Websoft University

वातावरणलाई सन्तुलनमा राख्न हामी सबैको दायित्व - मुख्यमन्त्री कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वातावरणलाई सन्तुलनमा राख्न हामी सबैको दायित्व भएको बताउनु भएको छ । वातावरण जीवन चक्रको विषय भएको र यसले हाम्रो स्वास्थ्य र जीवनको गति निर्धारण गर्ने उहाँले बताउनुभयो । विश्व वातावरण दिवसको अवसरमा मुख्यमन्त्री कार्कीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा वातावरण संरक्षणमा कोशी प्रदेश सचेत रहेको उल्लेख गर्नु भएको छ । 

पर्यटन, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षणका कामलाई प्रभावकारी रुपमा अघि बढाइरहेको भन्दै उहाँले वन ऐन, वातावरण ऐन तथा नियमावालीहरु निमार्ण भइ कार्यान्वयनमा आइ सकेको समेत जानकारी दिनुभएको छ । उहाँले आगामी आर्थिक वर्षमा वातावरण संरक्षण कार्यक्रम, अनुसन्धान र जलवायु अनुकुलनमा आधारित विकासजस्ता योजना तथा कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीको सन्देशमा नेपालले पछिल्लो समय मरुभूमिकरणको समेत सामना गर्नु परिरहेको छ भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।  

विश्व वातावरण दिवसले वातावरण संरक्षण र संवधनमा थप जिम्मेवार बनाउने बिश्वास उहाँले व्यक्त गर्नुभएको छ । वातावरण संरक्षण, वनजंगल व्यवस्थापन र जलवायु परिवर्तन न्यूनीकरणका लागि प्रदेश सरकारले योजना र कार्यक्रमहरू बनाएको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ । मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘ वातावरण संरक्षणको महत्व र यसको लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’ 

हरेक नागरिकलाई वातावरणीय समस्याप्रति चासो विकसित गर्न र समाधान खोज्न उहाँले आह्वान गर्नुभएको छ । उहाँले भन्नुभयो,‘ एक जना व्यक्तिको वातावरण संरक्षणमा गरेको सानो कार्यले विश्व समुदायमा ठूलो योगदान पुर्याउन सक्छ ।’ कोशी प्रदेश सरकारको वातावरणप्रतिको चिन्ता र प्रतिबद्धता प्रतिबिम्बित गर्ने उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । वातावरण दिवसले नागरिकहरूलाई पनि यस विषयमा सक्रिय हुन प्रेरित गर्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो । यो वर्ष हाम्रो भूमि हाम्रो  भबिश्ञ भन्ने नाराका साथ दिवस मनाइदै छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.