Websoft University
May 2025


खोटाङ, जेठ  १७ गते | खोटाङको सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने दिखुवा खोलामा मोटरेबल पुल बन्ने भएको छ । दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा पर्ने दिखुवा खोलामा बन्ने पुलका शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले शिलन्याश गरे । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र १५ विजयखर्कको सिमानामा अवस्थित दिखुवा खोलामा मोटरेबल पुल नहुँदा बर्खामा सवारी साधान आवतजावतमा समस्या थियो । प्रदेश सडक पुल सहयोग इकाई ईटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय गाइघाटको साझेदारीमा मोटरेबल पुल बन्न लागेको हो । 

पुल निर्माणको लागि करिब ५ करोड ५० लाख लाग्ने भौतिक पूर्वाधार मन्त्रालयको अनुमान छ । ट्रष्ट ब्रिज निर्माणका लागि आवश्यक स्टिल ट्रष्ट प्रदेश सडक पुल सहयोग इकाई ईटहरीले उपलब्ध गराउने छ । उक्त पुलका लागि करिब २ करोड बढीको स्टिल ट्रष्ट तयार पारिसकिएको प्रदेश सडक पुल सहयोग इकाई ईटहरीका प्रमुख सुर्य नारायण चौधरीले बताउनुभयो । शिलान्यासको दिन शनिबारनै केही स्टिल ट्रष्ट पुल निर्माण स्थलमा पुर्याएको छ । बाँकी क्रमशः ल्याउने प्रमुख चौधरीको भनाइ छ । 

कालोपत्रको काम भइसकेको दिक्तेल–महुरे २० किलोमिटर र कालोपत्रको काम भइरहेको महुरे–राजापानी–रेग्मीटार सडक २९ किलोमिटरगरी दिक्तेल–रेग्मीटार सडक ५९ किलोमिटर लामो छ । निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो छ । 

दिखुवा खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएर दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा नियमित यातायात सञ्चालन भएमा जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज हुने स्थानीय व्यवसायी बताउँछन् ।


विराटनगर,जेष्ठ १६ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । जेष्ठ १६ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नु भएको छ । निरीक्षण प्रश्चात प्रदेश

 प्रहरी प्रमुख कार्कीले जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई प्रमुखहरु सहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशनको क्रममा वहाँले प्रदेशको राजधानी, औद्योगिक तथा व्यपारिक केन्द्र रहेको मोरङ जिल्लामा खटिने प्रहरी कर्मचारीहरुले नियमितरुपमा चुस्त दुरुस्त भई शिष्ट बोली बचन र ब्यवहारका साथ नागरिकहरुको बिश्वास जित्दै सुरक्षाको प्रत्याभुति हुने गरी प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु पर्ने बताउनुभयो ।

समाजमा अप्रिय घटना घट्न नदिन र घटि हालेमा त्यसको सुक्ष्म र सफल अनुसन्धान गरेर अपराधीलाई कानूनी दायरामा ल्याउन र पिढीतलाई न्याय प्रदान गराउन कटिबद्द हुनका साथै कोशी प्रदेश पर्यटन वर्ष,२०८२ को अवसरमा नेपाल भ्रमणको लागी आउनु हुने विदेशी पर्यटकहरुको यात्रा सहज र सरल बनाई सत्कार र सम्मानका साथ गुणस्तरीय प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।

साथै वँहाले सुरक्षाकर्मी शारिरिक तथा मानसिकरुपमा स्वस्थ्य र सुरक्षित भए मात्र आम नागरिकलाई सुरक्षाको प्रत्याभुति दिन सक्ने भएको हुँदा प्रहरी मानसिक तथा शारिरिकरुपमा स्वस्थ्य रहन जरुरी रहेको बताउनु भयो ।  

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीयाले प्रदेश प्रहरी प्रमुख कार्कीलाई मोरङ जिल्लाको समग्र शान्ती सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु र प्रदेश प्रहरी कार्यालयसंगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो भने मोरङ जिल्ला अन्तरगत रहेका प्रहरी इकाईहरुका प्रमुखहरुले आ(आफ्नो एरियाको बस्तु स्थिति लगायत विविध विषयहरुमा प्रदेश प्रहरी प्रमुख कार्कीलाई अवगत गराउनु भएको थियो ।


 बिराटनगर जेठ  १४ गते |  नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको आयोजनामा आगामी जेठ २५ गते आयोजित नेपाल(भारत युवा उद्यमी सम्मेलन आयोजना हुने भइसकेको छ। सम्मेलन प्यास होटल भित्र बिहान ११ बजे हुने छ।

उक्त सम्मेलनमा नेपाल र भारतका युवा उद्यमीहरूको संयुक्त सहकार्य रहनेछ। कार्यक्रमको मुख्य उद्देश्य दुई देशका युवा उद्यमशीलताबीच अनुभव र सीप आदानप्रदान, व्यावसायिक नेटवर्किङ, र दीर्घकालीन सहकार्यका सम्भावनालाई मूर्त रूप दिनु हो।

सम्मेलनमा नेटवर्किङ कार्यक्रम, विभिन्न कार्यशाला ९वर्कशप० तथा सीमापार उद्यमशीलता, नीति निर्माणमा युवाको आवाज, स्टार्टअप र नवप्रवर्तन विषयमा गहन छलफल हुनेछ।

नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टर अध्यक्ष शुभम भट्टराई अनुसार, “यो सम्मेलनले सीमा क्षेत्रमा रहेका साझा क्षेत्रजस्तै कृषि, पर्यटन, सूचना प्रविधि, शिक्षा तथा सेवा क्षेत्रमा आधारित स्टार्टअप प्रवर्द्धन गर्न तथा प्रदेशस्तरीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।”

उक्त कार्यक्रममा नेपाल र भारतका युवा उद्यमी, लगानीकर्ता, नीति निर्माता, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने र भविष्यका लागि सहकार्यको ढोका खोल्ने सेतुको भूमिका खेल्ने अपेक्षा गरिएको छ।

अन्ततः, यो सम्मेलनले नेपाल(भारतबीचको युवा उद्यमशीलता सम्बन्धलाई अझ सशक्त बनाउँदै, दिगो विकासका दिशामा एक नयाँ कदम अगाडि बढाउने विश्वास गरिएको छ।



विराटनगर १३ जेठ । विराटनगरका दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई साईबर सुरक्षा सम्वन्धी अभिमुखीकरण दिईएको छ । विराटनगर महानगरपालिकासँगको सहकार्यमा भुल्केदेवी मिडिया प्रालिको आयोजनामा विराटनगर ८ को महेन्द्र मावि र विराटनगर ११ को जनपथ माविका विद्यार्थीलाई साईबर सुरक्षा सम्वन्धी अभिमुखीकरण दिईएको हो । 

विराटनगर ८ को महेन्द्र माविमा सोमबार आयोजित कार्यक्रममा महानगर प्रमुख नागेश कोइरालाले विद्यार्थीका लागि साईबर सुरक्षा तालिम आवस्यक भएको बताउनुभयो । अहिलेको परिवेशमा साईवर अपराधबारे शिक्षा आवस्यक भएकोमा उहाँले जोड दिनुभयो । 

सो कार्यक्रममा विराटनगर ८ का वडाध्यक्ष राम पोखरेल, विद्यालयका सहायक प्रधानाध्यापक प्रेमप्रसाद कठेत, भुल्केदेवी मिडियाका सल्लाहकार महेन्द्र विष्ट लगायतले बोल्नु भएको थियो । विराटनगर ११ को जनपथ माविमा आज आयोजित कार्यक्रममा वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले साईबर सुरक्षा उपयोगी विषय भएको बताउनुभयो । 

यसबारे राम्रो बुझे साईबर अपराधबाटजोगिन सकिने उहाँले बताउनुभयो । सो कार्यक्रममा प्रधानाध्यापक हरिप्रसाद पराजुली, भुल्केदेवी मिडियाका सल्लाहकार महेन्द्र विष्ट लगायतले बोल्नु भएको थियो । दुई विद्यालयमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिका सञ्चार शाखा प्रमुख कमला निरौला, महिला बालबालिका शाखा प्रमुख सुनिता पौडेल लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा कक्षा ८ देखि १० सम्मका दुई सय विद्यार्थी सहभागि भएका थिए । तालिमको सहजीकरण प्रितम साह र अधिवक्ता विवेक तिम्सीनाले गर्नुभएको थियो । 



विराटनगर,जेष्ठ १३ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय उदयपुरको भ्रमण गर्नु भएको छ । जेष्ठ १३ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुकासाथै कार्यरत प्रहरी कर्मचारीहरुलाई समाजमा शान्ती सुरक्षा सु(व्यवस्था कायम राख्नका लागी कसैको दबाब र प्रभावमा नपरी काम गर्न निर्देशन दिनु भएको छ ।

निर्देशनकै क्रममा वहाँले सामुहिक भावना तथा भाईचाराका साथ दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ(आफनो जिम्मेवार एरिया ईलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न, बिभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न, सवारी दुर्घटना न्युनिकरण, सवारी नियम उलंघन गर्ने सवारी साधनलाई कारवाही तथा सवारी साधनको प्रयोग गरी हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन निर्देशन दिनु भयो ।

निर्देशनकै क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गर्न, तालुक कार्यालयबाट भएका आदेश निर्देशनलाई तल्लो दर्जाका कर्मचारी समेतलाई जानकारी गराई कार्यान्वयन गर्न, चेकिङको क्रममा सभ्य र शिष्ट भाषा प्रयोग गर्न, आम सेवाग्राहीहरुसँग समान व्यवहार गर्न तथा सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गरी सदैव प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिनु भएको छ ।

यसका साथै वर्षायामको समयमा पहाडी जिल्लाहरु हुने वाढी पहिरो जस्ता विपदका घटनाहरुमा नागरिकको धनजनको सुरक्षाका लागी तत्काल उद्धार कार्यमा परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन समेत निर्देशन दिनु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख हरिहरनाथ योगीले  प्रदेश प्रहरी प्रमुख कार्कीलाई उदयपुर जिल्लाको समग्र शान्ती सुरक्षाको अवस्था, जनशक्ती व्यवस्थापन, भावि कार्य योजन, सुरक्षा चुनौतीहरु सहितको प्रस्तुतिकरण गर्नु भएको थियो ।

निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्लाका स्थानीय बुद्धिजिवि, नागरीक समाज, स्थानिय जन प्रतिनिधीहरु तथा संचारकर्मीहरुसंग भेटघाट गर्नु भई समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्थाको वारेमा अन्तरक्रिया तथा छलफल  गर्नुका साथै प्रहरी र नागरिक समन्वय र सहकार्य गरी अगाडि बढेमा समाजमा शान्ति सु(व्यवस्था प्रभावकारी हुने बताउनु भयो |


