Websoft University

शैक्षिक गुणस्तर सुधारमा महानगरको अग्रसरता-सामुदायिक विद्यालयका प्रअसित महानगरको कार्यसम्पादन सम्झौता


विराटनगर  | विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर वृद्धि गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले प्रधानाध्यापकहरूसित कार्यसम्पादन करार सम्झौता गरेको छ ।

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा सोमबार भएको कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसित कार्यसम्पादन  सम्झौता गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामुदायिक विद्यालयप्रति पछिल्लो समय अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले करार सम्झौतापछि महानगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । शैक्षिक गुणस्तर वृद्धिका लागि महानगरले जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै मेयर कोइरालाले गुणस्तर वृद्धिका लागि प्रअहरूले सक्रियता बढाउँदै प्रभावकारी भूमिका गर्नुपर्नेमा जोड दिनुभयो ।

महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिण गुणस्तरसँगै भौतिक, प्रशासनिक, व्यवस्थापकीय सुधारका लागि सम्झौता गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । महानगर र प्रअहरूबीच ४२ बुँदे सम्झौता भएको छ । 

जसमा कक्षा ५, ८ र १० को औषध जीपीए ३ भन्दा माथि पु¥याउने, विद्यालयमा सबै कक्षा, तह र विषयको पाठ्यक्रम, शिक्षक निर्देशिकाको प्रबन्ध गर्ने, सबै कक्षामा शिक्षक लकबुकको राखी प्रयोग गर्ने, महानगरले तयार पारेको शैक्षिक कार्यपात्रोको पूर्ण कार्यान्वयन गर्ने, प्रअ र शिक्षकहरूबीच कार्यसम्पादन करार सम्झौता गर्ने, विद्यालयको वार्षिक बजेट स्वीकृत गरी कार्यान्वयन गर्ने , वर्षको कम्तिमा दुईपटक अभिभावक भेला गर्ने, खेल्दै सिक्दै कार्यक्रम पूर्ण कार्यान्वयन गर्नेलगायत सम्झौता उल्लेख छ ।

सम्झौतापत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत पराजुली र सामुदायिक विद्यालयका प्रअहरूले हस्ताक्षर गरेका थिए । सो अवसरमा आधारभूत तह कक्षा १–५ को प्रअका तर्फबाट संजीव घिमिरे, आधारभूत तह कक्षा ६–८ का तर्फबाट राजेश यादव र मावि तहका तर्फबाट खेमराज भट्टराईले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

महानगर क्षेत्रभित्र ५६ वटा सामुदायिक विद्यालयहरू सञ्चालनमा रहेको शैक्षिक प्रशासन महाशाखाका संयोजक कृष्ण भट्टराईले जानकारी दिनुभयो । ती विद्यालयमा करिब ३० हजार विद्यार्थी अध्ययनरत छन् । अनुगमनका क्रममा पछिल्लो समय धेरै सामुदायिक विद्यालयले शैक्षिक र भौतिक सुधारका पक्षमा उल्लेखनीय प्रगति भएको संयोजक भट्टराईले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.