Websoft University

अरनिको आवसिय माविले कक्षा १२ का विद्यार्थीलाई बिदाई गरे


 विराटनगर |  विराटनगर – १० मा रहेको अरनिको आवसिय माविले कक्षा १२ का विद्यार्थीलाई बिदाई गरेको छ ।

कलेजमा अध्यनरत २३ औं ब्याचको विद्यार्थीहरुलाई विराटनगरको कञ्चनजङ्गा होटेलमा शनिबार एक कार्यक्रम आयोजना गरी मायाँको चिनो प्रदान गरी ९ सय २५ जना विद्यार्थीलाई बिदाई गरेको हो ।

कार्यक्रममा कलेजको लिएको आन्तरीक परीक्षामा उत्कृट हुने विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरेको छ भने कलेजमा भएको आन्तरिक खेलकुद तथा हिसान खेल महत्सवमा विजेता खेलाडीलाई सम्मान समेत गरेको छ ।   

कार्यक्रममा कलेजका प्राचार्य राजेश कार्की, सस्थापक निर्देशकहरु डा. भविन्द्र निरौला, विकाश खनाल र प्रध्यापकहरु विमल भट्टराई र अरुण कोइरालालगायतले विद्यार्थीलाई शुभकामना दिएर विदाई  गरेको थिए ।

त्यस्तै कलेजका विद्यार्थी विभषना किरण रेग्मी र विवेक रौनियारले कलेजका वितेका दुई वर्षको अनुभव सुनाएका थिए । कार्यक्रममा विद्यार्थीले नृत्य, गायनलगायतका मनोरञ्जनका कार्यक्रम गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.