Websoft University

प्राविधिक जनशक्तिलाई दक्ष्ँता अभिवृद्धि तालिम संचालन


बिराटनगर | २०८१ जेष्ठ २३ गते | उद्योग संगठन मोरङ अन्तर्गत रहेको सीप विकास कार्यक्रमले औद्योगिक क्षेत्रमा कार्यरत प्राविधिकहरुको दक्ष्ँता अभिवृद्धि गर्ने उद्देश्यका साथ अरिहन्त मल्टिफाईवर्स लिमिटेडमा कार्यरत प्राविधिकहरुका लागि जुट स्पिनिङ र जुट विभर सम्वन्धी तालिम सम्पन्न गरेको छ ।

तालिमको समापनमा प्रमाण पत्र प्रदान गर्दै संगठनका कोषाध्यक्ष्ँ सुवोध कोईरालाले उद्योगका लागि आवश्यक दक्ष प्रँविधिक जनशक्तिको आवश्यकतालाई सहजीकरण गर्न यस प्रकारको तालिम आवश्यक रहेको वताए । उनले दक्ष जनशक्तिका माध्यमबाट उद्योग संचालन गर्दा गुणस्तरीय उत्पादन भई उत्पाकत्वअभिवृद्धिमा समेत सहयोग पुग्ने वताए । उद्योगहरुको आवश्यकताका आधारमा पाठयक्रम तयार गरी संचालन हुदै आएको यसप्रकारको तालिम प्रति उद्योगहरुको वढदो अभिरुची प्रति खुशी व्यक्त गर्दै प्राविधिक जनशक्ति विकासमा हातेमालो गर्न उद्योग प्रतिष्ठानहरुलाई आग्रह गरे ।

उद्योग परिसर मै २२ दिन सम्म संचालन गरिएको तालिममा ४० जना प्राविधिकको सहभागिता थियो । समापनमा तालिमका प्रशिक्ष्ँक नारायण लामिछाने र सविन्द्र भण्डारीले जुट उद्योगमा कार्यरत जनशक्तिको सबलीकरणका लागि संचालित तालिमले सहभागिलाई आफनो जिम्मेवारी दक्षतापूर्वक संपन्न गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे । सैद्धान्तिक र व्यवहारिक गरी दुई सत्रमा संचालन गरिएको तालिम अवधिमा जुटका स्पिनिङ्गका आधारभूत ज्ञान, सीपका साथै पेशागत सरसफाईको महत्व, स्वास्थ्य, मेसिन ब्यवस्थापन लगायतको विषयमा समेटिएको उनीहरुले वताए ।

ईन्स्योर परियोजनासंगको सहकार्यमा यसअघि संगठनले विभिन्न उद्योगका प्रँविधिकहरुलाई एकै थलोमा राखी तालिम दिदै आएकोमा पछिल्लो समय सिकाईलाई थप प्रभावकारी वनाउन उद्योगको मागका आधारमा सम्वन्धीत उद्योग मै  तालिम संचालन गर्न थालेको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.