रुपमा कटिबद्ध रहेको बताउनु भई प्रदेशमा आर्थिक समृद्धि हासिल गर्न मोरङ उद्योग व्यापार संघसँगको सहकार्यमा कृषि र उद्यमशीलता क्षेत्रका साथै निजी क्षेत्रका संघ–संस्थाहरुसँग हातेमालो गर्ने कार्यहरु अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा संघका अध्यक्ष अनिल कुमार साहले प्रदेश सरकार तथा मन्त्रालयले देखाएको सम्मान र शुभेच्छाप्रति आभार प्रकट गर्दै क्षेत्रको उद्योग–व्यवसायको संरक्षण, प्रवद्र्धन र समग्र आर्थिक समृद्धिका लागि संघ निरन्तर सहकार्य गर्न तत्पर रहेको धारणा व्यक्त गर्नु भएको थियो ।

उक्त स्वागत तथा शुभकामना कार्यक्रममा संघका अध्यक्ष अनिल कुमार साह सहित संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, आमन्त्रित सदस्यहरु, महिला उद्यम समिति र युवा उद्यम समितिका संयोजकद्वय लगायतको उपस्थिति रहेको थियो ।

 


विराटनगर असेाज ८ गते । विराटनगर–१० स्थित अर्किट प्लस टुले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ की छात्रा युनिसा राई प्रथम भएकी छन् । २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै युनिसाले पहिलो स्थान हासिल गरेकी हुन् ।

प्रतियोगितामा शिवकुमार साह द्वितीय र सतेन्द्र साह तृतीय भएका छन् । विद्यार्थीको वक्तृत्व क्षमता, तर्कशक्ति र विषयवस्तुमाथिको पकड परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगिताका लागि ‘कक्षा कोठादेखि मोबाइलको पर्दासम्मः बदलिँदो विद्यार्थी जीवन’ र ‘जलवायु न्यायः जिम्मेवारी कसको ? असर कसलाई ?’ गरी दुई विषय छनोट गरिएको थियो । सहभागी विद्यार्थीले आफूलाई रुचि लागेको विषय छनोट गरी त्यसमा आफ्ना धारणा र तर्क प्रस्तुत गरेका थिए ।

कवि तथा पत्रकार मीनकुमार नवोदितको प्रमुख निर्णायकत्वमा शिक्षक राजन दत्त र सन्तोष अधिकारी सदस्य रहेको निर्णायक समितिले विजेताको टुंगो लगाएको हो । सम्बोधन, विषयवस्तुको ज्ञान, प्रस्तुति, तर्क, विचारको क्रमबद्धता, भाषिक शुद्धता तथा शब्द चयन, मौलिकता र समय व्यवस्थापनलाई मूल्यांकनको आधार बनाइएको प्रमुख निर्णायक नवोदितले बताए ।

प्रतियोगिताबाट उत्कृष्ट सात विद्यार्थी पनि छनोट भएका छन् । उत्कृष्ट सातमा अनुस दाहाल, दीपक दास, भेनस पोखरेल, त्रिक्षा महासेठ, उदय सोनार, सिर्जना मण्डल र गरिमा दास परेका छन् ।

प्रथम, द्वितीय र तृतीयसहित उत्कृष्ट सातमा छनोट भएका विद्यार्थीबीच अर्को चरणको प्रतियोगिता आयोजना गरिने भएको छ । उक्त प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई कलेजका तर्फबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने प्लस टुका प्रिन्सिपल मनिष भट्टराईले बताए ।

विद्यार्थीभित्र लुकेर रहेका प्रतिभा पहिचान गरी त्यसलाई प्रस्फुटन गराउने उद्देश्यले अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिइएको भट्टराईले बताए । उनका अनुसार अर्किटले कविता, वक्तृत्वकला, वादविवाद, चित्रकला, हाजिरीजवाफ तथा खेलकुदलगायतका गतिविधिलाई नियमित रूपमा अघि बढाउँदै आएको छ ।



चतरा असेाज १ गते । बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्बर मन्दिर परिसरमा सम्र्पक कार्यालय खोलेको छ ।

कोशी प्रदेशका तीन जिल्ला सुनसरी, उदयपुर र धनकुटाका धार्मिक र पर्यटन क्षेत्रको प्रबद्र्धन, प्रचार प्रसार, आन्तकिर तथा बाहय पर्यटकहरुलाई सहज वाताबरण तिर्थ गर्न र चतरा देखि बराहक्षेत्र मन्दिर परिसर सम्म पुग्ने पुर्बाधार निर्माणमा समेत समितीले कामका सहजीकरण शुरु गरीसकेको बृहत्तर बराहक्षेत्र बिकास समितीका कार्याकारी निर्देशक अबिजाल बिष्ट बताएका छन् । बराह मन्दिर र रामधुनी मन्दिर परिसरमा पनि सम्र्पक कार्यालय खोली भेटीघाटीलाई ब्यबस्थीत र पारदर्शिता बनाउन लागिएको र यसका लागि डिजिटाईजेशन प्रकियामा जाने कार्याकारी निर्देशकले बताए । ​सुनसरी, उदयपुर र धनकुटाका मुख्य धार्मिक तथा पर्यटकीय ठाउँहरूको राम्रो व्यवस्थापन गर्न र दर्शनार्थीहरूलाई सूचना तथा सेवा दिनका लागि खोलिएको कार्यालयहरुले सहजीकरण गर्ने छन् ।

भेडेटार चोकमा रहेको डिस्प्ले मार्फत बृहत्तर बराहक्षेत्र बिकास समितीले गरिएका अनुकरणीय काम र धार्मिक पर्यटकीय क्षेत्रका तस्बिर प्रदेशन हुदै आएको छ । यसै बिराटनगर एयरपोर्टमा रहेको डिस्प्ले मार्फत पनि यस क्षेत्रका पर्यटकीय स्थलहरु रामधुनी, श्रीलंका टापु, कोशी करिडियर क्षेत्र, बेलकाराजा बेलकारानी दरबार, मैनाराजा मैनारानी दरबार, खुवालुङ, कुम्भस्तम्भ, औलियामोठ, छिन्ताङदेखि, पाथिभरा मन्दिर, दन्तकाली, बुढासुब्बा मन्दिर, बिष्णपादुका मन्दिर लगायतका पर्यटक क्षेत्रहरुलाई समेत डिस्प्ले मार्फत बिभिन्न स्थानबाट बिराटनगर एयरपोर्ट हुदै आउने यात्रुहरुले हेर्न ब्यबस्था गरिएको छ ।

​​सधार्मिक पर्यटकीय सर्किट तयार गरी सुनसरीको रामधुनी हुदै श्रीलंका टापुबाट बेलका राजा बेलकारानी दरबार, महाकाँलथान मन्दिर हुदै कोशी नदीको सुक्लाफाँट हुदै औलिया मोठ सम्मको एक सर्किट, औलियामोठ हुदै बराह मन्दिर, खुलालुङ, कोकासंगम, मैनाराजा मैनारानी र त्रिबेणीधाम छिन्ताङ एक सर्किट लगायतका अन्य धार्मिक पर्यटक सर्किट बनाइसकेको र सरोकारबालाहरुसंग छलफल भैरहेको कार्यकारी निर्देशक अविजाल विष्टले बताउनु भएको छ । धरान र भेडेटार पुग्ने पर्यटकलाई बराहक्षेत्र र रामधुनीसम्म जोड्ने काम गर्नेछन् । ​पूर्वी नेपालको मुख्य धार्मिक क्षेत्र भएकाले यहाँ विकास समितिको उपस्थिति रहँदा स्थानीय स्तरमा धार्मिक पर्यटनको अझ धेरै प्रचारप्रसार हुने देखिन्छ ।



विराटनगर भदैा ३१ गते । बिराट मेडिकल कलेज अन्तर्गतको हेल्थ प्रोफेसन्स एजुकेसन डिपार्टमेन्ट (एचपीईडी) ले स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञलाई एकै मञ्चमा ल्याउने उद्देश्यसहित ‘एचपीईडी–कन २०२६’(HPEd-CON 2026) आयोजना गर्ने भएको छ ।

सन् २०१६ मा स्थापना भएको एचपीईडी विभागले आफ्नो १०औँ वार्षिकोत्सवको अवसर बुढीगंगा–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटल परिसरमा २०८३ असोज १ देखि ३ गतेसम्म सञ्चालन हुने सम्मेलन ‘स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रमा नेतृत्व : नवप्रवर्तन, समावेशिता र प्रभाव’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको हो ।

मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बिराट मेडिकल कलेजका एचपीईडी विभागका अध्यक्ष तथा एचपीईडी–कन २०२६ का अध्यक्ष प्रा.डा. हेमसागर रिमालले सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, फिलिपिन्स र बेलायत (यूके) लगायतका देशका ३०० भन्दा बढी स्वास्थ्य शिक्षाविद्, विशेषज्ञ र प्रशिक्षक सहभागी हुने जानकारी दिनुभयो। उहाँको अनुसार सम्मेलनले स्वास्थ्य व्यवसाय शिक्षामा देखिएका चुनौती, सुधारका सम्भावना र विश्वव्यापी अभ्यासबारे गहन छलफल गर्नेछ । कार्यक्रममा अनुसन्धानमूलक प्रस्तुति, अन्तरक्रिया, अनुभव आदानप्रदान तथा परामर्श सत्र सञ्चालन गरिनेछ ।

सम्मेलनमा मेडिकल चिकित्सक, नर्स, एलाइड हेल्थ प्रोफेसनल, फिजियोथेरापिस्ट, पब्लिक हेल्थ विज्ञ, स्वास्थ्य क्षेत्रका शिक्षक तथा विद्यार्थी, नीति निर्माता र अन्तर्राष्ट्रिय प्रशिक्षकको सहभागिता रहने जनाइएको छ । स्वास्थ्य शिक्षा प्रणालीलाई समयानुकूल र अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने बनाउने विषय सम्मेलनको प्रमुख केन्द्रमा रहने आयोजकले जनाएको छ । दक्षतामा आधारित चिकित्सा शिक्षा , गुणस्तरीय तथा सुरक्षित स्वास्थ्य सेवा, नयाँ प्रविधिको प्रयोग र पाठ्यक्रम सुधार जस्ता विषयमा विशेष सत्र सञ्चालन गरिनेछ ।

उक्त सम्मेलनमा स्वास्थ्य क्षेत्रमा संलग्न सरोकारवालाले महसुस गरेका चुनौती तथा समस्यालाई सम्बोधन गर्दै गुणस्तरीय तथा सुरक्षित स्वास्थ्य सेवा जनतासम्म पु¥याउन नयाँ प्रविधिको प्रयोग र पाठ्यक्रममा नयाँ अवधारणाका रूपमा रहेको दक्षतामा आधारित चिकित्सा शिक्षा को कार्यान्वयन, चुनौती तथा प्रभाव बारे समेत विस्तृत छलफल हुने बताएको छ ।

सम्मेलनबाट नेपालमा स्वास्थ्य व्यवसाय शिक्षा र स्वास्थ्य सेवा प्रणाली सुधारका लागि व्यवहारिक सुझाव तथा नयाँ सहकार्यका सम्भावना विकसित हुने विश्वास आयोजकले लिएको छ।  


बिराटनगर  २०८३ भदौ ३१ गते । उद्योग तथा व्यवसाय क्षेत्रमा युवाहरूलाई प्रेरित गर्दै स्वदेशमै रोजगारी तथा स्वरोजगारका अवसर पहिचान गर्न सक्षम बनाउने उद्देश्यले उद्योग संगठन मोरङद्वारा सञ्चालित बिजनेस एट स्कुल कार्यक्रमको चौथो श्रृंखला गोग्राहा माध्यमिक विद्यालय, विराटनगरमा सम्पन्न भएको छ ।

इन्स्योर परियोजनाले प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीलाई उद्योग, प्रविधि, सीप, रोजगारी तथा उद्यमशीलतासँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गरिएको उद्योग संगठन मोरङले जनाएको छ ।

कार्यक्रम अन्तर्गत मनमोहन पोलिटेक्निकले ‘इन्टरनेट अफ थिङ्स, ज्ञान अटोमेशनले ‘इन्डस्ट्रियल अटोमेशन’ तथा शीर्षक इन्टरप्राइजेजले ‘सिसिटिभि क्यामेरा सेटअप’ सम्बन्धी विषयमा ‘टेस्ट द ट्रेनिङ’ कार्यक्रम सञ्चालन गरेका थिए । यसका साथै विद्यार्थीका लागि करियर काउन्सेलिङ, सीप तथा उत्पादन प्रदर्शनी, लाइभ तालिम, सफल व्यक्तित्वहरूसँग अनुभव आदान प्रदान लगायतका कार्यक्रम सञ्चालन गरिएको थियो ।

यसपटक कार्यक्रमलाई थप प्रविधिमैत्री बनाउँदै विद्यार्थीका लागि भर्चुअल रियालिटी प्रविधि मार्फत भर्चुअल उद्योग भ्रमणको व्यवस्था समेत गरिएको थियो । विद्यार्थीले उद्योग तथा कार्यस्थलको वास्तविक वातावरण बारे प्रविधिको माध्यमबाट अनुभव गर्ने अवसर पाएका थिए । साथै, करियर काउन्सेलिङ पछि विद्यार्थीले आफ्नो नतिजा अनलाइन माध्यमबाट हेर्न सक्ने व्यवस्था समेत गरिएको संगठनले जनाएको छ ।

कार्यक्रममा गोग्राहा माध्यमिक विद्यालयका प्रधानाध्यापक वेदु खतिवडाले विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र भविष्यको करियरबारे बुझ्ने तथा सिक्ने महत्वपूर्ण अवसर कार्यक्रमले प्रदान गरेको बताउनु    भयो ।

उद्योग संगठन मोरङले विद्यार्थीलाई केवल सैद्धान्तिक शिक्षामा सीमित नराखी उद्योगको वास्तविक कार्य वातावरण, प्रविधि, सीप, रोजगारी र उद्यमशीलतासँग जोड्दै भविष्यको करियर छनोटमा सहयोग पु¥याउन बिजनेस एट स्कुल कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।


विराटनगर भदैा २६ गते  । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले एक करोड एक हजार रुपैयाँ सहयोग गरेको छ ।

महानगरपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको पारिश्रमिकबाट रकम कटौतीसँगै विपद् व्यवस्थापन कोषबाट रकम व्यवस्थापन गरी बाढीपीडितका लागि उक्त सहयोग जुटाएको हो ।

महानगरका मेयर नागेश कोइरालाले प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मालाई काठमाडौं पठाएर सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड एक हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

महानगरपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ उपलब्ध गराइएको छ । बाँकी रकम जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको सेवा–सुविधा तथा पारिश्रमिकबाट कटौती गरी संकलन गरिएको हो ।

राहत रकम जुटाउन मेयरले दुई महिनाको सेवा–सुविधा र उपमेयरले एक महिनाको सेवा–सुविधा दिएका छन् । त्यस्तै वडाध्यक्षको सात दिनको सेवासुविधारकम राहत कोषमा जम्मा गरिएको महानगरले जनाएको छ ।

कर्मचारीतर्फ सहसचिव र उपसचिव तहका कर्मचारीको १० दिन, अधिकृत तहका कर्मचारीको सात दिन तथा सहायक तहका कर्मचारीको तीन दिनको पारिश्रमिक कटौती गरिएको छ ।

सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीबाट पनि तह र श्रेणीअनुसार पारिश्रमिक कटौती गरिएको छ । माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको १० दिन, माध्यमिक द्वितीय र तृतीय, निम्न माध्यमिक प्रथम तथा प्राथमिक प्रथम श्रेणीका शिक्षकको सात दिन तथा निम्न माध्यमिक द्वितीय र तृतीय तथा प्राथमिक द्वितीय र तृतीय श्रेणीका शिक्षकको पाँच दिनको पारिश्रमिक राहतका लागि छुट्याइएको छ ।

विद्यालयका कर्मचारी तथा बालविकास सहजकर्ताको दुई दिनको पारिश्रमिकसमेत राहत कोषमा जम्मा गरिएको महानगरपालिकाले जनाएको छ ।

 महानगरले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै प्रभावित परिवारको तत्काल उद्धार, राहत, उपचार र पुनःस्थापनाका लागि स्थानीय तहको तर्फबाट सहयोग गरेको जनाएको छ ।

मेयर कोइरालाले प्राकृतिक विपद्का कारण घर, सम्पत्ति र जीवनयापनको आधार गुमाएका नागरिकको पीडा साझा राष्ट्रिय पीडा भएको बताए ।