बिराटनगर २०८२ जेष्ठ ११ गते | आइतबार, मोरङ उद्योग व्यापार संघले कोशी प्रदेश प्रहरी प्रमुखका रुपमा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक श्री ईश्वर कार्कीलाई संघमा स्वागत गरीछलफलगरेको छ ।

 संघका का.वा.अध्यक्ष श्री अनिल कुमार साह सहित उपाध्यक्ष (वाणिज्य) श्री अनिल सारडा, उपाध्यक्ष (उद्योग) श्री बिकास कुमार बेगवानी, प्रवक्ता श्री दिपेश सुवेदी, का.का.सदस्यहरु श्री मनिष कुमार मारु, श्री देवाशिष गोल्छा, श्री अमित राठी, श्री गोपाल अग्रवाल, डा. बन्दना जैन र आमन्त्रित सदस्य डा. दिपेन्द्र नौलखाले प्रहरी नायव महानिरीक्षक कार्कीलाई संघमा स्वागत गरी भेटघाट तथा छलफल गर्नु भएको थियो ।

कार्यक्रममा का.वा. अध्यक्ष श्री अनिल कुमार साहले प्रहरी नायव महानिरीक्षकलाई स्वागत गर्दै वहाँहरुको सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो भने उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी गण, रानीका प्रहरी उपरिक्षक श्री रुकेश तण्डुकार, वडा प्रहरी कार्यालय, विराटनगरका प्रहरी नायव उपरिक्षक श्री अनमोल खड्का, प्रहरी निरिक्षक श्री आबेश थापा, कोशी प्रदेश प्रहरी कार्यालय रानीका प्रहरी निरिक्षकहरु श्री महेश भट्टराई, शेखरजंग मल्लको उपस्थिति रहेको थियो ।  


 


विराटनगर, ११ जेठ । 
कोशी प्रदेश सरकारले प्रदान गर्दै आएको पुरस्कार दलीय भागबण्डामा वितरण नगर्न सरकारलाई सचेत गराउँदै समाजवादी प्रेस संगठन कोशीले निश्चित मापदण्ड र पारदर्शी प्रक्रिया अवलम्बन गर्न माग गरेको छ । संगठनले आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यलाई ज्ञापन-पत्र बुझाउँदै पुरस्कार वितरण प्रक्रिया पारदर्शी, निष्पक्ष र मापदण्डयुक्त बनाउन आग्रह गरेको हो।

संगठनका प्रदेश अध्यक्ष बन्धु पोखरेल नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कोशी प्रदेश सरकारले पत्रकारिता पुरस्कार जस्तो संवेदनशील विषयलाई समेत दलगत भागबण्डाको आधारमा वितरण गर्ने तयारी गरिरहेकोमा आपत्ति जनाएको छ । ‘यस प्रकारको कार्यले योग्य र निस्वार्थ पत्रकारहरूको सम्मान गर्नुपर्ने प्रक्रियालाई नै बदनाम गर्ने हाम्रो ठहर छ’  संगठनले भनेको छ, ‘पुरस्कार वितरण प्रक्रिया निष्पक्ष र स्पष्ट मापदण्डका आधारमा पारदर्शी हुनुपर्दछ भन्ने हाम्रो जोडदार माग छ ।’

संगठनले अहिले विभिन्न क्षेत्रमा विकृति र विसङ्गति मौलाइरहेको अवस्थामा सञ्चार क्षेत्र पनि यसबाट अछुतो नरहेको औंल्याएको छ । ‘आम नागरिकको विश्वास, आशा र भरोसाको केन्द्र बन्नुपर्ने पत्रकार तथा संस्थाहरू आफै लोभ, प्रलोभन र पहुँचको दबाबमा परी विश्वसनीयता गुमाउँदै जानु चिन्ताको विषय हो’ ज्ञापन-पत्रमा भनिएको छ  ।

 प्रदेश  सरकारले सञ्चार क्षेत्र सुदृढ बनाउने नाममा बजेट विनियोजन गरेको तर  त्यो बजेट उद्देश्यअनुसार प्रयोग नहुनु, बिचौलिया र निकटस्थहरूको मिलेमतोमा खर्च हुनुले बजेट पारदर्शितामाथि प्रश्न उठाएको संगठनको भनाइ छ । यसले नागरिकको करबाट सञ्चित राजस्वको अपमान समेत गरेको उसले ठहर गरेको छ।

संगठनले कोशी प्रदेशमा सरकारले सञ्चार क्षेत्रको सुदृढीकरणका लागि भनेर केही बजेट विनियोजन गरेको उल्लेख गर्दै, तर त्यो बजेट उद्देश्यअनुसार प्रयोग नभई विभिन्न आवरणका बिचौलिया तथा निकटस्थ व्यक्तिहरूको मिलिभगतमा दुरुपयोग हुने गरेकोमा चिन्ता व्यक्त गरेको छ ।

 ‘यस प्रकारको कार्यले बजेट पारदर्शिताको प्रश्न मात्रै उठाएको छैन, नागरिकको करबाट सञ्चित राजस्वको अपमान पनि गरेको हाम्रो ठहर छ’ ज्ञापन-पत्रमा भनिएको छ, ‘प्रदेश सभाबाट पारित कार्यक्रम तथा बजेटलाई सरकार आफ्नो नीतिअनुसार कार्यान्वयन गर्न स्वतन्त्र छ, त्यसमा हाम्रो आपत्ति छैन । तर त्यस्तो बजेट तोकिएकै कार्यक्रममा परिचालन गरी सरकारले लिएको लक्ष हासिल हुने ढङ्गले खर्च हुनुपर्दछ । 

साझेदार संस्थाहरूले बजेट शीर्षक र उद्देश्यअनुरुप खर्च गरेका छन् कि छैनन् ? सरकारले गम्भीरतापूर्वक अनुगमन गरोस्, र बजेट दुरुपयोग हुनबाट रोकोस् भन्ने हाम्रो सुपस्ष्ट माग छ ।’  संगठनले आफूहरू कुनै पनि प्रकारको अपारदर्शी खर्च, मिलेमतो वा लुटतन्त्रको हिस्सेदार नबन्ने स्पष्ट नीति लिएको उल्लेख गर्दै यदि सरकार गम्भीर नभए संघर्षको बाटो समाउन पछि नपर्ने चेतावनी समेत दिएको छ।
 
‘कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूबाट एउटा शीर्षकमा बजेट माग गर्ने तर अर्कै शीर्षकमा खर्च गर्ने अनि बजेट निकासा तथा भुक्तानीमा अधिकारीहरू आँखा चिम्लेर संलग्न हुने हो भने यसले के संकेत गर्दछ ? कतै मिलेमतो त छैन भन्ने आशङ्का पैदा गर्दछ'  ज्ञापन-पत्रमा भनिएको छ,'यस्ता कार्यले अख्तियारप्राप्त व्यक्तिहरूबीच बजेट बाँडचुँड हुने आम नागरिकको शङ्कालाई थप मलजल गर्ने भएकाले हामी सम्बन्धित अधिकारीहरूलाई त्यसो नगर्न पनि ध्यानाकर्षण गराउँछौं ।’ 

संगठनको ज्ञापन पत्र बुझ्दै मन्त्रालयका सचिव आचार्यले सरकारले प्रदान गर्ने पुरस्कार निश्चित मापदण्डका आधारमा हुनुपर्ने तथा विकृतिहरु रोक्नुपर्ने संगठनको मागलाई प्रदेश सरकारले गम्भीर रुपमा लिने बताएका छन् । बन्धु पोखरेलबाट.........


विराटनगर जेठ ११ गते |  भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले खोटाङको खोटेहाङ र जन्तेढुङ्गा जोड्ने सावा खोलाको सडक पुल शनिबार उद्घाटन गरेका छन् । 

खोटेहाङ गाउँपालिका–७ र जन्तेढुंगा गाउँपालिका–५ जोड्ने उक्त पुलको निर्माण भएपछि दुबै पालिकाबीचको प्राकृतिक नाकाबन्दी तोडिएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयको ८ करोड २१ लाख ७२ हजार ८९४ रुपैयाँ लागतमा उक्त पुलको निर्माण सम्पन्न गर्न प्रादेशिक सडकपुल सहयोग एकाई इटहरीको प्राविधिक सहयोग रहेको मन्त्रालयका सचिव अशोक साहले बताएका छन् । 

निर्माण व्यवसायी सुसम आदित्य बिजय निर्माण सेवा उदयपुरले २०८० वैशाख ११ गते पुल निर्माणको लागि ८ करोड ३ लाख ७८ हजार ७१५ रुपैयाँमा ठेक्का लिएको थियो । पुल निर्माण सम्पन्न भइसक्दा अन्तिम भुक्तानी भने ८ करोड २१ लाख ७२ हजार ८९४ रुपैयाँ भएको मन्त्रालयले जनाएको छ । दुई वर्षको समयावधिमा निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुल समयमै सम्पन्न भएको हो । ४१.४० मिटर लामो उक्त पुलको चौडाई ८.४० मिटर रहेको छ भने फुटपाथको चौडाई १.२० मिटर दुवैतर्फ रहेको छ । 

पुल उद्घाटनपछि मन्त्री राईले नागरिकलाई तथा खोटाङलाई पछि पार्ने छुट अब कसैलाई नरहेको भन्ने सबैले प्रतिबद्धता जनाउनुपर्ने बताएका छन् । उनले अब अधुरा योजनाहरु जहिलेको चुनावी मुद्दा नबन्ने उनले प्रतिबद्धता जनाएका हुन् ।

‘धाप्लाङघाट र बङ्शिलाघाटको मुद्दा पनि टुग्याउनु पर्छ र ठूल्ठूला योजनाहरु मात्रै अब राजनीतिक मुद्दा बन्नुपर्छ नागरिककोबीचमा भोट माग्दै गर्दा,’ उनले भने, ‘अब वर्षौँ एउटै मुद्दा देखाएर भोट माग्ने, मन्त्री, सांसद, जनप्रतिनिधि हुने अनि नागरिकले कहिल्यै पनि त्यसको अनुभूति नगर्ने व्यवस्था हो र यो ? लोकतान्त्रिक व्यवस्था मञ्चमा बस्नेहरु होइन, नागरिक बलियो हुने व्यवस्था हो । मतदान गर्ने मान्छे बलियो हुन्छ तर त्यो यहाँ देखिएन । जहिल्यै एउटै मान्छे चुनाव जित्ने तर भोट हाल्ने नागरिक पराजित भइरहने अवस्था आयो, खोटाङले कहिल्यै जितेन तर खोटाङबाट थुप्रै मान्छे जित्यो ।’ 

अब ठूला–ठूला नयाँ आयोजना बनाउने मुद्दा बन्नुपर्ने मन्त्री राईको भनाइ थियो । ‘जहिल्यै बन्न नसकेका विकास निर्माणका आयोजनाहरु चुनावी मुद्दा बन्नु हुँदैन,’ उनले भने, ‘चुनावको बेलामा आएको विकासको बाढी अरुबेला आयो कि आएन भनेर जनताले सोध्नुपर्ने व्यवस्था हो अहिलेको र अब त्यो सोध्नु पर्छ ।’। 


