Websoft University

उत्पादनमुलक क्षेत्रमा लगानी नहुदा मुलुकको आर्थिक अवस्था कमजोर भएको हो |


श्याम राई, उदयपुर -गाईघाट, ४ पौष | अर्थमंन्त्री डा.प्रकासशरण महतले उत्पादनमुलक क्षेत्रमा लगानी नहुदा मुलुकको आर्थिक अवस्था कमजोर भएको बताएकाछन् ।

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले बुधबार आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री महतले मुलुकको आर्थिक अवस्थामा अहिले क्रमिक रुपमा सुधार हुँदै गईरहेकोले बाहिर हल्ला गरे जस्तो आर्थिक अवस्था खराब नरहेको बताए । 

उनले अहिले लोकतन्त्र नचाहने प्रतिगामी शक्तिले देशको अर्थतन्त्र खराब रहेको भन्दै जनतामा भ्रम सृजना गरिरहेको समेत बताए । उनीहरुले भने जस्तो मुलुकको आर्थिक अवस्था खराब छैन, उत्पादनमुलक क्षेत्रमा लगानी बढाएर आर्थिक क्षेत्रलाई चलयमान गर्न सके आर्थिक अवस्थामा तत्काल सुधार हुन जाने उनले बताए ।

 उनले अब सरकारले लगानीमैत्री बाताबरण बनाएर उत्पादन मुलुक क्षेत्रमा लगानी बढाउने तयारी गरिरहेको बताए । मुलुकको आर्थिक अवस्थामा अझै सुधार ल्याउन सरकारलाई निजी क्षेत्रबाट समेत सहयोग हुनु पर्ने मन्त्री महतले बताए । 

मन्त्री महतले निर्माणधिन त्रियुगा विमान स्थलको समेत अबलोकन गरेका थिए । उनले स्थानीयहरुले विमान स्थल निर्माणमा ढिलाई भैरहेकोले प्रयाप्त बजेट लगानी गरिदिनु आग्रह गरेका थिए ।

 

 

 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.