‘विपद्को पीडा कुनै भूगोल वा समुदायमा सीमित हुँदैन । यस्तो अवस्थामा राज्यदेखि स्थानीय तह, निजी क्षेत्र, संघसंस्था र आम नागरिकसम्म सबैले आफ्नो स्थानबाट सहयोग गर्नुपर्छ,’ उनले भने ।

महानगरले विपद्का बेला सहानुभूति व्यक्त गर्नु मात्रै पर्याप्त नहुने निष्कर्षसहित प्रभावित नागरिकलाई प्रत्यक्ष राहत पुग्ने गरी आर्थिक तथा मानवीय सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।

महानगरपालिकाका अनुसार उपलब्ध रकम बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न तथा उनीहरूलाई सामान्य जीवनमा फर्काउन सहयोगी हुनेछ ।

भोटेकोशी बाढीपीडितको सहयोगका लागि महानगरले देश तथा विदेशमा रहेका नेपाली, उद्योगी–व्यवसायी, संघसंस्था, सामाजिक अभियन्ता, नागरिक समाज तथा आम नागरिकलाई समेत सहयोगमा जुट्न आह्वान गरेको छ ।

विपद् कहिले र कहाँ आउँछ भन्ने निश्चित नहुने भएकाले त्यसको सामना सामूहिक प्रयासबाट मात्रै सम्भव हुने महानगरको भनाइ छ । संकटमा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउँदै पुनःस्थापनाको आधार तयार गर्न सबै पक्ष एकजुट हुनुपर्ने मेयर कोइरालाले बताए ।


काठमाडौं भदैा १८ गते । २ सेप्टेम्बर २०२६। वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था क्लिन अप नेपाल ९स्वच्छ सफा नेपाल० को १३औँ वार्षिक साधारणसभा काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, वित्तीय अनुशासन, सामाजिक जवाफदेहिता तथा आगामी कार्यदिशाबारे समीक्षा गर्दै साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा क्लिन अप नेपालका साधारण सदस्य, स्थानीय तहका प्रतिनिधि, सरकारी विद्यालयका प्रतिनिधि, विकास साझेदार तथा सहयोगी निकाय, निजी क्षेत्र, साझेदार संस्था तथा संस्थाका कर्मचारीसहित करिब ४० जनाको सहभागिता रहेको थियो । विभिन्न सरोकारवाला निकायको उपस्थितिले संस्थाका कार्यक्रम तथा गतिविधिमा बहुपक्षीय सहकार्य र जवाफदेहिताको महत्वलाई समेत प्रतिबिम्बित गरेको थियो ।

क्लिन अप नेपालका अध्यक्ष अमोद कर्माचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाका उपसचिव सुरेश विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाकी सचिव प्रार्थना न्यौपानेले गर्नुभएको थियो ।

साधारणसभाले आर्थिक वर्ष २०८२र८३ मा संस्थाले सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिको समग्र समीक्षा गरेको थियो । समीक्षा क्रममा संस्थाको प्रगति, प्रमुख उपलब्धि, वित्तीय अवस्था, कार्यान्वयनका क्रममा देखिएका चुनौती, सिकाइ तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षबारे छलफल गरिएको थियो । यसले संस्थाका गतिविधिलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउँदै लैजान आवश्यक विषय पहिचान गर्ने अवसर प्रदान गरेको संस्थाले जनाएको छ ।

कार्यक्रममा क्लिन अप नेपालकी कोषाध्यक्ष सिमरन शेरचनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, सुजन एस। एण्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्ट सुजन सुवेदीले वित्तीय लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले संस्थाको समग्र प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरि सञ्चालन गरिएका प्रमुख कार्यक्रम, उपलब्धि, संस्थागत विकास, साझेदारी तथा आगामी प्राथमिकताबारे जानकारी गराउनुभएको थियो। त्यसैगरी, सामाजिक परीक्षक नमस्कार शाहले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका गतिविधि, सामाजिक प्रभाव तथा सरोकारवालाप्रतिको जवाफदेहिताका विषयमा जानकारी गराउनुभएको थियो ।

साधारणसभामा प्रतिवेदन प्रस्तुतिका साथै सदस्य तथा सरोकारवालाहरूबीच संस्थाको कार्यसम्पादन, पारदर्शिता, वित्तीय अनुशासन र सामाजिक उत्तरदायित्वका विषयमा छलफलसमेत भएको थियो । आर्थिक तथा वित्तीय पक्षको लेखापरीक्षण, संस्थागत प्रगति प्रतिवेदन र सामाजिक परीक्षणलाई साधारणसभाको प्रक्रियामा समेटिनुले क्लिन अप नेपालले आफ्नो संस्थागत सुशासन र जवाफदेहितालाई महत्व दिँदै आएको सन्देश दिएको छ ।

कार्यक्रममा शुभेच्छुक तथा साझेदार संस्थाहरूको तर्फबाट गैरसरकारी संस्था महासंघकी महासचिव देवी खड्का, क्ष्ऋक्ष्ःइम् की क्ष्लतभचखभलतष्यल ःबलबनभच भ्चष्अब ग्मबक, ललितपुर महानगरपालिकाका वातावरण इन्जिनियर प्रदीप अमात्य, युवा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष नारायण गिरी तथा ऋयmmगलष्तथ क्ष्लायचmबतष्यल ल्भतधयचप ९ऋक्ष्ल्० का पत्रकार लिलप्रकाश चन्दले शुभकामना तथा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वक्ताहरूले क्लिन अप नेपालले वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गर्दै आगामी दिनमा संस्थाले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरूले स्थानीय सरकार, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज, समुदाय तथा अन्य सरोकारवालाबीचको सहकार्यलाई थप सुदृढ गर्दै वातावरणीय चुनौती समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो ।

साधारणसभाका अवसरमा क्लिन अप नेपालले संस्थाका कार्यक्रम तथा गतिविधिमा निरन्तर सहयोग, सहकार्य र योगदान पुर्‍याउँदै आएका विशिष्ट अतिथिहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरेको.    थियो । उक्त सम्मान संस्थाले आफ्ना साझेदार तथा सरोकारवालासँगको सहकार्यलाई महत्व दिएको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो ।

क्लिन अप नेपालले साधारणसभामार्फत संस्थागत पारदर्शिता, वित्तीय अनुशासन, जवाफदेहिता, जिम्मेवारी तथा उत्तरदायित्वलाई आगामी दिनमा पनि निरन्तर प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थाका अनुसार वार्षिक साधारणसभा केवल औपचारिक प्रक्रिया नभई संस्थाको विगतको कार्यसम्पादनको समीक्षा, सरोकारवालाप्रति जवाफदेहिता प्रदर्शन तथा आगामी कार्यदिशा स्पष्ट गर्ने महत्वपूर्ण संस्थागत मञ्च हो ।

संस्थाले वातावरणीय संरक्षण, दिगो फोहोरमैला व्यवस्थापन र उत्थानशील समुदाय निर्माणका लागि स्थानीय सरकार, सरकारी तथा गैरसरकारी संस्था, विकास साझेदार, निजी क्षेत्र, समुदाय, स्वयंसेवक तथा नागरिक समाजसँगको सहकार्यलाई अझ विस्तार गर्ने क्लिन अप नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले जनाउनुभएको छ ।

साधारणसभाको समापनमा क्लिन अप नेपालले संस्थाप्रति निरन्तर विश्वास, सहयोग र सहकार्य प्रदान गर्ने साधारण सदस्य, सरकारी तथा गैरसरकारी निकाय, विकास साझेदार तथा सहयोगी संस्था, निजी क्षेत्र, साझेदार संस्था, समुदाय, स्वयंसेवक र कर्मचारीप्रति आभार व्यक्त गरेको छ।

संस्थाले आगामी दिनमा पनि पारदर्शिता, जवाफदेहिता र सहकार्यमा आधारित संस्थागत अभ्यासलाई सुदृढ गर्दै स्वच्छ, स्वस्थ तथा उत्थानशील समुदाय निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएको छ । क्लिन अप नेपालले हरित तथा दिगो नेपाल निर्माणका लागि विभिन्न सरोकारवालाबीच थप प्रभावकारी सहकार्यको आवश्यकता रहेकोमा जोड दिएको छ ।


