Websoft University

दाहाल प्रतिष्ठानद्वारा विभिन्न व्यक्तित्वलाई सम्मान गरिदै


विराटनगर, असोज ८ गते । दाहाल वन्धुहरूको साझा संस्था ‘दाहाल प्रतिष्ठान’ अन्तर्गत स्थापित कोषहरुबाट समाजका विभिन्न क्षेत्रमा योगदान गर्नुहुने व्यक्तित्वहरुलाई सम्मानित एवं पुरस्कृत गरिने भएको    छ । स्व. विद्यादेवी, बाबुराम–सरस्वती दाहाल सेवाकोषबाट स्थापित ‘विराट सामाजिक सम्मान’बाट पं. भवानी शंकर निरौला, माया घरकी सुभद्रा प्याकुरेल र मानव सेवा आश्रमका नवराज केसीलाई सम्मानित गरिने भएको छ ।

त्यसैगरी सोही कोषबाट बराहक्षेत्र गुरुकुलका युगल दाहाल र उदयपुर गुरुकुलका पुष्पराज भट्टराईलाई पनि प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानका निवर्तमान केन्द्रीय अध्यक्ष शालिग्राम दाहालले जानकारी दिनुभयो ।

प्रतिष्ठानले सोही अवसरमा ‘स्व. पं. जानकीवल्लभ–चन्द्रप्रभा दाहाल स्मृतिकोष’का तर्फबाट दमकका कुलवधु दोयनालाई ‘सामाजिक सम्मान’ र यमुना कोइराला दाहाललाई ‘वर्ष कुलवधु सम्मान’ प्रदान गर्ने निर्णय भएको छ ।

स्व. पदमप्रसाद–अम्बिकादेवी दाहाल स्मृतिकोषका तर्फबाट भक्ति दाहाललाई ‘लेखन तथा साहित्य सम्मान’ प्रदान गरिने भएको छ । सोही कोषबाट नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष समेत रहनुभएकी पत्रकार सुशीला पाठकलाई ‘पत्रकारिता सम्मान’, सुमितकुमार खड्कालाई ‘राष्ट्रिय गायक सम्मान’ र ललित नारायण राजवंशीलाई ‘वर्ष खेलाडी सम्मान’बाट सम्मानित गरिने प्रतिष्ठानले जनाएको छ ।

स्व. चन्द्रकान्त–दिब्यश्वरा दाहाल स्मृतिकोषको तर्फबाट धनमाया दाहाललाई ‘वर्ष आमा सम्मान’ प्रदान गरिने छ भने सोही कोषबाट पोखरिया मा.वि.का उदय सिटौला र आदर्श मा.वि.का सुभेक्षा दाहाललाई उत्कृष्ट छात्र—छात्रा सम्मानबाट पुरस्कृत गरिने भएको छ ।

दाहाल प्रतिष्ठानका महासचिव सूर्य दाहालका अनुसार सोही सोही समारोहमा प्रतिष्ठानको तर्फबाट बाबुराम दाहाललाई ‘अक्षय कोषदाता सम्मान’, कमलराज दाहाललाई ‘जग्गादाता सम्मान’ र धिरेन्द्र दाहाललाई ‘संरचना निर्माता सम्मान’ प्रदान गरिनेछ ।

यी सबै सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम नवरात्र महोत्सवका अवसरमा असोज ११ गते प्रतिष्ठानको शाखा कार्यालय विराटनगरमा आयोजित एक विशेष समारोहमा गरिने महासचिव सूर्य दाहालले जानकारी दिनुभयो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.