Websoft University

राम्रो काम गर्नेलाई समाजले अनन्तकालसम्म सम्झिरहन्छ - मेयर कोइराला


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले असल काम गर्नेहरु भौतिक रुपमा नरहे पनि समाजले अनन्तकालसम्म सम्झिरहने बताउनु भएको छ ।

आबाल ब्रम्ह्राचारी बालागुरु षडानन्द प्रतिष्ठान विराटनगरले आयोजना गरेको सम्मान समारोहलाई सम्बोधन गर्दै मेयर कोइराला समाजका लागि राम्रो काम गर्नेहरु सधैं जीवन्त रहने विचार व्यक्त गर्नुभयो । बालागुरु षडानन्दले राम्रो काम गरेकै कारण १८९ वर्षपछि पनि समाजले सम्झिरहेको उहाँको दाबी थियो । मेयर कोइरालाले षडानन्दले शिक्षा, धर्म, संस्कृति र समाज सुधारका क्षेत्रमा उल्लेखनीय कार्य गरेको स्मरण गर्नुभयो । “आवाल ब्रम्ह्राचारी बालागुरु षडानन्द जन्मिएको १८९ वर्षपछि पनि हामी सम्झिरहेका छौं, उहाँका गुनगान गाइरहेका छौं,” मेयर कोइरालाले भन्नुभयो, “यदि उहाँले राम्रो काम नगरेको भए आज हामी सम्झँदैनथ्यौं ।

सो अवसरमा मेयर कोइरालाले षडानन्दका अनुयायी तथा शिक्षासेवी केदारप्रसाद गौतम र समाजसेवी बद्रीप्रसाद पहाडीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । गौतमलाई ११ हजार १११ रुपैयाँ राशिले सम्मान गरिएको थियो । कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत, प्रतिष्ठानका अध्यक्ष कोमलकृष्ण अधिकारी, उपाध्यक्ष रमेश चापागाईं, नेपाली कांग्रेस वडा नम्बर ३ का सभापति धर्मेन्द्र बानिया, षडानन्दका शोधकर्ता सुदीप अधिकारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.