Websoft University

खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा ओम खड्का निर्वाचित


श्याम राई, उदयपुर गाईघाट, २२ फागुन |  त्रियुगा सानाशहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा ओम खड्का निर्वाचित भएकाछन् ।

मंगलबार घोषित परिणाम अनुसार खड्काले शंकर बस्नेतलाई हराउँदै पुनः अध्यक्ष पदमा विजयी बनेका हुन । खड्काले १०६२ मत ल्याउँदा बस्नेतले ५७७ मत ल्याएकाछन् ।

निर्बाचनमा खड्का पक्षको पूरै टिम निर्बाचित भएकाछन् । खड्कालाई नेपा एमाले र माओवादी केन्द्रको समर्थन रहेको थियो । त्येसै गरि उपाध्यक्ष सुपराज राई ९६९ मत ल्याउँदै निर्बाचित भएकाछन् । उनको प्रतिद्धन्दी निगम कोईरालाले ४६२ मत ल्याएर पराजित भए । कोषाध्यक्षमा रेवतीरमण गेलाल निर्बाचित भए ।

 उनले नबिन राईलाई हराउँदै बिजयी बने । उनले ८९७ मत ल्याए । त्येसैगरि सदस्यहरुमा भबिन्द्र खत्री ९९४, कृष्ण कुमारी राई ८७५, डिल्लि नारायण श्रेष्ठले ७९२ र जित बहादुर बरालले ७५३ मत ल्याएर बिजयी भए । सचिबमा सन्तोष खड्का यस अघि नै निर्बिरोध निर्बाचित भएका थिए ।

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.