Websoft University

बिग होटलको प्रगणमा सागगतिक कार्यक्रम हुने |

 


विराटनगर,२४ चैत । विराटनगरको चार तारे होटल विगले आफ्नो छैठो वार्षिकोत्सवको उपलक्ष्यमा यही चैत ३० गते  रू ६ लाख खर्च गरेर होटलको प्रगणमा   साङ्गतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

होटलद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आफ्नो प्राङ्गणमा आयोजित उक्त निःशुल्क कार्यक्रममा काठमाण्डौको चर्चित यशकुमार र व्याण्ड, विराटनगरको स्मृति व्याण्ड सहितले साँझ ७ः ३० बजेदेखि प्रस्तुत करण गर्ने कार्यक्रम रहेको छ।

होटलले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रममाबाट हुने आम्दानी मानव सेवा आश्रमलाई प्रदान गर्ने व्यवस्थापक नरेश श्रेष्ठले जानकारी दिनु भयो ।

विगतदेखि यस प्रकारको कार्यक्रममा होटलले सञ्चालन गर्दै आइरहेको होटलका संजय साहले बताउनु भयो ।

उत्कृष्ट साउण्ड सिस्टमका एवं भव्यताका साथ प्रस्तुत गरिने उक्त साङ्गतिक कार्यक्रमबाट यस क्षेत्रका युवायुवतीले उत्कृष्ट मनोरन्जन प्राप्त हुने विश्वास होटलले गरेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.