बिराटनगर भदैा १८ गते । साल्ट ट्रेडिङ कर्पोरेसनको बिराटनगरस्थित जग्गाकेाक्षेत्रफलबिराटनगरमा साल्ट ट्रेडिङ लिमिटेड (कर्पोरेसन) को स्वामित्वमा कुल ८५० बिघा जग्गा रहेको छ। सरकारले यस जग्गामध्ये ३०० बिघा भूभाग खरिद गरेर त्यहाँ विशेष आर्थिक क्षेत्र (SEZ) स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।

 आयोडिनयुक्त नुन (Ayo Nun) मानव स्वास्थ्यका लागि फाइदा र बेफाइदासाल्ट ट्रेडिङ कर्पोरेसनले वितरण गर्ने 'आयो नुन' आयोडिनयुक्त नुन हो, जुन स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण मानिन्छ। यसको सेवनका फाइदा र बढी सेवन गर्दा हुने बेफाइदाहरू यस प्रकार छन्:राम्रो पक्ष (फाइदाहरू):थाइराइड र गलगाँड नियन्त्रण: आयोडिनले थाइराइड ग्रन्थिलाई राम्रोसँग काम गर्न मद्दत गर्छ र गलगाँड (Goiter) आउन दिँदैन।

मानसिक र शारीरिक विकास: बालबालिकाहरूको मानसिक र शारीरिक विकासका लागि यो अत्यन्त आवश्यक हुन्छ। आयोडिनको कमीले मानसिक सुस्तता हुन सक्छ।गर्भावस्थामा सुरक्षा: गर्भवती महिलाहरूले आयोडिनयुक्त नुन खाँदा पेटमा रहेको बच्चाको मस्तिष्कको विकास राम्रो हुन्छ र गर्भपतन हुने जोखिम कम हुन्छ।नराम्रो पक्ष (धेरै खाँदा हुने बेफाइदाहरू):उच्च रक्तचाप (High Blood Pressure): नुनमा सोडियम हुने भएकाले यसको अत्यधिक सेवनले रक्तचाप बढाउँछ, जसले मुटु सम्बन्धी रोग र स्ट्रोकको जोखिम निम्त्याउँछ।मृगौलामा असर: धेरै नुन खाँदा मृगौला (Kidneys) लाई शरीरबाट बढी सोडियम फिल्टर गर्न गाह्रो हुन्छ, जसले मृगौलाको पत्थरी वा खराबी गराउन सक्छ।शरीर सुन्निने (Water Retention): धेरै नुनले शरीरमा पानी जम्मा गराउँछ, जसका कारण हातखुट्टा वा शरीर सुन्निने समस्या हुन सक्छ।कृपया ध्यान दिनुहोस्: विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार एक स्वस्थ वयस्क व्यक्तिले दिनभरमा ५ ग्राम (लगभग एक सानो चम्चा) भन्दा कम मात्र नुन सेवन गर्नु उपयुक्त हुन्छ।

 यदि तपाईंलाई उच्च रक्तचाप वा मृगौलाको समस्या छ भने, नुनको सही मात्रा बारे आफ्नो डाक्टरसँग सल्लाह लिनुहोला।


विराटनगर भदैा १७ गते ।  नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक वर्ष २०८२/८३ को बार्षिक प्रगती प्रतिवेदन आर्थिक मामिला तथा योजनामा पेश  गरिएको छ । प्रदेश कार्यालयले गरेका प्रमुख कार्यक्रम, गतिविधि तथा उपलब्धिहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन कोशी प्रदेश सरकारका माननीय आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेप समक्ष पेश गरेको छ । बीमा प्रधिकरण  कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुख राजेन्द्र महर्जनले बीमा प्राधिकरणले गरेको प्रगती विवरणको अवस्था समेटिएको बार्षिक विवरण माननीय मन्त्रीसमक्ष पेश गर्नुभएको हो ।

प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ मा कार्यालयबाट सञ्चालन गरिएका बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम, विभिन्न सरोकारवालासँगको अन्तरक्रिया, बीमाको पहुँच विस्तार तथा बीमा क्षेत्रको विकासका लागि गरिएका विभिन्न पहललगायतका प्रमुख गतिविधिहरू समेटिएका छन्। प्रतिवेदन पेश गर्ने क्रममा कोशी प्रदेशमा बीमा क्षेत्रको वर्तमान अवस्था, बीमाको पहुँच विस्तार तथा आम नागरिकमा बीमाको महत्व र आवश्यकताबारे थप सचेतना अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

आगामी दिनमा प्रदेश सरकार र नेपाल बीमा प्राधिकरणबीच समन्वय तथा सहकार्य गरी आम नागरिकलाई लक्षित बीमा सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने विषयमा समेत छलफल भएको थियो।  प्रदेशका ग्रामीण तथा बीमाको पहुँच न्यून रहेका क्षेत्रसम्म बीमा सम्बन्धी सूचना तथा सेवाको पहुँच विस्तार गर्ने, नागरिकलाई बीमाप्रति थप जागरूक बनाउने तथा बीमा सम्बन्धी समस्या र गुनासोको प्रभावकारी सम्बोधनका लागि सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्ने विषयमा समेत जोड दिइएको थियो।

सो भेटघाटले कोशी प्रदेशमा बीमाको पहुँच तथा प्रभावकारिता अभिवृद्धि गर्दै आम नागरिकलाई बीमाको दायरामा ल्याउन प्रदेश सरकार र नेपाल बीमा प्राधिकरणबीच आगामी दिनमा थप सहकार्य र समन्वय गर्ने आधार तयार हुने अपेक्षा गरिएको छ ।


बिराटनगर भदौ १६ गते । माहानगरपालिका भित्रको सफारी र टयाम्पुको ससस्य छिटो माहागर र ट्राफिक प्रहरीले समनय गरेर छिटो बाहिर दर्ता भएका सफारी टेम्पोहरुलाई नगर क्षेत्रबाट हटाउन आम नगरवासीहरुले माग राखेका छन । 


विराटनगर, भाद्र १५ गते। परोपकार अभियान समूह विराटनगरको आयोजनामा १९ औं राष्ट्रिय पुस्तकालय दिवसको सन्दर्भ पारेर पुस्तकालय दिवस र परोपकार पुस्तकालयका संस्थापक प्राज्ञ दधिराज सुवेदीको स्मृतिमा एक कार्यक्रम आयोजना भएको छ। उक्त कार्यक्रममा "आजको सन्दर्भमा पुस्तकालयको आवश्यकता र दधिराज सुवेदीको बहुआयामिक व्यक्तित्वमाथि" विभिन्न विद्वानहरूले विचार प्रस्तुत गर्ने, शुभकामना तथा श्रद्धाञ्जली प्रदान गर्दै विषयवस्तु माथि चर्चा गर्ने कार्यक्रम गरिएको छ। 

परोपकार पुस्तकालयको स्थापनाको सन्दर्भमा संस्थापक दधिराज सुवेदीको योगदान बारे चर्चा गरिनुको साथै सुवेदीको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पार्ने कार्यक्रम सम्पन्न भएको छ । आजको कार्यक्रममा पुस्तकालयको महत्त्वबारे प्रा. डा. भेषप्रसाद धमलाले आफ्नो विचारहरू व्यक्त गरेका छन् भने दधिराज सुवेदीको कृतित्वमाथि चर्चा गर्ने कार्य प्राज्ञ विवश पोखरेलले गरेका छन्। त्यसैगरी दधिराज सुवेदीको व्यक्तित्वमाथि प्रकाश पार्ने कार्य प्राध्यापक कविराज न्यौपानेबाट भएको छ।         

उक्त कार्यक्रममा संस्थाकी सह-कोषाध्यक्ष तथा पुस्तकालय संयोजक इन्दू सुवेदीले पुस्तकालय स्थापनादेखि हालसम्मको अवस्था जानकारी गराउँदै कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्णलाई स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन्। यसैगरी सचिव कुलप्रसाद पौडेलले संस्थाको गतिविधि बारे र उपाध्यक्ष किशोर भट्टराईले परोपकार अभियान समूहको स्थापनाकालदेखिको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशकी सभासद माननीय शिला दीक्षित कार्कीले परोपकार अभियान समूह विराटनगरको एउटा विशिष्ट योगदान प्रदान गर्ने संस्था मध्येएक रहेको जानकारी गराइन् । यसैगरी कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार बलराम पोखरेलले परोपकार अभियान समूहको गतिविधि र परोपकार पुस्तकालयका संस्थापक दधिराज सुवेदीको योगदानको समाजले मूल्याङ्कन गर्दै आएको र यसले समाजमा विभिन्न समुदायका मानिसहरूलाई जोड्ने सह्रानीय काम गरेको बताए। संस्थाका अध्यक्ष बाबुराम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्षले सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको अन्त्यमा मुलुकमा हालै घटेको विपत्तिमा परेर ज्यान गुमाएका सबैजनाको स्मरण गर्दै सामूहिक श्रद्धाञ्जली अर्पण पनि गरिएको जानकारी संस्थाका उपाध्यक्ष सोमराज कोइरालाले दिएका छन्।


