Websoft University

हामी सबैको युनाइटेट युथ’द्वारा मानवसेवा आश्रममा खाद्य सामग्री वितरण


विराटनगर । विराटनगर-४ स्थित जामुनगाछीका युवाहरूले गठन गरेको ‘हामी सबैको युनाइटेट युथ’ नामक संस्थाले मानवसेवा आश्रमलाई खाद्य सामग्री उपलब्ध गराएको छ । आइतबार विराटनगर-३ मा अवस्थित आश्रममा  संस्थाले १८ हजार बराबरको खाद्य सामग्री उपलब्ध गराएको हो । 

संस्थाले सय केजी चामल, ५० केजी आलु, २० केजी प्याज, १० केजी दाल, एक कार्टुन विष्कुट, १० केजी फलफुल र ८ केजी आँटा वितरण गरेको हो । देउसी-भैलो कार्यक्रम मार्फत संकलन भएको रकमबाट आश्रममा खाद्य सामग्री वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष विनोद दाहालले जानकारी दिए । सचिव विनोद घिमिरेले आगामी दिनमा पनि आश्रममा संस्थाले सकेको सहयोग गर्ने बताए । 

संस्थापक अध्यक्ष दाहाल, अध्यक्ष अच्युत खतिवडा, सचिव विनोद घिमिरे, सनम अधिकारी, सन्तोष अधिकारी, नवरत्न संग्रौला, चुडामणी घिमिरे (गोपाल), विषम दाहाल लगायतको उपस्थितिमा खाद्य सामग्री वितरण गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.