विराटनगर, १० जेठ | कोशी प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्रालयको टोलीले सुनसरीको विभिन्न स्थानबाट ठूलो परिमाणमा अवैध बिउ बरामद गरेको छ । मन्त्रालयका बालि विकास अधिकृत योगेन्द्र यादव र बिउ निरीक्षक पुरुषोतम जोशीको नेतृत्वको अनुगमन टोलीले शुक्रबार १ हजार २५ किलोग्राम अवैध धानको तथा अन्य बालीका जातको बिउ बरामद गरेको हो । 

कृषि मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले दिएको जानकारी अनुसार बिबि ११ जातको धानको बिउ ९ सय २० किलो, एमटियु ७०२९ जातको बिउ ३० किलो, कोमल १ सय १ किलो, सोना मन्सुली ६५ किलो र तरकारीको म्याद गुज्रेको बिउ ४ किलो रहेको छ । 


यसरी अवैध तरिकाले बिउ बजारमा पठाउने बिउ उत्पादकहरुमा राष्ट्रिय बिउ विजन कम्पनी प्रा.ली. मोरङ, कृषक बिउ उत्पादक समूह गौरादह–६ झापा, भूमि सिड मोरङ विराटनगर, कञ्चन बिउ उत्पादक उद्योग प्रा.ली. मेचीनगर झापा, मेची कृषक बहुमुखी सहकारी संस्था लि. मेचीनगर झापा, तमोर बिउ उत्पादक बिर्तामोड–७ झापा, इस्ट वेष्ट सिड कम्पनी, विराटनगर रहेका छन् । 


यस्तै कृषि सामग्री कम्पनी लिमिटेड इटहरीबाट बिउ व्यवसाय प्रमाणपत्र नभएका व्यसायीलाई पनि धानको बिउ उपलब्ध गराएको भेटिएको जोशीले बताए । जसमा भोक्राहा नर्सिंङ गाउँपालिकामा एक जना व्यवसायीलाई यसरी धानको बिउ उपलब्ध गराएको पाइएको हो । 

नेपालमा सूचीकृत तथा दर्ता नगरिएका बिउ बिक्री वितरण गर्न पाइँदैन । यसरी अवैध बिउहरु विक्री हुने गरेको किसानबाटै गुनासो आएपछि आफूहरुले अनुगमनका लागि टोली परिचालन गरेको मन्त्रालयका सचिव पाण्डेले बताए । हालसम्म बिउ विक्रेताहरुले किसानलाई ठगेर विभिन्न जातका धानको बिउ बिक्री वितरण गरिरहेका थिए । 

नेपाली बिउ उत्पादकहरुले पनि सूचिकृत तथा दर्ता नभएका बीउहरू उत्पादन गरेर बजारमा पठाएको भेटिएको हो । बिउ बिझन ऐन २०४५ तथा कोशी प्रदेश बिउ विजन ऐन २०८१ तथा बिउ बिजन नियमावली २०८१ का यसरी विक्री वितरण गर्न नपाउने व्यवस्था गरेको छ । 

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम आएपछि प्रदेश बिउ विजन २०८१ र  प्रदेश जीवनाशक विषादी ऐन २०८१ जारी भएको छ । मन्त्रालयले उक्त ऐन कार्यान्वयन गराउन बिउ विजन प्रयोगशाला झुम्काको प्रतिनिधि, कृषि ज्ञान केन्द्र सुनसरीको प्रतिनिधि र मन्त्रालयको वाली विकास अधिकृत योगेन्द्र यादव र बिउ निरीक्षक पुरुषोतम जोशीलाई अनुगमनको लागि पठाएको हो । 

अनुगमन गर्दा बिउ व्यवसायीहरुले अनुमति पत्र नवीकरण नगरेको, अनुमति पत्र नलिई बिउ विजन बिक्री गरेको र स्थलगत पसलमा जाँदा टोली आएको थाहा पाएपछि धेरै पसल बन्द गरेर व्यवसायीहरु हिंडेका थिए । ‘कोशी गाउँपालिकामा एउटा पसल अनुमति नलिइ संचालन गरेको र भोक्राहा नसिंङ गाउँपालिकामा पुग्दा सबै पसल बन्द गरेसकेको तर सूचिकृत नभएको बिउ पसल बाहिर नै छोडेको थियो,’ बिउ निरीक्षक जोशीले भने, ‘वडा अध्यक्षको रोहबरमा जफत गरेका छौं ।’


बिराटनगर जेठ १० गते | उद्योग संगठन मोरङ, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, इन्स्योर परियोजनाको सहकार्यमा कोशी प्रदेश मै पहिलो पटक आज देखि उधोग सगठन मोरगको प्रगणमा सीप उत्सव २०८२ आयोजना गरिएकोछ |

रोजगार प्रदायक तालिम, प्रदायक र रोजगारको खोजीमा रहेका जनशक्तिलाई एकै स्थान भेला पारी सीप विकासको विविध आयामहरुको वारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको यस सीप उत्सव २०८२मा सीप प्रतिस्पर्धा अटो मोवाइल इजिनेरिङ कमप्युटर, सेन्सर सिस्टम उपकरण पकाउने बनाउने 35 मिनट टाएम दिएर उनिहरूको क्षमता बिकासको परिक्षा लिएको छ | 

यसमा धेरै निजि बिधालयका बिधार्थीहरूको सहभगिता बढिरहेकोछ | यो भोलि सम्म चल्नेछ ।


झापा, जेठ ९ गत । सुरेन्द्र भण्डारी- बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना  विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । 

अति विपन्न विद्यार्थीको अध्ययनमा सहजताका लागि अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्री समेत बितरण गरेको छ । बाह्रदशी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच १६ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रति विद्यार्थी चार हजार पाँच सय रुपैयाँ बरावरको स्कूल व्याग सहितका स्टेशनरी सामग्री  प्रदान गरिएको थियो । 

गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाई, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलासहितले उनीहरुलाई नगद एक हजार रुपैयाँ सहित स्टेशनरी सामग्री  प्रदान गरेका थिए । 

बाह्रदशी जेसीजले सन २०२३ बाट यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै प्रत्येक वर्ष  उनीहरको पढाई खर्च व्यहोर्दै आएको जेसीजले यो वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिएको हो । अभिभावकत्व ग्रहण गरिएका वालवालिकालाई उच्च शिक्षा अध्ययनमा समेत जिम्ेवारी लिइने बताइएको छ । 

जेसीजले गरेको कार्यक्रमको प्रशंसा गर्दै गाउँपालिका अध्यक्ष चम्लागाईले समेत दुई जना बालवालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । उनले अमृत माध्यमिक विद्यालय भागुडुब्बामा  अध्ययनरत विद्यार्थी मनिष राजवंशी र सुन्दरपूर आधारभूत विद्यालयका विद्यार्थी आशिका गणेशको अभिभावकत्व ग्रहण गरेका हुन् । 

त्यस्तै बाह्रदशी जेसीज सन २०२५ का अध्यक्ष तीर्थप्रसाद काफ्लेले फूलवारी माविका विद्यार्थी पद्मा राजवंशीको अभिभावकत्व ग्रहण गरेका छन् । एक सदस्य एक अभिभावक भन्ने नारा लिएको जेसीजले शुरु गरेको कार्यक्रम अन्तरगत जेसीजका संस्थापक अध्यक्ष  विगम श्रेष्ठ – डिकप्रसाद आचार्य, पूर्व अध्यक्ष पुष्पलाल धमला – सुहानी खातुन, पूर्व अध्यक्ष लक्ष्मी प्रसाद उप्रेती –सविता माझी, निर्वतमान अध्यक्ष खगेन्द्र सुवेदी – आशिका खवासको अभिभावकत्व ग्रहण गरेका हुन् । 

त्यस्तै राजु अधिकारी – अनुज गिरी, विश्वास गौतम – अम्विका सुवेदी, डिककुमार कटुवाल –लुकेश राजवंशी, सदिक्षा खड्का –जशोदा कुर्मी, पुष्प भट्टलाई – सुशील लिम्बू, गोकुल घिमिरे – दामिनी शाह, गोपाल उप्रेती – अस्मिता हस्दा , प्रकाश फुयाल –रिदिमा राजवंशी, नवराज दाहाल – अनिता राजवंशी र नवीन त्रिताल – सृजना सोरेनको अभिभावकत्व ग्रहण गरेका छन् । 

दुई खण्डमा गरिएको कार्यक्रम अन्तरगत भितेपात्रो विमोचन विश्वास गौतमको संयोजकत्वमा भएको थियो । अभिभावकत्व ग्रहण कार्यक्रम राजुअधिकारीको संयोजकत्वमा भएको हो । 

बाह्रदशी जेसीज सन २०२५ का अधयक्ष तीर्थ प्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चम्लगाईले वाह्रदशी जेसीजले उत्कृष्ठ र रचनात्मक कार्य गरेको भन्दै प्रशंसा व्यक्त गरे । कार्यक्रमका विशेष अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले वालवालिकाको शिक्षा क्षेत्रमा गरिएको लगानीलाई खेर जान नदिन समय समयमा अनुगमन गर्न सुझाव समेत दिए । 

कार्यक्रममा पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहाल (कुमार), वाह्रदशी गाउँपालिका ४ का वडाध्यक्ष महताव आलम, नेपाल जेसीजका कार्यकारिणी गणेश सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

राजु अधिकारीले स्वागत गरेको कार्यक्रममा आस्था बाचन विश्वास गौतमले गरेका थिए भने जेसीजको मिसन भिजन गोपाल उप्रेतीले गरेका थिए । कार्यक्रमको संचालन बाह्रदशी जेसीजकी महासचिव सदिक्षा खड्काले गरेकी थिइन् ।  



काठमाडौं जेठ ९ गते । नेपाल मेडिकल कलेजमा २३ वर्षीय बिरामीको एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी (ECIRS) बाट मिर्गौलाको पत्थरी निकालिएको छ । कलेजको युरो सर्जरी विभागले लोप्साङ पाल्देनको बाँया तर्फको मिर्गौलाको पत्थरी निकाल्न एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी सफलतापूर्वक गरेको हो ।

 
उनी तीनसाता अघि मिर्गौलामा गम्भिर समस्या देखा परेपछि नेपाल मेडिकल कलेजमा उपचारका लागि आएका थिए । उनलाई करिब २ महिनादेखि पिसाब पोल्ने समस्या थियो । 

युरोलोजी विभागका कन्सल्टेन्ट डा. निरज सुवेदी तथा कन्सल्टेन्ट युरोलोजिस्ट, किड्नी ट्रान्सप्लान्स सर्जन डा. बेश अन्सारी लगायतको टीमले (ECIRS) बाट मिर्गौलाको सफलतापूर्वक शल्यक्रिया गरेका थिए ।उनको बाँया मिर्गौलाको पेल्भिसमा ६.९ एमएमको पत्थरी थियो । ल्याप्रोस्कोपी विधिबाट गरिएको शल्यक्रियामा मिर्गौलामा रहेका पत्थरीहरुलाई फुटाएर निकालिएको डा. वेश अन्सारीले बताए। 