विराटनगर भदैा १४ गते । शनिबारदेखि सुरु भएको विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलको इन्ट्रा स्कुल पौडी प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।  

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई नियमित प्रशिक्षण गराई राष्ट्रिय प्रतियोगिताको लागि तयार गरिने विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताइन् । उनका अनुसार प्रतियोगिताको पहिलो दिन शनिवार विभिन्न स्पर्धामा खुला प्रतिष्पर्धा गराइएको थियो भने ४४आइतबार विभिन्न समूहबिच प्रतिष्पर्धा गराइएको हो । 

आइतबार भएका विभिन्न २४ वटा इभेन्टबाट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० का धावा तामाङ छात्र तर्फ सर्वाधिक गोल्ड मेडल जित्दै खेलको म्यान अफ द म्याच बन्नुभयो भने छात्रा तर्फ कक्षा ८ की आश्ना कटुवाल उमन अफ द म्याच हुनुभएको इन्चार्ज डंगोलले जानकारी दिइन् ।

कक्षा ६ र ७ का छात्र तर्फ भएको ५० मिटर फ्रीस्टाईलमा कक्षा ७ का अनुभव दाहाल प्रथम, कक्षा ६ का डेनिश काफ्ले दित्तिय र कक्षा ७ का आरभ आचार्य तृतिय भए। सोहि कक्षा को २५ मिटर फ्रीस्टाईल छात्रमा कक्षा ७ का आदित्य साह प्रथम, कक्षा ६ का आरध्य झा दित्तिय र कक्षा ७ का स्पन्दन चौधरी तृतिय भए। २५ मिटर बटरफ्लाईमा कक्षा ६ का श्रीयांश थापा प्रथम, आरभ चौधरी दित्तिय र प्रनव भट्टराई तृतिय भए । 

त्यस्तै ५० मिटर ब्रेस्टस्ट्रोकमा कक्षा ७ का पुरव तिम्सिना प्रथमक र आरध्य पाण्डे दित्तिय हुँदा कक्षा ६ का आरभ चौधरी तृतिय भए। १०० मिटर फ्रीस्टाईलमा कक्षा ७ का पुरव तिम्सिना प्रथम, आरध्य पाण्डे दित्तिय र कक्षा ६ का प्रनव भट्टराई तृतिय भए । सोहि कक्षा समूहको २०० मिटर फ्रीस्टाईलमा कक्षा ७ का पुरव तिम्सिना प्रथम, आरध्य पाण्डे दित्तिय र कक्षा ६ का श्रीयांश थापा तृतिय भए । २५ मिटर ब्रेस्टस्ट्रोकमा आरध्य पाण्डे प्रथम, पुरव तिम्सिना दित्तिय र श्रीयांश थापा तृतिय भए ।  २५ मिटर ब्याक स्ट्रोकमा कक्षा ७ का प्रनव भट्टराई प्रथम, अनुभव दाहाल दित्तिय र कक्षा ६ का आरभ चौधरी तृतिय भए। पानी मुनिबाट खेलिने २५ मिटर फिन्स इभेन्टमा कक्षा ७ का पुरव तिम्सिना प्रथम, कक्षा ६ का श्रीयांश थापा दित्तिय र कक्षा ७ का आरध्य पाण्डे तृतिय भए ।  

कक्षा ६ र ७ कै समूहबाट छात्रा तर्फ भएको १५ मिटर फ्रीस्टाईलमा कक्षा ७ का आरध्या पोखरेल प्रथम, सदिक्षा ढुङ्गाना दित्तिय र विनिशा लामिछाने तृतिय भइन्। २५ मिटर फ्रीस्टाईलमा कक्षा ७ कि काब्या कार्की प्रथम कक्षा ६ की स्मृति झा दित्तिय र कक्षा ७ की विनिशा लामिछाने तृतिय भइन्।

छात्रा तर्फ नै कक्षा ८–१० को समूहबाट भएको ५० मिटर फ्रीस्टाईलमा आश्ना कटुवाल ९८० प्रथम, सुप्रभा कट्टेल (९) दित्तिय र रश्मी गौतम (८) तृतिय भइन् । २५ मिटर फ्रीस्टाईलमा आश्ना कटुवाल (८) प्रथम, रश्मी गौतम (८) दित्तिय र सुप्रभा कट्टेल (९) तृतिय भइन् । २५ मिटर फ्रीस्टाईल खुलामा आश्ना कटुवाल प्रथम, रश्मी गौतम दित्तिय र सुप्रभा कट्टेल तृतिय भइन् ।

सोहि कक्षा समूहको छात्र तर्फ भएको २०० मिटर फ्रीस्टाइलमा कक्षा १० का धावा तामाङ प्रथम, सुज्ञान कोइराला दित्तिय र हर्षित प्रताप सिंह तृतिय भए। १०० मिटर फ्रीस्टाईलमा सुज्ञान कोइराला(१०) प्रथम, हर्षित प्रताप सिंह (१०) दित्तिय र स्वयम राज घिमिरे (९) तृतिय भए । ५० मिटर फ्रीस्टाइलमा कक्षा १० मनसुन कार्की प्रथम, आरभ थापा दित्तिय र अभय थापा मगर तृतिय भए। २५ मिटर फ्रीस्टाईलमा धर्मेश चौधरी (१०) प्रथम, सुशान्त राउत (१०) दित्तिय र तनिश मण्डल(९) तृतिय भए।

यहि कक्षा समूहको २५ मिटर बटरफ्लाईमा धावा तामाङ (१०) प्रथम, सुज्ञान कोइराला (१०) दित्तिय र रेहान अन्सारी (९) तृतिय हुँदा ५० मिटर ब्रेष्टस्ट्रोकमा कक्षा १० का सुज्ञान कोइराला प्रथम, रेहान अन्सारी(९) दित्तिय र रुद्र शर्मा (१०) तृतिय भए । २५ मिटर ब्याकस्ट्रोकमा कक्षा १० का धावा तामाङ प्रथम, सुज्ञान कोइराला दित्तिय र कक्षा ९ का रेहान अन्सारी तृतिय हुँदा २५ मिटर ब्रेस्टस्ट्रोकमा पनि तामाङ, कोइराला र अन्सारी क्रमश प्रथम दित्तिय र तृतिय भए ।  २५ मिटर फ्रीस्टाईल खुलामा कक्षा ८ का सिद्धान्त यादव प्रथम, मबि शर्मा दित्तिय र भेरी अग्रवाल तृतिय भए।

यस्तै रिले फ्रीस्टाईल खुलामा समूह ए प्रथम भयो भने समूह सी दित्तिय र समूह बी तृतिय भयो । प्रतियोगिताको निर्णायकको भूमिका कोशी प्रदेश पौडिका मुख्य प्रशिक्षक इन्द्रजीत राजभण्डारी निर्वाह गरेका थिए । उनका अनुसार आगामी राष्ट्रिय प्रतियोगितामा भाग लिन कोशी प्रदेशमा विभिन्न स्थानमा प्रशिक्षणलाई तिब्रता दिइएको छ ।

प्रतियोगिताका विजेताहरुलाई विद्यालयका प्रिन्सिपल टिकाराम पुरी, भाइस प्रिन्सिपल कुन्दन पुरीलगायतले मेडल तथा ट्रफी वितरण गरे। प्रतियोगिता अन्तर्गत कक्षा २ देखि १० सम्मका विद्यार्थीहरुबिच १५ मिटरदेखि १५०० मिटरका विभिन्न स्पर्धा गराइएको थियो ।


