Websoft University

मेयर कोइरालाको नेतृत्वमा प्रधानमन्त्रीपार्कसहितका ठूला परियोजना अनुगमन


विराटनगर ÷ विराटनगर महानगरपालिकाले निर्माणलाई गति दिन अनुगमनलाई तीव्र पारेको छ । महानगरले अनुगमनका क्रममा निर्माणका क्रममा देखिएका समस्या तत्कालै समाधान खोज्ने गरेको छ ।

बहुवर्षीय योजनाअन्तर्गत महानगरको करिब १७ करोड रुपैयाँ लागतमा निर्माणाधीन प्रधानमन्त्री पार्कको निर्माणको अवस्थामा बारेमा मेयर नागेश कोइरालाले अनुगमन गर्नुभएको छ । उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सम्बन्धित वडाका अध्यक्ष मधुबाबु तिवारी, वडाध्यक्ष कुमार पोखरेल, इन्जिनियर अर्जुन थापा, प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया साथैमा लिएर अनुगमनमा पुग्नु भएका मेयर कोइरालाले निर्माणको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।

मेयरकोइरालाले निर्माणलाई तीव्रता दिननिर्देशनसमेत दिनु भएको थियो । त्यसैगरी सोही टोलीले विराटनगर–४ स्थित धावाबन्दी (इक्राही)को सडकको समेत अनुगमन गरेको थियो । जग्गा विवाद हुँदा सो स्थानमा सडक निर्माण अवरुद्ध भएको छ । मेयर कोइरालासहितको टोलीले निर्माणस्थलमै पुगेर स्थानीयसित छलफलसमेत गरेको छ । महानगरको प्राविधिकले नक्साअनुसार नापेर छुट्याएपछि निर्माण सुरु गर्ने स्थानीयसित सहमति भएको छ । 

त्यसैगरी बुधबार नै मेयर कोइराला र उपमेर कार्कीसहितको टोलीले विराटनगर–६ स्थित शान्तिचोक–केशलिया रोड सडकको समेत अनुगमन गरेको छ । महानगरको करिब ४ करोडको लागतमा निर्माण भइरहेको सो सडक चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । महानगरको आन्तरिक स्रोतबाट निर्माण भइरहेको उक्त सडक विएफएम दक्षिणमा नाला विवाद रहेको छ । 

टोलीले स्थानीय घरधनीसित छलफल गरेपछि सडक निर्माण अगाडि बढाउने समझदारी भएको छ । महानगरको बहुवर्षीय योजनाअन्तर्गत प्रधानमन्त्रीपार्कसहित ४ करोडभन्दा माथिको लागतमा मण्ठापोखरी, रानीपोखरी, बाल उद्यान, सन्ध्याकालीन आरती, महानगरको प्रशासनिक भवन, बहुप्राविधिक विद्यालयलगायत धमाधम निर्माण भइरहेको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.