‘उहाँको बाँया मिर्गौलाको पेल्भिसमा ६.९ सेन्टिमिटरको पत्थरी रहेकोमा त्यसलाई निकाल्न एउटै शल्यक्रियाबाट निकाल्न संभव नदेखेपछि हामीले एकै पटक मुत्रनली र पेटको बाँया भागमा प्वाल पारेर पत्थरी निकालेका हौं ।’ डा. अन्सारीले बताए ।
 
के हो (ECIRS) पद्दति

यो एक न्यूनतम आक्रमक शल्यक्रिया प्रविधि हो जुन मुख्यतया ठूला वा जटिल मिर्गौलाको पत्थरी (जसलाई नेफ्रोलिथियासिस पनि भनिन्छ) को उपचार गर्न प्रयोग गरिन्छ । एक स्थानबाट (मुत्रनली वा कम्मर) मा प्वाल पारेर मिर्गौलाको पत्थरी निकाल्न नसक्दा दुवै स्थानबाट एन्डोस्कोपिक विधिबाट पत्थरी निकाल्ने गरिन्छ ।
 
यस प्रकारको शल्यक्रियामा सर्जनले एकै पटक दुवै प्रक्रियाहरु अपनाएर मिर्गौलाको पत्थरी निकाल्ने गर्दछन् । (ECIRS) पद्दति खासगरी ठूला पत्थरीहरु निकाल्न गरिने डा. अन्सारी बताउँछन् । ‘सामान्य मिर्गौलाको पत्थरी मुत्रनली वा शरीरको एक स्थानमा प्वाल पारेर गरिन्छ । तर, ठूला र असमान्य अवस्थाको पत्थरी छ भने त्यसलाई (ECIRS) पद्दतिबाट निकालिन्छ ।’ 

(ECIRS) पद्दतिबाट गरिएको शल्यक्रियाले मिर्गौलामा रहेका जस्तोसुकै पत्थरी सहजै निकाल्न सहयोग पुग्ने गर्दछ । यसबाट बिरामीलाई कम पिडा हुने, ठूल्ठूलो घाउ बनाएर शल्यक्रिया गर्नु नपर्ने, शल्यक्रिया गरेका केही दिनमै घर जान सकिने, रक्तश्राव तथा संक्रमण कम हुने र बिरामी चाँडै निको हुन्छन् । 

नेपाल मेडिकल कलेजमा इन्डोस्कोपीक प्रविधिमा मिर्गौला तथा मुत्राशयको पत्थरी निकाल्ने, प्रोस्टेटको अप्रेसन, पाठेघरको अप्रेसन लगायतका शल्यक्रियाहरु हुने गरेका छन् । 


विराटनगर जेठ ८ गते । वाइसिएल नेपाल कोशी प्रदेशको प्रथम सम्मेलनबाट विक्रम बाबु फियाकको नेतृत्वमा ६४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । 

सुनसरीको इटहरीमा बिहीबार सम्पन्न भएको वाइसिएलको सम्मेलनबाट उपाध्यक्ष दिलविक्रम लिम्बू, टाइसन के?ङ थेगिम, सचिवमा शुभलाल राई, सहसचिवमा दिपेन जबेगू, इश्वर पोखरेल, उषा परियार, जनक लुहागुन, रोहित आङ्बो, टेकबहादुर रसाईली र कोषाध्यक्षमा युवराज राई चयन भएका छन् ।

सदस्यह?मा कुलबहादुर राई, पूर्णीमाया तामाङ, रञ्जना तामाङ, डोलबहादुर सुनुवार, पुष्पबहादुर उप्रेती, सन्तोष पयाङ्गु, लालबहादुर पौडेल, रमेश राई, सुमन अधिकारी, विकल बराल, पुष्पलाल राई, अर्जुन तामाङ, अर्जुनकुमार मगर, पुजना राई, सिर्जना शंकर, सुरेशकुमार राई, भुपाल तामाङ, सन्तोष लिम्बू, गोपाल राई, ?पक पौडेल, राजेश प्रधान, नारायण राई, धनन्जय राई, पुस्कल राई, अमन लावती, सन्ध्या मास्के, अर्जुन राजवंशी रहेका छन् । 

यस्तै जोन बुढाथोकी, टिका चम्लागाईं, दिपक गहतराज, शुशिल खतिवडा, साङ्गे पाल्देन शेर्पा, विषण लिम्बू, गरिमान इथिङ्गो, पृथ्वीमान नेपाली, राकेश मगर, सुदिप बली राई, दिपेश राई, दिपक पोखरेल, किरण भुजेल, सदिक्षा पोखरेल, कल्पना राई, दिनेश बानेम, लोकबहादुर नेपाल, पासाङ निमा शेर्पा, प्रगेन राई, सुमन मगर, प्रेमकुमार मगर, सुमन शाह, रन्जनकुमार यादव, नविन चौधरी र सुप्रिया वान्तवा रहेका 


 बिराटनगर  २०८२ जेठ ८ गते | बिहिबार, मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक श्री हितेन्द्र देव शाक्यज्यू, उप–निर्देशक श्री दिर्घायु श्रेष्ठज्यू लगायत प्राधिकरणका कोशी प्रदेश प्रमुख निर्देशक श्री राजीव सिंह र प्राधिकरणको विराटनगर वितरण शाखाका प्रमुख श्री सरोज कुमार साहलाई संघमा स्वागत गरी भेटघाट गरेको छ ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष श्री अनुपम राठी र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका अध्यक्ष श्री पवन कुमार सारडाले संयुक्त रुपमा प्राधिकरणका कार्यकारी निर्देशक शाक्य लगायत प्राधिकरणका उप–निर्देशक, प्रदेश प्रमुख र विराटनगर शाखा प्रमुखलाई स्वागत गरी मोरङ–सुनसरी औद्योगिक कोरिडोरको विद्यूत समस्याहरु बारे अवगत गराउनु भएको थियो ।

संघका सचिव श्री अमित सारडाद्वारा संचालित सो कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष श्री भीम घिमिरे, संघका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष श्री प्रकाश मून्दडा नेपाल विद्युत प्राधिकरण विराटनगरका अधिकृतहरु, संघ तथा परिसंघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, संघका युवा र महिला उद्यम समिति संयोजक तथा सदस्यहरु, विभिन्न औद्योगिक प्रतिष्ठानका प्रमुख एवं प्रतिनिधिहरु, संचारकर्मीहरु लगायतकोे सहभागिता रहेको थियो ।


विराटनगर  जेठ ७ गते ।  विराटनगर महानगरपालिकाले निःशुल्क रुपमा सञ्चालनमा ल्याएको ‘महानगर अटिज्म सेवा केन्द्र’मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सेवा केन्द्रमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा आँखा र कानको जाँच गरिएको थियो । शिविरमा ३ जना बालिकासहित १८ जनाको स्वास्थ्य परीक्षण गरेकोमा १० जनामा आँखाको समस्या देखिएको अटिज्म सेवा केन्द्रकी संयोजक रश्मी निरौलाले जानकारी दिनसभयो । त्यस्तै ६ जनामा कानको समस्या देखिएको छ ।

 समस्या देखिएकाहरूलाई थप उपचारका लागि विराटनगर आँखा अस्पताल रेफर गरिएको उहाँको भनाइ थियो । महानगरको वडा नम्बर १ का अध्यक्षसमेत रहनुभएका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादव, स्वास्थ्य अधिकृत रमेश कार्कीलगायतले स्वास्थ्य शिविरको अनुगमन गर्नुभएको थियो ।

शिविरमा सेवा केन्द्रका कर्मचारीहरुको समेत स्वास्थ्य परीक्षण गरिएको थियो । विराटनगर–४ दूधफारम दक्षिणमा अवस्थित केन्द्रको महानगरका मेयर नागेश कोइरालाले गत कात्तिकमा शुभारम्भ गर्नुभएको थियो । अटिज्म सेवा केन्द्र सञ्चालनका लागि महानगरले चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ विनियोजन गरेको थियो । 

विनियोजित रकममध्येबाटै ३० लाख रुपैयाँको लागतमा महानगर अटिज्म सेवा केन्द्र सञ्चालनमा ल्याइएको थियो । अटिज्म सेवा केन्द्रमा सेवा लिने बालबालिकाहरुका लागि महानगरले निःशुल्क बस सेवासमेत सञ्चालन गरेको छ । सेवा केन्द्रमा फिजियोथेरापी, स्पीज थेरापी (बोल्न सिकाउने), बालबालिका र अभिभावकलाई मनोचिकित्सक सेवा प्रदान गरिँदै आएको छ ।

 केन्द्रभित्र ट्रेम्पोलिन, चिप्लेटी, चाकाचुली, पुल बल, रकिङ हर्स, घुम्ने पिङ, टेबल टेनिससहित आवश्यकताअनुसारका विभिन्न खेलौनाको समेत व्यवस्था गरिएको छ । केन्द्रमा भर्ना भएका बालबालिकाको उपचारसहित अध्ययनसमेत गराउने गरिएको निरौलाले जानकारी दिनुभयो । सेवा केन्द्रमा हाल २० जना बालबालिकाले सेवा लिइरहेका छन् । महानगरको तथ्यांकअनुसार विराटनगर क्षेत्रभित्र ५१ जना अटिज्म भएका बालबालिका छन् ।  


विराटनगर, जेष्ठ ७ गते । मोरङको विराटनगर महानगरपालिका १६ रानी स्थितमा रहेको जुटमिलको खेल मैदानमा कोशी प्रदेशस्तरीय एकिकृत कृतिम घटना अभ्यास (सेमुलेसन) सम्पन्न भएको छ । कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख अतिथ्यतामा  जेठ ७ गते दिउँसो उक्त कार्यक्रमको सुभारम्भ भएको हो ।

 आन्तरीक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश, विराटनगरको आयोजना तथा पूर्वी पृतना हेटक्वाटर इटहरी सुनसरीको समन्वयमा भएको अभ्यासमा  बिपद जोखिम न्यूनीकरण र व्यवस्थापनका लागी नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलद्दारा संयुक्त रुपमा बिपद उद्दार तथा कृतिम घटना सम्बन्धी अभ्यासहरुको प्रदर्शन गरिएको थियो।

 कार्यक्रममा आन्तरीक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशका माननीय मन्त्री रेवती रमण भण्डारी, प्रदेश सचिव राम प्रसाद आचार्य सहित प्रदेश स्तरीय तथा जिल्ला स्तरीय सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपालका कर्मचारीहरु, पत्रकार, स्काउटको उपस्थिति रहेको थियो ।