काठमाण्डैा भदैा १४ गते । भारत र अन्य देशको इसारामा चिनलाई प्रत्यक्ष असर पर्ने खालका गतिविधि गर्न नेपालले थाले पछि पहिलानै चिनले नेपाललाई बाढी  पैरोको चेतावनी दिएको थियो। जब रास्वपाका अध्यक्ष रवि लामिछाने भारत (इन्डिया) गएर नेपाल आए पछि रविले आफ्नो विगतका कुरा जनताको सानु भुति संधै बिर्सेर रविले बालेनलाई वा सरकारलाई जेन्जी भावना विपरीत सुझाव दिन थालेकेा हेा की भन्ने अहिले नेपाली जनताको बुजाइ रहेको पाइन्छ। 

रास्वपा लाई भन्दा पनि जनताले चुनावमा बालेनका नाममा  सबैले भोट हालेको कुरा जनताले बताई रहेका छन्। भारतबाट रवि फर्के पछि उनको जनताले हेर्ने नजर १०० बाट ५० मा उनको हाइट घटेको छ।बालेन लाई पनि रवि कै जस्तै लडु खुवाएर लेन्डुप बनाएर पठाउलाई भारतले बालेनलाई बोलाको बोलाई गर्यो तर चतुर बालेन गएनन् उनको छवि १०० सय प्रतिशत जनतामा उच्चो रहेककोछ भन्छन जनता।नेपालमा दलाई लामा जन्माउनु, गुम्बामा हतियार राख्नु तिब्बती लाई नेपालमा आश्रय दिनु, नागरिकता दिनु, चिन विरोधी गतिविधि, सभा सम्मेलन राख्नु, गर्न थाल्नु, गृहमन्त्री गतिविधि संकास्पद देखिनु तिब्बती महिलाको चिन विरोधी सम्मेलन भदैा १० गते देखी अन्तराष्ट्रिय सम्मेलन गर्नलागेकै दिन चीनका हिम पैरेाले ड्याम फुटेर  नेपालमा बाढी पैरेा आउनु समयेाग हेा साजिस हेा भनेर जनताले सरकारलाइ सेाधिरहेका छन ।

 ( नेपाल बेलैमा  सचिनु पर्छ) नेपाल सरकारले बेलैमा दुरदर्शी नभए, गृहमन्त्री नहटाए, चिन सग राम्रेा मित्रता नराखे देशले अझै  नोक्सान खेप्नु पर्ने बिषलेकहरूकेा बुजाइ रहेको पाइन्छ । बाढी पैरेनमा ज्यान गुमाउनुने प्रति सबैकेा हार्दिक श्रद्धाञ्जली ।


बिराटनगर भदौ १३ गते । सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्ड्रटिज) को हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिष बाटै निर्णय गराएर सट्टापट्टाको नाममा जग्गा दलहरूले पानी बगिरहेको खेालेा खेालाकेा बगर किनेर सट्टा पट्टा बिराटनगरकेा जग्गा कठ्ठा कै करेाडैा मुल्यमा बिक्री गरेर तत्कालीन प्रधानमन्त्री मादव नेपालले ठुलेा  भ्रष्ट्रचार गरेकेा खुलेको छ। सो कम्पनीको नाममा सुनसरी र बिराटटनगर बजारमा रहेको - मोरङका बिभिन्न ठाउमा रहेको जग्गा बिक्री गर्न मन्त्रिपरिषद्ले नै सहमति दिएर भ्रष्ट्रचार गरेकेा त्यसै बेला खुलेको थियो। 

यस्तै गरी पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा सट्टा पट्टा प्रकरणमा ठुलेा भ्रष्ट्रचार लाइ ढाकछोप गरि कमजेार प्रमाण  राखि मुद्दा तयार  दायर गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजाल टासी कम्पनीको जग्गा बिक्रीमा पनि विस्तृत छानबिन गरिरहेको भनिए पनि आज सम्म उम्काउने बाहेक केही गरेकेा छैन अव  मादव नेपालकेा टिम जग्गा दलाल सबैलाइ कडा कार्यवाही गरेर नेपाल सरकारकेा जग्गा छिटेा फिर्ता गर्न जनताले मागगर्दै    छन ।

इटहरीबाट विराटनगर जाने मूल सडकसँग जोडिएको र बिराटनगरकेा मेन बजारको खरबैा कठ्ठा पर्ने जग्गा बिक्री गर्न दिएर खेालाकेा बगर खेालेा किनेर ठुलेा भ्रष्ट्रचार गरी दुर्गम स्थानमा जग्गा सट्टापट्टा गर्न ०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले अनुमति दिएको थियो। ५९ बिघा नौ कट्ठा जग्गा त्यसरी सट्टापट्टा गर्न दिइएको थियो। जसमा मन्त्रिपरिषद्को सामाजिक समिति जिम्मेवार देखिएको अख्तियार स्रोत बताउँछ। आयोगले यस प्रकरणमा कम्पनीका सञ्चालक तथा मालपोतका कर्मचारीको बयान लिइसकेको छ। फलफूलसम्बन्धी उद्योग सञ्चालनका लागि भनेर सो कम्पनीले हदबन्दीभन्दा बढी जग्गा राखेकोमा जग्गाको मूल्य बढेपछि बिक्री गरिएको थियो। सो उद्योग भने अहिले पनि इटहरीमा सञ्चालनमै छ । अपराधी दलालहृरूलाइ कानुनी कठगारामा ल्याइ सरकारी जग्गा फिर्ता लिन सरकार सग जनताले मागगरी रहेका छन ।


झापा  भदैा १३ गते ।  (सुरेन्द्र भण्डारी) निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याव्सन   झापाको पूर्वनिर्धारित कार्यक्रमअनुसार जिल्ला स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता भदौ १३ गतेदेखि सञ्चालन हुने भएको छ।

प्याव्सन झापामा आबद्ध सबै सदस्य विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई सहभागी गराउँदै प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा पहिचान तथा प्रस्फुटन गर्ने र सिकाइसँग प्रत्यक्ष सरोकार राख्ने अतिरिक्त क्रियाकलापलाई विद्यालय शिक्षाको अभिन्न पक्षका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्याव्सन झापाले जनाएको छ।
प्रतियोगितामा ११ वटा विभिन्न विधा समावेश गरिएको छ। कक्षा ३ सम्मका विद्यार्थीका लागि रंग भर्ने, कक्षा ५ सम्मका लागि चित्रकला, हाजिरीजवाफ, नेपाली तथा अंग्रेजी निबन्ध लेखन, कक्षा ६ देखि ८ सम्म हाजिरीजवाफ, नेपाली तथा अंग्रेजी निबन्ध लेखन, , कविता वाचन, आकस्मिक वक्तृत्वकलालगायतका विधामा प्रतियोगिता सञ्चालन हुनेछ। कक्षा ९ र १० का विद्यार्थीका लागि निबन्ध लेखन तथा आकस्मिक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ। वक्तृत्वकला प्रतियोगिता नेपाली र अंग्रेजी दुवै माध्यममा सञ्चालन हुनेछ।

प्याव्सन झापाका सचिव तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीका अनुसार प्रतियोगितामा जिल्लाका सबै पालिकाबाट विद्यार्थी सहभागी हुनेछन्। पालिकास्तरमा हुने प्रारम्भिक प्रतियोगितामा करिब ६ हजार विद्यार्थी सहभागी हुने अनुमान गरिएको छ। प्रत्येक पालिकाबाट उत्कृष्ट विद्यार्थी छनोट गरी जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराइनेछ।

कार्यक्रमलाई एकरूपता र निष्पक्ष बनाउन झापाका सबै पालिकामा एउटै प्रश्नपत्र र एउटै समयमा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको छ। प्रश्नपत्र, उत्तरपुस्तिका, निर्णायक तथा व्यवस्थापनलगायत आवश्यक तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।

प्रतियोगिताको व्यवस्थापनका लागि प्याव्सन झापाले अतिरिक्त क्रियाकलाप उपसमिति गठन गरेको छ। उपसमितिको संयोजकमा प्याव्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेती तथा सदस्यमा टेकनाथ तिम्सिना र गोपाल राजवंशी रहेका छन्।

प्रतियोगिताको प्रभावकारी सञ्चालन तथा अनुगमनका लागि पालिकागत रूपमा अनुगमन समिति समेत गठन गरिएको छ। पालिका अध्यक्ष तथा कार्यसमितिका पदाधिकारीलाई कार्यक्रममा उपस्थित गराई प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरिएको प्याव्सन झापाले जनाएको छ।

