Websoft University

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि शुरु


 विराटनगर । कोशी प्रदेश ट्रफी पेप्सी नेशनल  राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि शुरु भएको छ ।

मंगलबार भएको उद्घाटन खेलमा कोशी प्रदेश र सुदुर पह्चिम प्रदैशले विजयी सुरुवात गरेको छ ।

पहिलो कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली कोशी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४० रनको योगफल बनाएको थियो । कोशीका लागि कप्तान अंकित सुवेदीले ३६ बलमा १ छक्का र ६ चौका प्रहार गरि ४६ रनको योगदान दिँदा सुजन थपलियाले ३८ रन , समिर कार्कीले २० रन , दिपेश कंडेलले १४ रन जोडे ।

कर्णालीका अनुज चनाराले २ विकेट लिँदा प्रकाश जोशी, युनिस ठकुरी, दिवान पुन, दिनेश अधिकारी र दिपेन्द्र रावतले समान १–१ विकेट लिएका थिए ।

जवाफमा १ सय ४१ रनको लक्ष्य पाएको कर्णाली १८ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय २ रन बनाएको थियोे । कर्णालीका हिमान्सु सुवेदीले सर्वाधिक ३४ रन जोड्दा दिनेश अधिकारीले ११ रन र  दिवान पुनले १० रन जोडे । कोशीका म्यान अफ द म्याच दिपेश कंडेलले ३ विकेट लिँदा श्रवण यादवले पनि ३ विकेट लिए । त्यस्तै फिर्दोस अन्सारीले २ विकेट लिए ।

दोस्रो खेलमा सुदुर पश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ((.......... रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको सुदुर पश्चिम प्रदेशले निर्धारित २० ओभरमा २ विकेट गुमाई १ सय ७२ रनको विशाल स्कोर खडा गरेको थियो । सुदुर पश्चिमका लागि म्यान अफ द म्याच नरेश भट्रले ४६ बलमा १ छक्का र ७ चौका प्रहार गरि ६२ रनमा अविजित हुँदा किरण ठगुनाले २० बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै अविजित ५३ रन र खडक बोहोराले ४१ रन बनाए ।  गण्डकीका अमित गुरुङ र सन्दिप क्षेत्रीले १–१ विकेट लिए ।

जवाफमा १ सय ७३ को विजयी लक्ष्य पछ्याएको गण्डकीलाई ४० रनले पराजित गरेको छ । गण्डकीकालागि दिपक डम्रेले ३० बलमा १ छक्का र ६ चौका प्रहार गरि ४० रन बनाउँदा  क्ष्श्वर क्षेत्रीले १८ रन, समिर कंडेलले १४ रन, सन्दीप क्षेत्रीले १२ रन र गोविन्द विकले ११ रनको योगदान दिए । सुदुर पश्चिमका हेमन्त धामीले ३ विकेट लिँदा नारायण जोशी, शेर मल्ल र नरेन साउदले समान २–२ विकेट लिए ।

चैत्र ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश र तीन विभागिय टोली गरि १० टिम सहभागि हुने मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरेसीले बताए । प्रतियोगिताका विजेताले ५ लाख रुपैया र उपविजेताले ३ लाख रुपैया प्राप्त गर्नेछ । प्रतियोगिताका लागि करिब ७५ लाख रुपैया खर्च हुने उनको भनाई छ । लिग कम नकआउटको आधारमा खेल हुने आयोजकले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.