 उक्त कार्यक्रममा बिपद उद्दारको निम्ति उल्लेखनिय योगदान पुर्‍याउनुहुने महानुभावहरुलाई प्रमुख अतिथि कार्कीले प्रशंसा पत्रद्दारा सम्मान गर्नुभएको थियो । कोशी प्रदेश सरकारले प्रत्येक बर्ष विपद उद्दारमा परिचालन हुने सुरक्षा निकायहरुलाई निरन्तर रुपमा बिपद उद्दार सम्बन्धि तालिम तथा अभ्यासहरु प्रदान गर्दै आएको छ ।

 


बिराटनगर जेठ ६ गते | प्रेस चेोतारी नेपालको कोशी प्रदेश कार्यसमिति बैठकका प्रमुख अतिथि प्रेस चेोतारी नेपालका केन्द्रिय  अध्यक्ष कार्यक्रमका  वा बैठकका प्रमुख अतिथि गणेश पाण्डे ज्यू ले क्यालेण्ड र वयव साइडको बिमोचन गर्दै  प्रेस चेोतारीका सदस्यहरूको क्षमता बिकासमा जोड दिनेगरी क्यालिडर बनाएर अगि जाने बारे छलफल भइरहे को बताउनु भयो भने जेठभरीमा प्रेस चेोतारीको राष्ट्रिय भेला काठमाडौंमा गराउने र अन्तराष्ट्रिय पत्रकार सम्मेलन कोशीमा सहज भए गराउने जस्ता बिचार दिनु भयो | 
प्रेस चेोतारी नेपालका महासचिव हिरामान लामाले माक्सबाद लेलिनबाद जन्ताको बहुदलिय जनबादको बारेमा चेोतारीका पत्रकारलाइ १घन्टा प्रशिक्षण दिनु भएको छ |
प्रेस चेोतारी नेपालका केन्द्रिय उपाध्यक्ष  चेतन अधिकारीले आफना भनाइ सहित शुभकामना दिनुभयो | 
नेकपा एमाले कोशी प्रदेश कमिटी  प्रचार बिभाग  सचिव यज्ञ शर्मा  सदस्य, लिलाराज भट्टराइ समेतले बैठकमा शुभकामना सहित आफना भनाइहरू राख्नु भयो | अन्य सदस्य हरूले पनि बोल्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता प्रेस चेोतारी नेपाल कोशी प्रदेशका अध्यक्ष सुमन पुरीले गर्नु भएको थियो | बिराटनगरमा भएको चेोतारीको केन्द्रिय महाधिवेशन, प्रदेश, जिल्ला, सम्मका बारेमा आय व्यय खर्च बिवरणका बारेमा समिक्षा छलफल पास गर्नेकाम भएको थियो |


बिराटनगर २०८२ जेष्ठ ५ गते | उद्योग र शैक्षिक क्षेत्र वीच सहकार्यको माध्यमबाट आर्थिक विकाससंग सम्वन्धीत विविध विषयहरुमा अध्ययन अनुसन्धान गरी यस क्षेत्रको समग्र औद्योगिक विकासमा थप टेवा पु¥याउने अभिप्रायका साथ उद्योग संगठन मोरङ र डिग्री क्याम्पस विराटनगर वीच समझादारी भएको छ ।

डिग्री क्याम्पसमा आज आयोजित कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले आर्थिक एवं औद्योगिक क्षेत्रको दीगो विकास, लगानीमैत्री नीति निर्माण, वर्तमान कानुनहरुको समय सापेक्ष परिवर्तनमा शैक्षिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने वताउदै नीति विश्लेषण, दक्ष जनशक्ती उत्पादन र समग्र अर्थतन्त्रसंग सम्वन्धित अध्ययन अनुसन्धानमा उद्योग र शैक्षिक क्षेत्र वीच सहकार्य हुनुपर्ने आवश्यकता औल्याए ।

उनले आर्थिक एवं औद्योगिक क्षेत्रमा आधारित अध्ययन अनुसन्धान र औद्योगिक ईकोसिस्टम विकासले मात्र अर्थतन्त्रको दीगो विकासमा सहयोग पुग्ने उल्लेख गर्दै शैक्षिक क्षेत्रले नीजि क्षेत्रसंग हातेमालो गर्नुपर्नेमा जोड दिए ।

डिग्री क्याम्पस विराटनगरका प्रमुख ढक वहादुर मगरले आर्थिक एवं औद्योगिक क्षेत्रसंग सम्वन्धीत अध्ययन, अनुसन्धान र औद्योगिक विषयको शोध कार्यमा सहजिकरण गर्न डिग्री क्याम्पस सदैव अग्रसर रहेको वताउदै शैक्षिक एवं औद्योगिक कृयाकलापहरुमा नीजि क्षेत्रसंग सहकार्य गर्न डिग्री क्याम्पस विराटनगर इच्छुक रहेको धारणा राखे ।

संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले उच्च शिक्षा अध्ययन अध्यापनमा कोशी प्रदेशको अग्रणी शैक्षिक संस्था डिग्री क्याम्पस विराटनगरसंगको सहकार्यमा गरिने गतिविधिले ईण्डट्रिज एकेडेमिया लिंकेज आवश्यकतालाई थप उजागर गर्ने स्पष्ट पारे ।  

सोही अवसरमा उद्योग संगठन मोरङले डिग्री क्याम्पसको ग्राउण्ड परिसरमा विराट एक्स्पो प्रयोजनका लागि निर्माण गरेको संरचना डिग्री क्याम्पस विराटनगरका प्रमुखलाई हस्तान्तरण गरेको छ ।

शैक्षिक संस्था र नीजि क्ष्ँेत्रको साझेदारी अन्तर्गत उद्योग संगठन मोरङले निर्माण गरेको संरचनाले क्याम्पसको पूर्वाधार विकासमा थप टेवा पु¥याउने संगठनले विश्वास व्यक्त गरेको छ ।

 कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं.१४ का अध्यक्ष सुर्य नारायण महतो, संगठनका निवर्तमान अध्यक्ष, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, डिग्री क्याम्पस विराटनगरका प्राध्यापकहरुको उपस्थिती रहेको थियो ।

 


विराटनगर जेठ ३ गते । प्रेस चौतारी मोरङको आयोजनामा तीनदिने `डिजिटल मिडिया र एआई´ सम्बन्धी तालिम विराटनगरमा  सम्पन्न भएको छ। विराटनगर महानगरपालिकाको सहयोगमा जेठ १ गतेदेखि ३ गतेसम्म सञ्चालन भएको तालिममा जिल्लाका पत्रकार, तथा संचारकर्मीको  उपस्थिति रहेको थियो।

तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि तथा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले पत्रकारले आफ्नो  क्षमता विकाससँगै सञ्चारकर्मीहरूलाई आवश्यक ज्ञान र सीप प्रदान गर्न यस्तो तालिम समय सान्दर्भिक र आवश्यक रहेको बताइन्। “महानगरपालिकाले आवश्यकताको आधारमा यस्ता तालिमहरू नियमितरूपमा सञ्चालन गर्न तयार छ´, उनले भनिन्, `पत्रकारिता तथ्य र प्रमाणमा आधारित हुनुपर्छ, गल्ती औँल्याउने पक्षपनि जिम्मेवार हुनुपर्छ।”

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सुमन सुस्केराले बदलिंदो सञ्चार परिवेशमा पत्रकारिताको शैली पनि परिवर्तन भइरहेकाले नयाँ चुनौतीहरूसँग जुध्न सक्ने क्षमता पत्रकारमा हुनुपर्ने बताए। “विचार व्यक्त गर्ने स्वतन्त्रता रहन्छ, तर पत्रकारिता तथ्यमा आधारित हुनैपर्छ,” उनले भने। प्रेस चौतारी नेपालले यो वर्षलाई प्रशिक्षण वर्ष को रूपमा लिएको जानकारी दिँदै आगामी दिनमा अझ संगठनात्मक र पत्रकारका लागि आवश्यक पर्ने प्राविधिक तालिमहरू सञ्चालन गरिने जनाएको छ।

त्यस्तै, प्रेस चौतारी नेपाल कोशी प्रदेश अध्यक्ष सुमन पुरी, प्रेस चौतारी मोरङका संस्थापक अध्यक्ष दिपेन न्यौपाने, सञ्चारिका समूह कोशी महासचिव जुनु भट्टराई लगायतले तालिमको आवश्यकता र प्रभावबारे आ-आफ्नो धारणा राखेका थिए।

प्रशिक्षार्थी रेजिना भट्टराईले एआईसम्बन्धी विषयवस्तुहरू जीवन र पेशासँग प्रत्यक्ष रूपमा जोडिएको अनुभव सुनाइन् । अर्का प्रशिक्षार्थी तेजेन्द्रबहादुर भण्डारीले डिजिटल मिडियासम्बन्धी सिकाइहरू, फोटो, भिडियो तथा समाचार निर्माण सीप, अत्यन्तै उपयोगी र व्यावहारिक भएको बताए।

कार्यक्रमको अध्यक्षता प्रेस चौतारी मोरङका अध्यक्ष चिना थापाले गरेकी थिइन् । उनले तालिममार्फत पत्रकारहरूलाई डिजिटल प्लेटफर्म र नयाँ प्रविधिमा अपडेट गराउने लक्ष्य अनुसारको तालिम दिइएको बताइन् ।


बिराटनगर |  उर्लाबारी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२÷०८३ को बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कार्यवाहक नगर प्रमुख मीना खतिवडा पौडेलको अध्यक्षतामा आज बसेको नगरसभाको १४ औं अधिवेशनको पहिलो बैठकले बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख पौडेलले सडकलगायत भौतिक पूर्वाधारको निर्माण दीगो र गुणस्तरीय हुने बताउनुभयो । उर्लाबारी नगरपालिकाले आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने, उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने, स्थानीय पूर्वाधार विकास, स्थानीय सहभागिता जुट्ने, स्वयम्सेवक परिचालन गर्न सकिने तथा लागत कम लाग्ने, स्थानीय स्रोतसाधन र सीपको अधिकतम प्रयोग हुने, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति तथा पिछडिएका क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने, लैङ्गिक समानता र सामाजिक समावेशीकरण अभिबृद्धि हुने, दिगो विकास, वातावरणीय संरक्षण तथा सम्बद्र्धन गर्न सघाउ पु¥याउने, प्राकृतिक स्रोतको दिगो उपयोग तथा विपद व्यवस्थापन, भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिबृद्धिमा सघाउ पु¥याउने र विगतका सफल तथा अभ्यासलाई निरन्तरता दिइने नीति लिएको छ ।