पालिकास्तरमा सम्पन्न हुने प्रतियोगिताबाट छनोट भएका विद्यार्थीबीच भदौ २३ गते जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन गरिनेछ। जिल्ला स्तरीय कार्यक्रममा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीबीच हाजिरीजवाफ तथा कक्षा ९ र १० का विद्यार्थीबीच आकस्मिक वक्तृत्वकला प्रतियोगिता हुने जनाइएको छ।

विद्यार्थीको पाठ्यक्रममा आधारित सिकाइलाई अतिरिक्त क्रियाकलापसँग जोड्दै उनीहरूको बौद्धिक, सिर्जनात्मक, भाषिक तथा प्रस्तुति क्षमता विकास गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको प्याव्सन झापाले जनाएको छ।

प्रतियोगितामा सहभागी हुने सबै विद्यार्थीलाई अग्रिम शुभकामना दिँदै प्याव्सन झापाका सचिव उप्रेतीले अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीमा रहेको प्रतिभा पहिचान र प्रस्फुटनका लागि कार्यक्रम महत्वपूर्ण हुने बताए। उनका अनुसार प्रतियोगितालाई केवल प्रतिस्पर्धाका रूपमा नभई विद्यार्थीको सिकाइ, क्षमता विकास र आत्मविश्वास अभिवृद्धिसँग जोडेर सञ्चालन गरिनेछ।


विराटनगर भदैा १२ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगरपालिकाले विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । बाँकी रकम जनप्रतिनिधिको सेवा–सुविधा तथा कर्मचारीको मासिक पारिश्रमिकबाट जुटाइने महानगरपालिकाले जनाएको छ ।

बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा स्थानीय तहबीचको सहकार्य र मानवीय ऐक्यबद्धता आवश्यक रहेको भन्दै विराटनगरले सहयोगको निर्णय गरेको हो ।

महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भोटेकोशीमा भएको विपद् कुनै एक भूगोल वा समुदायको मात्रै समस्या नभई सिंगो मुलुकको साझा पीडा भएको बताए । विपद्को समयमा राज्यका निकायसँगै स्थानीय तह, निजी क्षेत्र, संघसंस्था तथा नागरिक समाजले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

‘विपद्का बेला सहानुभूति व्यक्त गरेर मात्र दायित्व पूरा हुँदैन । पीडितको उद्धार, राहत र पुनःस्थापनामा हातेमालो गर्नु नै मानवीय जिम्मेवारी हो,’ कोइरालाले भने, ‘भोटेकोशीका नागरिकको दुःखमा विराटनगर महानगरपालिका सँगै छ ।’

 महानगरपालिकाले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेको छ । साथै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित पुनःस्थापना र सहज जनजीवनको कामना गरेको छ ।

 महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले विपद्का बेला स्थानीय तहबीचको सहकार्यले राष्ट्रिय एकता र मानवीय उत्तरदायित्वलाई थप बलियो बनाउने बताए ।

‘विपद्को पीडा जिल्ला, स्थानीय तह वा सीमाले छुट्याउने विषय होइन,’ शर्माले भने, ‘भोटेकोशीमा परेको संकटमा विराटनगरले आफ्नो सामथ्र्यअनुसार साथ दिनु राष्ट्रिय एकता र मानवीय उत्तरदायित्वको अभ्यास हो ।’

 


बिराटनगर भदैा ११ गते  । विराटनगर–५ स्थित एभरेष्ट कलेजले विद्यार्थीमा वैज्ञानिक सोच र प्रयोग, सिर्जनशीलता र खोज अनुसन्धानको भावनाको वृत्तिविकास गर्ने उद्देश्यले बिहीबार ‘साइन्स सेमिनार’को आयोजना गरेको छ ।

विद्यार्थीको सर्वाङ्गीण र रचनात्मक विकासलाई शिक्षण सिकाइको महत्वपूर्ण पक्षका रूपमा अघि बढाउँदै आएको कलेजले विज्ञान विषयलाई कक्षाकोठाको पाठ्यक्रममा मात्र सीमित नगरी व्यवहारिक ज्ञान र प्रयोगसँग जोड्ने प्रयास अनुरूप सेमिनारको आयोजना गरेको हो । सेमिनारमार्फत विद्यार्थीका प्रस्तुतीबाट विद्यार्थीलाई नै विज्ञान तथा प्रविधिका नयाँ र रोचक विषयबारे जानकारी गराउनुका साथै आफ्ना जिज्ञासा, सोच र सिर्जनात्मक क्षमतालाई प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो ।

आजको युगलाई विज्ञान र प्रविधिको युगका रूपमा लिइन्छ । दैनिक जीवनदेखि शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र सञ्चारसम्म विज्ञानको प्रभाव बढ्दै गएको अवस्थामा विद्यालय तहदेखि नै विद्यार्थीलाई वैज्ञानिक दृष्टिकोण र प्रयोगात्मक सिकाइसँग जोड्न आवश्यक रहेको महशुश गरी  एभरेष्ट कलेजले नियमित शैक्षिक गतिविधिमा विज्ञान गोष्ठी अर्थात साइन्स सेमिनारलाई समेटेको हो । 

सेमिनारको शुभारम्भ गर्दै कलेजका प्राचार्य टिकाराम पुरीले कलेजका मुख्य सरोकारवाला विद्यार्थी नै रहेको बताए । उनले विद्यार्थीले अन्तरहृदयदेखि लक्ष्य प्राप्तिका लागि आफैं मेहेनत गर्नु पर्नेभन्दै कलेज, प्राचार्य एवं शिक्षक, अभिभावकले केवल सहजीकरणको भूमिकामात्र निर्वाह गर्ने बताए । 

उनले सेमिनार शिक्षकको नभइ विद्यार्थी आफैंको कार्यक्रम भएको टिप्पणी गरे । यस्ता कार्यक्रमले विद्यार्थीको सीप, ज्ञान र रचनात्मक विकासको क्रमलाई वृद्धि गर्ने बताए । सेमिनारमा विद्यार्थीले ७ समूहमा विभिन्न शीर्षकमा विज्ञानका रोचक उपलब्धी, अन्वेषण एवं खोजसँग सम्बन्धित प्रस्तुती दिए । 

 आर्जन बराल र जेसिज गेलालले ‘स्पेश टाइम’, आदित्य पघैया र प्रज्जवल श्रेष्ठले ‘ह्युमन ब्रेन’, स्नेहा कोइराला, मानश्वी कोइराला, ईच्छा बज्राचार्य र समिप खनालले ‘न्यूक्लीयर इनर्जी’, कृति गोयल, सौमिका ढकाल र प्रिन्सी वर्माले ‘माइक्रो प्लाष्टिक’, रायन पोखरेल, प्रेम  खतिवडा, निश्चल न्यौपाने र रियोज मास्केले ‘ बियोन्ड द स्क्रिन’ शीर्षकमा आकर्षक प्रस्तुती दिए । 

यस्तै अदिमहाङ्ग राई र मन्नत वर्माले ‘ द एलकेमी अफ फ्रिक्वेन्सी’ र विवस बराले ‘एग’ मार्फत विभिन्न तथ्यमा आधारित विज्ञानका सिद्धान्तलाई अझ प्रष्ट पारेका थिए । यस प्रकारका कार्यक्रमले कक्षाकोठामा पढाइने सैद्धान्तिक ज्ञानलाई प्रयोग, अवलोकन, प्रश्न र अनुसन्धानसँग जोड्दा विद्यार्थीको सिकाइ थप प्रभावकारी हुने कलेजको विश्वास छ । 

साइन्स सेमिनारजस्ता कार्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिर गएर नयाँ कुरा खोज्न, तर्क गर्न र आफ्ना विचार प्रस्तुत गर्न प्रेरित गरेको अपेक्षा गरिएको छ ।


