Websoft University

मेयर कोइरालाद्वारा हुलाकी सडकको अनुगमन


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडकको अनुगमन गर्नुभएको छ ।

मेयर कोइरालाले मंगलबार जामुनगाछी–केशलिया खोलाअन्तर्गत पर्ने हुलाकी सडकको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा कोइरालाले स्थानीयको गुनासा र समस्यासमेत सुन्नुभयो । उहाँले मापदण्डमा परेका घरधनीहरुसँग समस्या समाधान गर्नका लागि छलफल गर्नुभएको थियो । सडक निर्माणपछि सो क्षेत्रको विकासले गति लिने मेयर कोइरालाले विश्वास व्यक्त गर्नुभयो । निर्माणको कामलाई गति दिन मेयरकोइरालाले निर्माणव्यवसायी वासुउप्रेतीलाई निर्देशन दिनुभयो ।

अनुगमनका क्रममा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर ४ का वडाध्यक्ष जितन थापा, महानगरका प्रवक्तासमेत रहनुभएका वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपानेसहित वडा सदस्यहरुका साथै योजना महाशाखा प्रमुख अर्जुन थापालगायतको समेत उपस्थिति रहेको थियो । विगत लामो समयदेखि अवरुद्ध रहेको सो सडक मेयर कोइरालाको सक्रियतामा पछिल्लो समय निर्माणले गति लिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.