यस्तै, नगरपालिकाले प्राथमिकता तथा आवश्यकताका आधारमा नीति तथा नीति अनुरुप आय व्यको अनुमान तयार गरिने, स्थानीय नीति तथा कार्यक्रमलाई राष्ट्रिय तथा प्रादेशिक नीतिसँग आबद्ध गरिने, वित्तीय संघीयता तथा स्थानीय वित्तीय स्वायत्ततालाई प्रवद्र्धन गर्न आन्तरिक परिचालन थप प्रभावकारी बनाउने, बजेटको विश्वसनीयता तथा प्रभावकारिता बढाउन स्रोत अनुमानलाई वास्तविकता बनाउनुका साथै बजेटमा संरचनात्मक सुधार गर्ने, चालु खर्चलाई वाञ्छित सीमाभित्रै राख्दै चालु र पूँजीगत खर्चलाई सन्तुलन गर्ने, लाभ लागत विश्लेषण तथा वास्तविक आवश्यकताका आधारमा पूर्वाधार आयोजना छनौट गर्ने, कार्यक्रम तथा आयोजनाको छनौटमा दोहोरोपना तथा खाडल हटाउने तथा अधुरा आयोजना सम्पन्न गर्ने, आयोजना तथा कार्यक्रम कार्यान्वयनलाई समयाबद्ध गरिने, विकास आयोजना कार्यान्वयनमा लाभग्राही तथा सरोकारवाला पक्षको साझेदारीलाई जोड दिइने, विकास प्रयासमा दिगो विकास लक्ष्यलाई आन्तरिकीकरण गर्ने, क्षेत्रगत तथा विषयगत सन्तुलन कायम गरिने, सार्वजनिक खर्चमा मीतव्ययीता अपनाइने तथा वित्तीय अनुशासन कायम गरिने, अनुगमन तथा मूल्यांकनलाई सूचकमा आधारित तथा वस्तुनिष्ठ बनाइने प्रमुख रणनीति बनाएको छ । 

कार्यक्रम सञ्चालन प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले गर्नुभएको थियो भने अर्थ तथा सार्वजनिक लेखा समितिका संयोजक चिन्तामणि पौडेलले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 


काठमाडौं - ललितपुर जेठ २गते  । पोखरा विश्वविद्यालयको सम्बन्धनमा ललितपुरको सानेपामा सञ्चालित देशकै उच्चस्तरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन भएको छ । झन्डै चार वर्षदेखि प्राचार्य पदमा रही कलेजको नेतृत्व गर्दै आउनुभएका इन्जिनियर विरोध रिजालको पदावधी सकिएपछि सोही कलेजको अनुसन्धान समितिका अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठ कलेज सञ्चालक समितिको निर्णय अनुसार प्राचार्य पदमा नियुक्त हुनुभएको हो । 

प्रा.डा. श्रेष्ठले विगत आठ महिनादेखि कलेजमा अनुसन्धानको वातावरण निर्माण गर्दै आउनुभएको कलेजबाट जानकारी प्राप्त भएको छ । एभरेष्ट इन्जिनियरिङ कलेजमा आउन अगाडि प्रा.डा. श्रेष्ठले चाँगुनारायण नगरपालिका भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेज (नेक) मा २९ वर्ष काम गरेका थिए । 


अमेरिकाबाट अध्ययन सकाई नेपाल फर्केर सन् १९९४ मा नेकमा सेवा प्रवेश गरेका प्रा.डा. श्रेष्ठ उक्त कलेजमा प्राचार्य पदमा पहिलो पटक सन् २००९ देखि २०१२ सम्म र दोस्रो पटक सन् २०१८ देखि २०२३ सम्म काम गरेका थिए । नेकमा स्वामित्व विवाद भई कलेज बन्द हुने अवस्था आएपछि २०७५ सालमा प्रा.डा. श्रेष्ठ उक्त कलेजको नेतृत्व लिई कलेज बचाएका थिए ।
 
स्नातक र स्नातकोत्तर अध्ययन अमेरिकाबाट र विद्यावारिधी जापानबाट गरेका प्रा.डा. श्रेष्ठलाई नेपाल इन्जिनियरिङ परिषद्ले प्रोफेसनल इन्जिनियर र भारतको आइओईले चार्टर्ड इन्जिनियरको उपाधि दिएको छ । हाल जल तथा मौसम विद् समाज नेपालका अध्यक्षसमेत रहेका प्रा.डा. श्रेष्ठले नेपालको जलश्रोत सदुपयोगका विभिन्न आयोजनाहरूमा प्रविधिक सेवा दिइसक्नु भएको छ ।

 देश विदेशमा कयौं अनुसन्धानात्मक सामग्रीहरू प्रकाशित गरिसक्नु भएका प्रा.डा. श्रेष्ठको नेतृत्वमा एभरेष्ट इन्जिनियरिङ कलेजले शैक्षिक तथा अनुसन्धान क्षेत्रमा कलेजलाई थप उचाईमा पुर्याउने कुरा उक्त कलेजमा प्रमुख कार्यकारी अधिकारी अरुणकुमार भण्डारीले जानकारी दिए ।


काठमाण्डेो -स्याङ्जा  जेठ १ गते । स्याङ्जाको वालिङ नगरपालिकाले दीर्घकालिन कृषि विकास योजना र रणनीति बनाउन सुरु गरेको छ । बसाईसराईको कारण गाउँको उर्वर जमिन बाँझै हुने अवस्था पुगेको भन्दै यसको रोकथामका लागि दीर्घकालिन योजना बनाउन सुरु गरेको नगर प्रमुख कृष्ण खांणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“गाउँगाउँमा रहेको उर्वर भूमी बसाईसराइका कारण बाँझो हुने अवस्थामा पुगेको छ ।” कुन ठाउँमा कुन खेती गर्न सकिन्छ भन्ने स्पष्ट जानकारी नागरिकलाई दिन सके बसाईसराई रोकिने उहाँको भनाई छ । 

प्रमुख खांणले मेहनत गरे अनुसारको उत्पादन नहुँदा कृषक पेशाबाटै पलायन हुने अवस्था आएको बताउनु भयो । गाउँको बाँझो जमिनको सदुपयोग गर्न रणनीति अति आवश्यक परेको उहाँको बुझाई छ । कुन ठाउँमा के खेती गर्न आवश्यक छ भन्ने स्पष्ट खाका बनाउनु नगरपालिकाको योजना रहेको प्रमुख खांणले बताउनु भयो । 

वालिङ नगरपालिकाले हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा दीर्घकालिन कृषि विकास योजना तथा रणनीति बनाउन लागिएको नगरप्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष पदमराज गुरुङले जानकारी दिनु भयो । 

१४ वटा वडा रहेको वालिङमा सबै वडाको वस्तुस्थिती सहित रणनीति तयार हुने हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो । वालिङ कृषि विकास परियोजनाको सम्झौता अनुसार हेफरको आर्थिक तथा प्राविधिक सहयोगमा रणनीति तयार गर्न लागिएको उहाँको भनाई छ । 

छलफलमा डाक्टर रामचन्द्र बस्ताकोटी,डाक्टर अम्मर शाह,नगेन्द्र बस्ताकोटी,अस्मिता नेपाल लगायतले कृषि विकास रणीनितको आवश्यक्ता र महत्वका बारेमा जानकारी गराउनु भएको थियो । 

कृषि विकास योजना र रणनीति निर्माण पश्चात पालिकाले कृषि र पशुपालनमा योजना बनाउन र काम गर्न सहज हुने विज्ञ डाक्टर रामचन्द्र बस्ताकोटीको भनाई छ । उहाँले भन्नुभयो,“काम गर्छु भन्ने कृषकलाई कुन ठाउँमा के काम गर्ने भन्ने स्पष्ट जानकारी दिन रणनीति आवश्यक छ ।”


बिराटनगर बैशाख ३१ गते ।

ताराबहादुर बुढाथोकी, विषय प्रवेश 

“नेपाल हामे कति छ राम्रो संस्कृति पवित्र । लुकेको स्वर्ग समुच्च जाति यसमा छन् विचित्र ।”

–महाकवि देवकोटा,

पाङ्मा गाउँ त्यहीलुकेको स्वर्ग हो र लोहोरुङ जाति त्यही समुच्च जातिभित्रको एउटा जाति । राष्ट्र भनेको यिन जीवन सल्बलाउने गाउँ र सभ्यता बोकेको जातिको समष्टि नै त हो । पङ्मा गाउँ र लाहोरुङ जाति राष्ट्र हो । पाङ्मा  लोहोरुङ भाषा, कला, संस्कृतिको उद्गम हो, सभ्यताको केन्द्र हो  । अरुण नदीको किनारमा रहेको सुशान्त नगरी खाँदबारी बजार नजिकै उत्तरतर्फ रहेको मौलिक गाउँ हो । गैरी पाङ्मा, डाँडा पाङ्मा, लोके पाङ्मा र सुनार पाङ्मा गरी चारपाङ्मालाई एकै ठाउँ समायोजन गरेर पाङ्मा बनेको हो ।सुनार पाङ्मा नाम चाहिं बेतबाँसका डाला नाङ्ला बुनेर जीवको पार्जन गर्ने सुवुवार थरका किराँतीको वासस्थान भएकोले रहन गएको हो । सुनार पाङ्मा नाम रहे पनि यसको आधारभूमिमा खोरण्डे गाउँ पर्छ र खोरण्डेमा लोहोरुङ राईहरुको बस्ती छ । पञ्चायत कालमा पाङ्मा छुट्टै गाउँ पञ्चायत नै थियो । दिदिङ, धुपू र खाँदबारी नगरपालिकाको वडा नं. ४ पाङमा र वडा नं.१ आङ्लामा लोहोरुङहरुको पहिचान सहितको बस्ती छ ।यहाँ बोलिने लोहोरुङ भाषा, यहाँकै मौलिक उत्पादन सरुवा – पेय ), वाचिपा, छिटको कपडाका लागि पाङ्मा क्षेत्र सभ्यताको केन्द्र हो भनिएको हो ।

लोहोरुङ भाषा :-

पाङ्मालाई सभ्यताको केन्द्र मान्ने पहिलो आधार भाषा हो ।नेपालमा भाषा आयोगले दर्ज गरेका भाषाहरुमा भोटखोलाको  भोटे भाषा, मकालुको याम्फू भाषा र खाँदबारी नगर, सभापोखरी र चिचिला गाउँपालिका प्रयोग हुने लोहोरुङ राईको भाषा सङ्खुवासभाको मात्र सम्पदा हो । १९५० सालको जाँचभन्दा अघिदेखि खाँदबारी क्षेत्रको जिम्मावाल भई कारबारी, थरी, मुखिया र रैती राखेर पाङ्मामा बसेका लोहोरुङको पुख्र्यौली निकै पुरानो छ । लोहोरुङ भाषामात्र बोलेर जीवन निर्वाह गर्ने एउटा पुस्ता  अझै बस्तीमा लौरो टेकेर हिन्दैछ । मासाप्टेन अर्थात् आमागाउँ भनेर लोहोरुङ भाषाले सम्मान गर्ने गाउँ भनेकै पाङ्मा हो । लोहोरुङ भाषामा अनेक लोक कथा, किस्सा, लोकगीत अद्यापि सुन्न पाइन्छ । लोहोरुङ भाषा भाषिक मृत्युको शिकार भएको छैन । आजको पुस्ताले लोहोरुङ भाषाको पाठ्यक्रम र पाठ्यपुस्तक बनाएका छन् । भर्खरै दिदिङमा २००४ सालमा जन्मेका हेमप्रसाद देरेङ लाम्सोङ लोहोरुङले  लोहोरुङ भाषामा लेखेको “देरेङ लाम्सोङ वंशावली तथा लाम्सोङ संस्कार संस्कृति” नामक पुस्तक प्रकासन भएको छ । यसबाट लोहोरुङ भाषा समृद्ध भाषा हो भन्ने प्रमाणित गर्दछ । भाषाका अन्वेषकहरको लागिपाङ्मा गाउँ भाषिक पर्यटनको गन्तव्य हो ।.......