बिरनटनगर भदैा ९ गते । नेपाली नारीहरुको महान् एवं मौलिक पर्व हरितालिका तिज–२०८३ को अवसरमा मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिको आयोजनामा तिजोत्सव २०८३, शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । संघको महिला उद्यम समितिकी संयोजक श्रुती शर्माको सभापतित्व समितिकी सचिव जिना श्रेष्ठद्वारा संघको समृद्धि हलमा संचालित उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्री माननीय गीता तिम्सिनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सभापति एवं महिला उद्यम समितिका संयोजक श्रुती शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै हरितालिका तिज नेपाली समाजको धार्मिक तथा सांस्कृतिक जीवनसँग अभिन्न रुपमा जोडिएको मौलिक पर्व रहेको बताउनु भएको थियो । यस्ता सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरुले व्यावसायिक व्यस्तताबीच महिला उद्यमीहरुलाई आपसी भेटघाट, अनुभव तथा विचार आदान–प्रदान र पारस्परिक सम्बन्ध विस्तारको अवसर प्रदान गर्ने बताउँदै उहाँले आगामी दिनमा समेत त्यस प्रकारका कार्यक्रमहरु ल्याउन संघको महिला उद्यम समिति तत्पर रहेको जानकारी गराउनु भएको थियो ।

साथै, कार्यक्रममा विशिष्ट अतिथिका रुपमा उपस्थित मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडाले महिलाहरुको भूमिका र योगदानप्रति सम्मान व्यक्त गर्दै वर्तमान समयमा महिलाहरु घरपरिवारको सीमित दायरामा मात्र नरही आर्थिक, सामाजिक, शैक्षिक, व्यावसायिक तथा विकासका विविध क्षेत्रमा सशक्त रुपमा आफ्नो उपस्थिति स्थापित गर्दै अघि बढिरहेको बताउनु भएको थियो । सो क्रममा उहाँले महिला सशक्तीकरण तथा समावेशी विकासका लागि महिलाहरुको सक्रिय र अर्थपूर्ण सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नु भई सम्पूर्णमा हरितालिका तिजको शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि माननीय गीता तिम्सिनाले महिला अधिकार तथा सशक्तीकरणका क्षेत्रमा प्राप्त उपलब्धिहरु महिला अधिकारका लागि विभिन्न कालखण्डमा संघर्षरत अग्रज महिलाहरुको त्याग, समर्पण र लामो संघर्षको परिणाम भएको बताउनु भएको थियो । 

अझै पनि समाजका विभिन्न तह र क्षेत्रमा महिलाहरु आफ्ना अधिकार, अवसर र समानताका लागि संघर्षरत रहेको उल्लेख गर्दै उहाँले दुर्गम तथा पिछडिएका क्षेत्रका महिलाहरुको अवस्था र उनीहरुले महिला अधिकार स्थापनाका लागि पु¥याएको योगदानलाई स्मरण गर्नुपर्नेमा जोड दिनु भएको थियो । महिला सशक्तीकरणलाई थप प्रभावकारी र सार्थक बनाउन महिलाहरुबीच एकता, संगठन र सामूहिक प्रयास अपरिहार्य रहेको बताउँदै उहाँले सम्पूर्णमा हरितालिका तिजको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा संघको महिला उद्यम समितिकी सह–संयोजक साधना झाले धन्यवाद मन्तव्य दिनु भएको थियो । सो क्रममा उहाँले हरितालिका तिज–२०८३ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा आमनागरिकको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगति प्राप्त होस् भन्ने कामना गर्नु भई समितिको सो कार्यक्रमले महिला उद्यमीहरु बीच आपसी सद्भाव, आत्मीयता, सहकार्य र सामाजिक एकताको भावनालाई थप प्रगाढ बनाउन योगदान पु¥याएको विश्वास व्यक्त गर्नु भएको थियो ।

 कार्यक्रममा मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, महासचिव संजय कुमार श्रेष्ठ, युवा उद्यम समितिका संयोजक अमित अग्रवाल, नेपाल पत्रकार महासंघ, मोरङकी अध्यक्ष शुशिला पाठक, विभिन्न संघ–संस्थामा आबद्ध महिला उद्यमीहरु, सामाजिक संघ–संस्थाका प्रतिनिधिहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


 


काठमाडौं भदौ ८ गते । अनसु अधिकारी,नेपाल मेडिकल कलेजले विभिन्न पदमा योग्य तथा अनुभवी जनशक्ति नियुक्तिका लागि आवेदन आह्वोन गरेको छ । कलेजको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई थप व्यवस्थित र गुणस्तरीय बनाउन अनुभवी सहायक प्राध्यापकरलेक्चरर, स्टाफ नर्स सहित इन्जिनियरहरू समेत माग गरेको हो । शुक्रबार एक सूचना प्रकाशित गरी कलेजले सहायक प्राध्यापकरलेक्चरर, विद्युत् इन्जिनियर, बायोमेडिकल इन्जिनियर, क्याथ ल्याब प्राविधिक, स्टाफ नर्स तथा डेन्टल हाइजिनिस्ट लगायतका विभिन्न पदमा कर्मचारी माग गरेको जनाएको छ ।

सहायक प्राध्यापकरलेक्चरर पदका लागि ग्यास्ट्रोएन्टेरोलोजी मेडिसिन, कार्डियोलोजी, नेफ्रोलोजी, क्रिटिकल केयर तथा न्युरोलोजीमा डीएमरएमडी ९५ वर्षे० तथा सम्बन्धित फेलोसिप प्राप्त गरेका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, रेडियोडायग्नोसिस ९इन्टरभेन्सनल रेडियोलोजी०, बायोकेमिस्ट्री, फरेन्सिक मेडिसिन तथा मेडिकल इमेजिङ टेक्नोलोजी सम्बन्धी शैक्षिक योग्यता भएका उम्मेदवारका लागि पनि अवसर खुला गरिएको छ । विद्युत् इन्जिनियर, बायोमेडिकल इन्जिनियर, क्याथ ल्याब प्राविधिक, स्टाफ नर्स तथा डेन्टल हाइजिनिस्ट पदका लागि सम्बन्धित विषयमा आवश्यक शैक्षिक योग्यता, व्यावसायिक दर्ता तथा लाइसेन्स प्राप्त गरेका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् ।


विराटनगर भदैा  ७ गते  ।  विराटनगरस्थित एभरेष्ट स्कुलले प्याब्सन जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि जितेको छ । प्याब्सन मोरङद्वारा आइतबार विराटनगरमा आयोजित फाइनल प्रतिस्पर्धामा ४७ विद्यालयलाई पछि पार्दै एभरेष्टले लगातार दोस्रो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो ।

गत वर्ष पनि सोही प्रतियोगिताको विजेता बनेको एभरेष्टले यस पटक उपाधिसहित नगद १५ हजार रुपैयाँ र आकर्षक ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा विराटनगरकै दिल्ली पब्लिक स्कुल (डिपिएस) द्वितीय भएको छ । डिपिएसले नगद १० हजार रुपैयाँ प्राप्त गर्‍यो ।

त्यसैगरी, सुन्दरहरैंचाको बाल प्रतिभा स्कुल तृतीय घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गर्न सफल भयो । प्रतियोगितामा सुन्दरहरैंचाकै बालसदन एकेडेमी र रंगेलीको मिनिल्याण्ड स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेको प्याब्सन मोरङले जनाएको छ ।

मोरङका १७ वटा स्थानीय तहबाट छनौट भएका ४८ विद्यालयका विद्यार्थीहरू जिल्ला स्तरीय प्रतिस्पर्धामा सहभागी भएका थिए । प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार सहभागी विद्यालयलाई तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो, जसमध्येबाट उत्कृष्ट १२ विद्यार्थी फाइनलका लागि छनौट भएका थिए ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशकी सामाजिक विकास मन्त्री गीता तिम्सिनाले गरेकी थिइन् । सो अवसरमा बोल्दै मन्त्री तिम्सिनाले दक्ष जनशक्ति उत्पादनमा निजी विद्यालयहरूको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले शिक्षा क्षेत्रको नीतिगत तथा व्यावहारिक विकासका लागि प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पुरीले यस्ता प्रतियोगिताले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन गराउन र आत्मविश्वास बढाउन ठूलो सहयोग पुग्ने धारणा राखे ।

विजेता विद्यार्थीहरूलाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष टीकाराम ढकाल, कोशी प्रदेश कोषाध्यक्ष प्रेमाल सिंह सुवाल, शिक्षा समन्वय एकाइ मोरङका प्रमुखशालिग्राम दाहाल लगायतलेपुरस्कार वितरण गरेकाथिए ।

प्रतियोगिताको निर्णायक स्पेलिङ मास्टरका रूपमा बासु दाहाल, अनुजा अग्रवाल र दर्पणा शर्मा रहेका थिए भने कार्यक्रमको संयोजन रमेश मिश्रले गरेका थिए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.