Websoft University

प्याराग्लाईडिङ गर्ने क्रममा दुर्घटना भएर रुखमा अडकिएका दुई प्याराग्लाईडरको सकुशल उद्धार गरिएको छ


 श्याम राई, उदयपुर गाईघाट, २२ फागुन | प्याराग्लाईडिङ गर्ने क्रममा दुर्घटना भएर रुखमा अडकिएका दुई प्याराग्लाईडरको सकुशल उद्धार गरिएको छ ।

त्रियुगा नगरपालिका–११ स्थित रमिते डाँडादेखि शुक्रबार दिउँसो उडान गरिएको प्याराग्लाईडिङ गर्ने क्रममा तिब्र हावाको प्रभाबले अनियत्रित भै उनीहरु नबोदय सामुदायिक वन चप्पनको जंगलमा झण्डै ५० फिट अग्लो रुखमा खसेर अड्किएका थिए । 

उनीहरुलाई घट्नाको जानकारी हुन साथ सशस्त्र प्रहरीबल नेपाल ५ त्रियुगा गण उदयपुरबाट खटिएका सुरक्षाकर्मीहरुले उद्धार गरेका थिए । सकुशल उद्धार गरिएकाहरुमा पाईलट कास्की पोखरा उपमहानगरपालिका–१८ सारङंकोटका २९ बर्षिय रबिन्द ढकाल र त्रियुगा नगरपालिका–११  बिसाल नगरका २६ बर्षिय सिद्धान्त बस्नेत रहेकाछन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.