Websoft University

म्यान अफ द म्याच हुने खेलाडीलाई एनआइसी एशिया बैंकको क्यूआरबाट भुक्तानी


विराटनगर ।  विराटनगरमा मंगलबारदेखि शुरु हुने कोशी प्रदेश क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीलाई क्युआरबाट भुक्तानी गर्ने भएको छ । 

आयोजक मोरङ जिल्ला क्रिकेट संघ र एनआइसी एशिया बैंक बीच प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीहरुलाई क्युआरबाट भुक्तानी गर्ने सहमति भएको हो । 

सोमबार बैंकको तर्फबाट ब्रान्डिङ्ग एण्ड कर्पोरेट कमिनिकेसनका प्रमुख सरोज भट्टराई र संघको तर्फबाट मोरङ अध्यक्ष महमद साद बाबु कुरेशीले सम्झौता गरेका छन् । म्यान अफ द म्याच हुने खेलाडीलाई कति राशि दिने त्यो मंगलबार तोकिने अध्यक्ष कुरेशीले बताए । 

डिजिटल माध्यमबाट पहिलो पटक खेलकुद क्षेत्रमा भुक्तानी गर्ने योजना ल्याएको उनले बताए । ‘क्रिकेट व्यवस्थापनको विकासमा एउटा मेरुदण्डको रहेको हामीले बुझेका छौं । यसलाई सम्भव तुल्याउन एनआइसी एशिया बैंकको सदाचारी समर्थन हाम्रा लागि कोषेढुंगा सावित भएको छ,’ उनले भने । 

फागुन २२ गतेबाट चैत्र ३ गतेसम्म प्रतियोगिता विराटनगरको बैजनाथपुर रंगशालामा हुनेछ । प्रतियोगिताका विजेताले ५ लाख रुपैया र उपविजेताले ३ लाख रुपैया प्राप्त गर्नेछ ।  सात वटा प्रदेशसंगै ३ वटा विभागिय टोलीबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि करिब ७५ लाख रुपैया खर्च हुने उनको भनाई छ । लिग कम नकआउटको आधारमा खेल हुने आयोजकले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.