Websoft University

महानगरद्वारा ७६ जना श्रमिक सम्मानित




विराटनगर | विराटनगर महानगरपालिकाले श्रमिकहरुलाई सम्मान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सय दिने रोजगारीमा खटेका ७६ जना श्रमिकलाई महानगरले सम्मान गरेको हो ।

महानगरमा बुधबार आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले खादा लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । उनीहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत महानगरका १० वटा वडामा परिचालन गरी विभिन्न आयोजनाहरुमा खटाइएको थियो । नमुना रोजगार सेवा केन्द्रकी रोजगार सहायक सरस्वती साहका अनुसार वडा नम्बर ६ मा ८ जना, १० मा ७ जना, ११ मा ८ जना, १२ मा ८ जना, १३ मा ७ जना, १४ मा ८ जना, १५ मा ७ जना, १६ मा ८ जना, १८ मा ८ जना र १९ वडामा ७ जना खटिएका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा खटिएका श्रमिकहरुलाई दैनिक ६ सय ६८ रुपैयाँका दरले मासिक रुपमा उपलब्ध गराइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले महानगरवासीलाई स्वरोजगार बनाउन विभिन्न किसिमका तालिमहरु सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले सीप सिकेर स्वरोजगार बन्न श्रमिकहरुलाई आग्रह पनि गर्नुभयो । उपमेयर शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्षमा सो कार्यक्रमलाई अझै प्रभावकारी रुपमा सञ्चालन गरिने बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.