Websoft University

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको उपाधि पुन र श्रेष्ठलाई


लुम्बिनी | लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन अन्तर्गत पुरुषतर्फको म्याराथनको उपाधी बाग्लुङका तिर्थ पुनले जितेका छन् । पुनले निर्धारित ४२ दशमलब १९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पुरा गर्दै उपाधि संगै नगद ५ लाख रुपैयां, स्वर्ण पदक, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

सतै, सो दुरीलाई २ घण्टा २१ मिनेट ११ सेकेण्डमा भट्टाउदै नेपाली सेनाका खड्क बहादुर खड्काले द्धितीय स्थानमा आए । उनले नगद ३ लाख सहित रजत पदक र प्रमाणपत्र पाए । त्यस्तै कर्णाली –जुम्ला)का दुर्गाबहादुर बुढाले २ घण्टा २२ मिनेट ४६ सेकेण्डमा सो दुरी पुरा गर्दै तुतीय स्थान प्राप्त गर्दै उनले २ लाख रुपैयां पाए । प्रतियोगितामा अनिस थापा चँैथो स्थानामा रहे । उनले १ लाख रुपैया पुरस्कार पाए । त्यसै गरी किरण बोगटी पांचौं, सुशिल कुमार शाही छैठौं, होमलाल श्रेष्ठ सातौं, जुनेश खड्का आठौं, राजन चौधरी नवौं र प्रकाश गैरे ले दशौं स्थान हांसिलगरे । पाचौ देखि १० औं स्थान सम्म आउनेले क्रमश ८०, ६०, ४०, २०, १० र ५ हजार रुपैयां पुरस्कार प्राप्त गरे ।

महिलातर्फको हाफ म्याराथनको उपाधी सन्तोषी श्रेष्ठले जितेकी छन् । धावीका श्रेष्ठले निर्धारित २१ दशमलब १ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेण्डमा पुरा गर्दै दोस्रो संस्करणको लुम्बिनी म्याराथनको उपाधी जितेकी हुन् । त्यस्तै, नेपाली सेनाको पुर्णराज्यलश्रमी न्यौपानेले १ घण्टा १९ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै दोस्रो स्थानमा आउन सफल भईन् ।

हजार तथा भण्डारीले काश्य पदक र १ लाख २० हजार रुपैया नगद पुरस्कार प्राप्त गरेका छन् ।

साथै खुला ५ किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर प्रथम, अक्कल बहादुर पाल द्धितीय र गणेशसिंह राउत तृतीय भए । ५ किलोमिटर दौडको महिला तर्फ सिर्जना पाण्डे प्रथम, आशा राउत द्धितीय र निर्मला केसी तृतीय भएका थिए । ५ किलोमिटरको सबै विधामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश जनही १५, १० र ५ हजार रुपैयां पुरस्कार प्राप्त गरे ।

विजेतालाई आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, चिनियां राजदुत चेन सोङ, लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्य, नेपाल पर्यटन बोर्डका सदस्य सचिव मणि लामिछाने र प्रदेशखेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले पुरस्कार प्रदान गरे

म्याराथन, हाफ म्याराथन तथा पाँच किमि दौडको सुरु तथा अन्त लुम्बिनी स्कवायरमा भएको थियो । विकास र शान्तिकोलागि अन्तर्राष्ट्रियखेलकुद दिवसको दिन अप्रिल ६( चैत्र २४ शनिवार)को अवसरमा नेपाल ओलम्पिक कमिटिको मुल आयोजना तथा नेपाल स्थित चिनियादुताबास, लुम्बिनी बिकास कोष, नेपाल पर्यटन बोर्ड तथा लुम्बिनी प्रदेशखेलकुद परीषदको सहकार्यमा प्रतियोगिता भएको हो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.