पाङ्माली सरुवा :-

स्थानीय मौलिक प्रविधिमा तयार हुने ‘ सरुवा’ नामको पेय पाङ्मा गाउँलाई सभ्यताको केन्द्र मान्न सकिने अर्को आधार हो । दुई दशक अघि पाख्रिबासे कान्छोले लेखेका“ अलैंची अललो पाँचौंले यार्चा, चैनुरे करुवा  खानेभा आउनुस् सङ्खुवासभा पाङ्माली सरुवा ” शव्दको गीतमा गायक उमाङ्ग लामाले आवाज दिए । पछिल्ला बर्षहरुमा आधादर्जन गीत सरुवाका प्रसङ्ग जोडेर गाइए । गीत जहिले गाएको भए पनि धमिलो पानी जस्तो देखिने विशेष स्वादको मदिरा यहाँ सय बर्ष अघि नै आविस्कार भएको हो ।शुद्ध कोदोको जाँडबाट बन्ने अनुपम स्वादले रमाए पनि सरुवाको विशेष प्रविधि बारे पाङ्माली किराँतिनीहरु बाहेक दुनियाँ बेखबर थियो । दुई दशक अघि पङ्तिकारको गीतबाट प्रचार पाएपछि अन्यले सिके भने त्यो प्रविधि हस्तान्तरणको नतीजा मात्र हो । अझै पनि २४ क्यारेटको सरुवा पाङ्मा गाउँमा मात्र पाइन्छ अन्त त साइँली माइलीमात्र हो  भनी सरुवाका पारखीहरु कुरा गर्छन् । यहाँका सुम्निमाहरुको हातले बनाएको र पस्केको सरुवा त अप्साराले पस्किएको सुरापान जस्तै हुन्छ, सरुवाको हक पाङ्मा सभ्यतालाई मात्र छ । यसरी सरुवा र पाङ्मा गाउँ  पर्यायबाची बनेका छन् । सिलिचाङका कुलुङ समुदायको विशेष खाद्य मानिने कुखुराको भुत्ला,पखेटा पोलेर बनेको वाचिपा पनि पाङ्मा पसेर सरुवाको जोडी बन्न पुगेको हो ।

छिटको फरिया :-

सभ्यताको केन्द्र मान्नुपर्ने तेश्रो आधार “छिटको फरिया” हो । २०३० सालसम्म बारमा देशी कपडा नआउञ्जेल पाङ्माली राइनीहरुले चर्खामा धागो कातेर तानमा बुनेको खाँडीको कपडा प्रयोग गरिन्थ्यो । चौहत्ती गजको सेतो खाँडीको कपडामा छिप्ने काठ राखेर पाङ्मा÷ चिप्लेगाउँ नेवारहरुले छिप्थे । चाल्नोजस्तो सामग्रीमाथिबाट कालो रङ चुवाएपछि कालोले नभेटेको भागामा सेतो छिटा बस्थ्यो । कसैले यसलाई छिपेको कपडा भने, कसैले छिटेको कपडा । दुईटै शुद्ध थियो । अपभ्रंश भएर छिटको फरिया भनिन थालियो । किराँतिनीहरुको शरीरमा छिटको फरिया र धुपछायाँको चौवन्दी चोलो हुन्थ्यो । लिम्बू समुदायबाट ढाकाको खास्टो, कपडा भित्रियो । ब्रिटिस गोर्खा र भारतका गोर्खाली फौजमा भर्ती भएका लाहुरेहरुले २०३० सालतिर गाउँका चेलीबेटीलाई लुङ्गी र चप्पल ल्याईदिए । एउटा लोक गीत त्यतिबेला गाइन्थ्यो–“ ए लै लै ! कालो कपालले .. संसारै ढाक्यो हौ लुङ्गी चप्पलले ।” गहुन, नैनसुत, घरेलु, नाइल, फाइबर हुँदै सिँगापुरे सारीमा नारीहरु छोपिन थाले पनि किराँत महिला आज पनि छिटको फरियालाई बडो गर्वका साथ आप्mनो पहिचानको प्रतीक मानेर पहिरन्छन् । यद्यपि खाँडीको कपडा भने लोहोरुङ बाहेक सबै किराँत महिलाले बुन्थे । प्रारंभमा किराँत महिलाको महान हस्तकला थियो खाँडी । पूर्वतिर अरु जातिले खाँडीको कपडा बुनेको सुनिएन ।

साकेलाः-

रेवाहाङ राजा, चण्डी नाच र साकेला खासगरी पाङ्माली लोहोरुङको सांस्कृतिक विम्ब हो । प्रत्येक उँधौली र उँभौलीमा चार पाङ्माका लोहोरुङहरु “सै ढोले खोइ अर्को ढोले खोइ ? ” भन्दै ढोल– भ्mयाम्टा सहित विभिन्न बाजागाजाका साथ चण्डी नाच नाच्दै खाँदबारी बजारै बजार ढोलबाजे जान्छन् । ढोल बजाउने मान्छे बुडो देखेर व्यक्तिको नाम ढोलबाजे भन्दै जाँदा बाजे मरेपछि ठाउँको नाम ढोलबाजे बन्न पुग्यो । राणाको सुचना जनाउन ढोल बजाउने गरी नियुक्त भएको नेवार हो पनि भन्छन् । तर.. सोइ ढोले सोइ अर्को ढोले खोइ ...भन्दै ढोलबाजे डाँडातिर लोहोरुङ झरेका देख्दा एउटा ढोले ढोलबाजेमा भएको र अर्को ढोले चाहिँ हराएकोले उनै बाजेलाई अर्को ढोले खोई ? भनेर साध्दै झरेका हुन् कि भन्ने अनुमान पनि गर्न सकिन्छ । पूर्वजहरुका अनुसार ढोलबाजे डाँडामा एक प्रतापी, परोपकारी किराँत राजा थिए । रोग, महामारी, दुःख कष्टमा कसैले सम्झनासाथ तान्त्रिक शक्तिले उनी पीडामा मल्हम लगाउन पुग्थे । उनैलाई रेवाहाङ भन्थे भनेर आज पनि रेवाहाङको पवित्रस्थान बनाएका छन् ।अरुण नदी देखिने गरी डाँडामा बनाएका रेवाहङकोभव्य पूजागर्छन् ।

ढाँडे बजार :-

अनि यी जम्मै सभ्यताको केन्द्र चाहिँ ढाँणे बजार हो । ढाँणे देवीको काखमालाग्ने भएकाले ढाँणे बजार भनिन्छ । मङसिरे पूर्णेको पर्सिपल्ट  र बैसाखेपूर्णेको भोलिपल्ट सकेसम्म मङ्गलबार पारेर लाग्ने मेला बर्षमा दुइपल्ट लाग्दछ । मङ्सिरे पूर्णे भगीवन्त रङशाला र ढाँणेदेवीको थान बिचको जग्गामा लाग्दछ । 

बैशाके पूर्णेमा लाग्ने ढाँणे जो आज लाग्यो , त्यो फेक्मालुङ् मास्तिर र चिसापानी मुन्तिरको खेतमा लाग्दछ । फेक्मालुङ भनेको लोहोरुङ जातिकै हराएकी फूपू रुपान्तरि भएको ठूलो ढुङ्गा हो । मेलामा पसेपछिँ लोहोरुङ भाषा बोलेको सुन्न पाइन्छ । पाङ्माली चौबिस क्यारेटको सरुवा खान पाइन्छ । सोइढोले सोइ भन्दै दुबै हातमा सेउली बोकेर साकेला नाचेको हेर्न पाइन्छ । छिटका फरिया र गहनाले झकिझकाउ पाङ्माली नारीहरुको अपूर्व मुस्कान देख्न पाइन्छ । वाचिपाको स्वाद र सन्तुष्टि पाइन्छ । 

ढोल, झ्याम्टाबजेको सुन्न पाइन्छ । आज एउटा फरक कुरा देख्न र सुन्न पाइयो ।पांमाली जिम्मावाल भगीवन्तका सन्ततिगीतकार वीरेस राईको शव्द र पाङ्मामै कपडा छिट्ने मेसिन लिएर आएका नेवारका सन्तान सूर्यनारायणश्रेष्ठकोआवज विमोचन भयो । बुलु मुकारुङको सङ्गीतमा । गायक सुनित थेगिम, उमाङ्ग लामा, नवीन दाहालका गीतहरुले उचाले । ताराबहादुर बुढाथोकी,सनम थापा, तारा घिमिरे, पुरुषेत्तम पाख्रेल,राम गुरुङ्का कविताहरु गुञ्जिए । एउटा सशक्त नारी आवाज सूर्य कोरङ्गीका भाषण गुन्जियो । यसरी ढाँणे बजार प्राचीन र आधुनिक संस्कृतिको सम्वाहक बन्यो । सांङगीतिक र शाब्दिक अभिव्यक्तिको शिखर मेला बन्न पुग्यो ।

झण्डै पाँच हजार मानिसहरु मेलामा रमाएको अनुमान गर्न सकिन्छ । खाँदबारी नगरपालिकाका सबै वडाबाट, चिचिला ,मकालु , सभापोखरी र सिलिचोङ् गाउँपालिकाबाट मेला भर्न आउँछन् । आदिबासी जनजातिका महिलाहरु मौलिक जातीय भेषभूषामा आउँछन् । लेकमा फल्ने काफल, ऐंसेलु, जम्मू जस्ता फलहरु सोलीमा बेच्न राखिन्छ । विभिन्न प्रकारका जङ्गली च्याउहरु, कठुवामा राखेका मदिराको राम्रो व्यापार हुन्छ । स्थानीय उत्पादनका विभिन्न सामग्रीको वबजार पनि हो  । परम्परागत स्याउले अस्थायी छाप्री र चित्रा ओडाएको गोठहरुका मुनि बसेर खिस्रिङमिश्रिङ र चियानास्ताको ब्यापार गर्ने मानिसहरु व्यस्त देखिन्छन् । झुम्के बुलाकी लगाएका अध्बैंसे किराँत महिलाको स्वरमा रन्किने हाक्पारे र गोठालेको रन्कोदेखि उफरमा रन्किने रिमिक्स सम्मको आस्वादन गर्न पाइन्छ । साँच्चै भन्नु पर्दा गाउँ र बजारको मिश्रित अनुहार हो–पाङ्माली ढाँडे मेला । ढाँडे मेलामा आयोजित विशेष कार्यक्रममा स्थानीय लोहोरुङ स्रष्टाको शब्दमा स्थानीय नेवारले स्वर दिएको गीत बिमोचन हुँदा कार्यक्रम पनि पाङ्माली राईनीले बुनेको खाँडीमा नोवरले छिपेको छिटको फरिया जस्तै सुन्दर हुन गयो ।

