Websoft University

महानगरद्वारा सफाइकर्मीका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना


विराटनगर |  विराटनगर महानगरपालिकाले सफाइकर्मीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ । महानगरमा कार्यरत सफाइकर्मीको निःशुल्क स्वास्थ्य परीक्षणका साथै औषधिसमेत वितरण गरिएको छ ।


कार्यक्रमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उहाँले उच्च रक्तचापको परीक्षण गरेर शिविरको उद्घाटन गर्नुभएको थियो । नेपाल डेब्लोप्मेन्ट सोसाईटीसँग महानगरले सहकार्य गरेर स्वास्थ्य शिविर र अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । महानगरपालिकाले सरसफाईकर्मीको स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य अभिमुखीकरण कार्यक्रमसमेत आयोजना गरेको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलिप यादवले जानकारी दिनुभयो । महानगरमा कार्यरत ३ सय सफाई मजदुरको स्वास्थ्य परीक्षणका साथै अभिमुखीकरण गरिने उहाँले बताउनुभयो ।

यादवका अनुसार दैनिक सरसफाईमा खटिने मजदुरहरुको स्वास्थ्यमा कुनै समस्या रहे नरहेको भन्ने यकिन गर्नसमेत स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा मुख्य गरी छाला, श्वासप्रश्वास, आँखा जाँचलाई प्राथमिकतामा राखिएको छ । एचआईभी, हेपटाईटिस वि, हेपटाईटिस सि, टिवरक्लोसिस, सुगरलगायतको विशेष जाँच भइरहेको नेपाल डेब्लोप्मेन्ट सोसाईटी सोलिड हेल्थकी प्रोजेक्ट डाईरेक्टर गीता साहले जानकारी दिनुभयो । शिविरबाट बढीभन्दा बढी लाभ लिन साहले आग्रहसमेत गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.