Websoft University

इन्डष्ट्रिज ऐकेडेमिया अन्तरसम्वन्ध विकासमा उद्योग संगठन र डिग्री क्याम्पस विराटनगर वीच सहकार्य


बिराटनगर २०८२ जेष्ठ ५ गते | उद्योग र शैक्षिक क्षेत्र वीच सहकार्यको माध्यमबाट आर्थिक विकाससंग सम्वन्धीत विविध विषयहरुमा अध्ययन अनुसन्धान गरी यस क्षेत्रको समग्र औद्योगिक विकासमा थप टेवा पु¥याउने अभिप्रायका साथ उद्योग संगठन मोरङ र डिग्री क्याम्पस विराटनगर वीच समझादारी भएको छ ।

डिग्री क्याम्पसमा आज आयोजित कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले आर्थिक एवं औद्योगिक क्षेत्रको दीगो विकास, लगानीमैत्री नीति निर्माण, वर्तमान कानुनहरुको समय सापेक्ष परिवर्तनमा शैक्षिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने वताउदै नीति विश्लेषण, दक्ष जनशक्ती उत्पादन र समग्र अर्थतन्त्रसंग सम्वन्धित अध्ययन अनुसन्धानमा उद्योग र शैक्षिक क्षेत्र वीच सहकार्य हुनुपर्ने आवश्यकता औल्याए ।

उनले आर्थिक एवं औद्योगिक क्षेत्रमा आधारित अध्ययन अनुसन्धान र औद्योगिक ईकोसिस्टम विकासले मात्र अर्थतन्त्रको दीगो विकासमा सहयोग पुग्ने उल्लेख गर्दै शैक्षिक क्षेत्रले नीजि क्षेत्रसंग हातेमालो गर्नुपर्नेमा जोड दिए ।

डिग्री क्याम्पस विराटनगरका प्रमुख ढक वहादुर मगरले आर्थिक एवं औद्योगिक क्षेत्रसंग सम्वन्धीत अध्ययन, अनुसन्धान र औद्योगिक विषयको शोध कार्यमा सहजिकरण गर्न डिग्री क्याम्पस सदैव अग्रसर रहेको वताउदै शैक्षिक एवं औद्योगिक कृयाकलापहरुमा नीजि क्षेत्रसंग सहकार्य गर्न डिग्री क्याम्पस विराटनगर इच्छुक रहेको धारणा राखे ।

संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले उच्च शिक्षा अध्ययन अध्यापनमा कोशी प्रदेशको अग्रणी शैक्षिक संस्था डिग्री क्याम्पस विराटनगरसंगको सहकार्यमा गरिने गतिविधिले ईण्डट्रिज एकेडेमिया लिंकेज आवश्यकतालाई थप उजागर गर्ने स्पष्ट पारे ।  

सोही अवसरमा उद्योग संगठन मोरङले डिग्री क्याम्पसको ग्राउण्ड परिसरमा विराट एक्स्पो प्रयोजनका लागि निर्माण गरेको संरचना डिग्री क्याम्पस विराटनगरका प्रमुखलाई हस्तान्तरण गरेको छ ।

शैक्षिक संस्था र नीजि क्ष्ँेत्रको साझेदारी अन्तर्गत उद्योग संगठन मोरङले निर्माण गरेको संरचनाले क्याम्पसको पूर्वाधार विकासमा थप टेवा पु¥याउने संगठनले विश्वास व्यक्त गरेको छ ।

 कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं.१४ का अध्यक्ष सुर्य नारायण महतो, संगठनका निवर्तमान अध्यक्ष, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, डिग्री क्याम्पस विराटनगरका प्राध्यापकहरुको उपस्थिती रहेको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.