गीतकारः-

लामो समय सुन्दर दुलारीको गछियामा बसेर पुख्र्यौली थालो पाङ्मामा फर्किएर आएका वीरेस राई गाउँलाई दिन आए झंैं लागछ । उनले आफ्नो पुर्खाको ठूलो खेत पुर्खाकै नामको “भगीवन्त”रङ्गशाला बनाउन दान दिएका छन् । उत्तरी मोरङको बसाइले साहित्यतर्फ कलम चलाउने बानी पारेका वीरेस राई मूलत ः गजलकार हुन् । मानेभञ्ज्याङ्बाट माल्टा गाउँ जाने बाटोमुनि सुन्ताला बगान स्याहारेर बस्ने राईका गजलहरु पनि पाकेका सुन्ताला जस्तै रसिला हुन्छन् । उनी सङ्खुवासभा साहित्यक समाजका अध्यक्ष हुन् । आप्mनै सम्पादनमा लाली गुराँस भित्तेपत्रिका प्रकाशन गर्छन् । आपूm थोरै लेख्छन् तर अरुलाई सँगै लिएर यात्रा गर्न रुचाउँछन् । उनकै शब्दमा लेखिएको एउटा लोक गीत उनकै समितिका सचिव सूर्य नारायण श्रेष्ठको आवाजमा रेकर्ड गराएका छन् । नेपाली लोकगीतका महारथी बुलु मुकारुङको सङ्गीतमा रेकर्डेड उक्त लोकगीत आज ढाँडे बजारमा बिमोचन भएको हो । पङ्तिकारले प्रमुख अतिथिको आसनबाट उठेर कवि वीरेस राईको सभापतित्वमा  गीतको बिमोचन गर्दा हजारौं नरनारीहरु खुसीले रमाए ।

लिरिक्स अर्थात गीतका शव्द :-

“मेरी माया भोजपुरमा छिन् अरुण खोला पारि ...

यो शनिबार आउँदै छिन्  मलाई भेट्न खाँदबारी हे...”  स्थायीले सङ्खुवासभा जिल्ला र भोजपुर जिल्लाको निकटम् छिमेकी सम्बन्धलाई  प्रेमिल बनाइएको छ । सनातनदेखि जीवन र जगतलाई सितलता र प्राण दिँदै दुई जिल्लाको बिचमा बग्दै रहेको अरुणको नाम यस अघि लोकगीतमा कमै सुनिएको हो । अरुण नदीलाई ग्राम्य भाषामा अरुण खोला भनेर लोकगीतको धर्म निर्वाह गरेको छ । नेपाली जनजीवन यही त हो खोला वारिपारि, डाँडा वारिपारि । माया लगाएपछि भेट्न आउने आतुरतालाई पनि गीतले मिठो गरी सम्बोधन गरेको छ । खाँदबारीमा शनिबारे हाट लाग्ने, हाट भर्न षडानन्द नगरपालिका र साल्पा सिलिछो गाउँपालिकाबाट मान्छेहरु आउने चलनलाई पनि समेटेको छ । हाट भनेको भेटघाट पनि हो, त्यसमा पनि नेपाली ग्रामीण जनजीवनमा ।धेरै भयो उनीसँग मेरो भेटघाट भाछैन, फेरि भेटघाट नभएर खुसखबरी थाहा छैन । भेट होस् न त्यसपछि त हल्लाइन्छ खाँदबारी... जस्ता शव्दभित्रमायाप्रीतिमा हुने असीम शक्ति र आकर्षण अन्तरनिहित छ ।

गायकः-

गायक सूर्य नारायण पाङ्मा गाउँ सिरानमा बसोबास गर्ने नेवार हुन् । पाङ्माली किराँतिनी हरुको माहन हस्तकला खाँडी कपडा छिप्ने कला लिएर यस क्षेत्रमा बस्दै आएको जाति हो –नेवार । छिटको फरिया उत्पादन संस्कृतिको साइनो विगतमा जोडिएका नेवारलाई यहाँका लोहोरुङले आज पनि माया गर्छन् । सूर्यनारायण श्रेष्ठ आज गाएक बन्नुको पछाडि यही साइनो छ । गायक श्रेष्ठ आफैमा चर्चित गायक होइनन् । उनी सिर्जनालाई माया गर्छन्, सर्जकहरुसँग प्रेम गर्छन् अनि केही नयाँ रचना गर्ने रहर गर्छन् । उनको स्वरमा सारेगमको अभ्यास छैन । तान, अनुतान,सुर र स्वरको तालमेल बलियो नभए पनि स्थानीय समुदायमा भ्mयाउरे र हाक्पारे गीत राम्ररी गाउने मान्छे हुन् । रहरमै भए पनि गीत मिठो सुनिने गरी गाएका छन् , सबै अन्तारामा आयामिक सफलता नपाइए पनि स्थायीलाई तीनवटै चरणमा उनको स्वरले  न्याय गरेको छ । उमेरले ६० को दशकमा प्रवेश गर्दै गर्दा गीतप्रतिको अभिरुचि र समर्पणले प्रसव धकका दिँदा कलामा यो तहको प्रयास गर्नु योगदान नै मान्नु पर्छ ।

सङ्गीतकार -

रौता पोखरी र चौदण्डी गढीको ऐतिहासिक र सांस्कृतिक महत्वले चिनिएको उदयपुर जिल्लामा बसोबास गर्ने बुलु मुकारुङ साँझसम्म सित नओभाएका पाखामा फुलेका सुनाखरी हुन् । राजनीतिक दलको भागवण्डामा नपरेका उनी पुरस्कार र सम्मानित पदबाट ओझेल छन् । पाँच दशकभन्दा बढी समय नेपाली गीत र सङ्गीतमा साधनारत मुकारुङका लोकगीतको अनुशीलन लगायत अनेक कृति छन् । मकालु साहित्य समाजले मकालु प्लाटिनम जुविलीमा निम्ता गरेर सङ्खुवासभा साहित्यिक समाजको व्यवस्थापनमा  ः“ मकालु प्लाटिनम पुरस्कार ः २०८१”ले नगद सहित सम्मानित गरेको छ । लोकजीवनका मर्मलाई छामेर गीतको समीक्षा गर्ने उस्ताद सङ्गीतकार बुलु मुकारुङले यो गीतमा कोइलीको आवाजसहित जीवनत सङ्गीत दिएका छन् । गीत इफेल धरहरामा उकलेर सुने पनि ढाँडेभिरको थाप्लोको हरेलो काफलडाँडामा बसेर सुनेको अनुभुति दिन्छ ।

सारांश :-

दक्षिण एशियाली साहित्यिक सांस्कृतिक सङ्गठनको अध्यक्षको हैसियतमा पङ्तिकारलाई प्रमुख अतिथिको सम्मान दिएको विमोचन कार्यक्रम सांस्कृतिक केन्द्र नै हो । गायिका सुनिता थेगिम, गायकहरु उमाङ् लामा, नवीन दाहाल,  केशवलाल शाक्यको गीतले माहौलमा रौनक थप्यो । कवि राम गुरुङ आशिक, सनम थापा, तारा घिमिरे, पुरुषोत्तम पोख्रेल लगायताका कविताले व्युँझायो जन समुदायलाई । तेलले भिजेको बाँसको टुप्पामा राखेको ‘भले छुने खेल ’ र ‘तीर हान्ने खेल’ भने यो बर्षसञ्चालन भएन । जनप्रतिनिधि, सुरक्षकर्मी र समाजसेवीहरुको पनि समावेशिता रहेको सफल कार्यक्रम आयोजना गरेर लोहोरुङ क्लब र सङ्खुवासभा साहित्यिक समाजल ढाँणे  मेलाको गरिमामा एउटा इँटा थपेको छ । लोहोरुङ किराँतको बस्तीको  पाङ्मा गाउँ हामे स्टे सञ्चालन गर्न सके पर्यटन गन्तव्य बन्ने छ । राती बिजुली बत्तीमा पाङ्माबाट हेर्दा खाँदबारी सिक्किम जस्तो र खाँदबारीबाट हेर्दा सेकाहा र पाङ्मा गाउँ दार्जिलिङ जस्तो देखिन्छ । जस्ते देखिन्छ त्यस्तै बनाउन सके !


विराटनगर बैशाख ३० गते । विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।

विराटनगरस्थित श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पनि सडक सौन्दर्यकरणका लागि पहिलो चरणमा ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि ख वर्गका वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुरुप इन्भेष्टमेन्ट एण्ड फाइनान्सले पहिलो चरणमा ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

मंगलबार महानगरका मेयर नागेश कोइरालालाई इन्भेष्टमेन्ट एण्ड फाइनान्सका शाखा प्रमुख हरिबहादर श्रेष्ठ र अप्रेसन इन्चार्ज मुकेश दाहालले ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल र सौन्दर्यकरण परियोजनाका लागि महानगरका तर्फबाट सहजीकरण गरिरहेका सरसफाई शाखा प्रमुख पुनमकुमार दाहालको समेत उपस्थितिमा इन्भेष्टमेन्ट एण्ड फाइनान्स चेक हस्तान्तरण गरेको थियो । 

बाँकी रकम दोस्रो चरणमा उपलब्ध गराइने शाखा प्रमुख श्रेष्ठले बताउनुभयो । महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना अगाडि बढाएको छ । सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

इन्भेष्टमेन्ट एण्ड फाइनान्ससहित १९ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ३३ लाख रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसवीआई बैंक, हिमालयन बैंक, नविल बैंक, लक्ष्मी सनराइज, सिटिजन बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, एभरेष्ट बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका थिए ।

महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पु¥याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य अन्तिमचरणमा पुगेको छ । बरगाछी–रानी सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये सबैमा तारजाली लगाइसकिएको छ । अब केही डिभाइडरमा मात्रै फूल रोप्न बाँधी छ । यसअघि रोपेका फूल र विरुवाका कारण विराटनगर सुन्दर देखिएको छ ।

महानगरका मेयर नागेश कोइरालाले विराटनगरको विराटनगरको समग्र विकासमा सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । बैंक तथा वित्तीय संस्थाहरूको उत्साहजनक सहभागिताले सडक सौन्दर्यकरणले मूर्त रुप लिएको मेयर कोइरालाको भनाइ थियो । महानगरले सौन्दर्यकरण जस्तै अन्य परियोजना पनि सञ्चालन गर्ने योजना बनाइरहेको मेयर कोइरालाले बताउनुभयो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.