Websoft University

जिल्ला अस्पताल उदयपुरमा हेमो डायलासिस सेवा शुरु

 


श्याम राई, उदयपुर -गाईघाट, ३ पौष | जिल्ला अस्पताल उदयपुरमा हेमो डायलासिस सेवा शुरु भएको छ । स्वास्थय तथा जनसंख्या मंन्त्रालयले उपलब्ध गराएको ५ वटा मेशिनबाट सेवा शुरु गरिएको अस्पतालले जनाएको छ । त्रियुगा नगरपालिकाको विशेष पहलबाट ६ महिना अघि मन्त्रालयले मेसिन उपलब्ध गराएको भए पनि दक्ष जनशक्तिको अभावमा सेवा शुरु हुन सकेको थिएन् । 

अस्पतालले चिकित्सक स्वास्थ्यकर्मीगरि ३ जनालाई ३ महिने विशेष तालिममा पठाएर दक्ष जनशक्तिको रुपमा उत्पादन गरेपछि मंगलबार बिशेष कार्यक्रम गरेर सेवा शुरु गरेको हो । जिल्ला अस्पताल उदयपुरमा आयोजित सेवा प्रारम्भको उद्घाटन गर्दै पूर्व परराष्ट्रमन्त्री नारायण खड्काले उदयपुर अस्पताललाई भौतिक पूर्बधार र दक्ष जनशक्तिको अभाव हुन नदिन बिशेष रुपमा आफूले केन्द्रमा पहल गर्ने बताए ।

 उनले अहिले स्थानीय सरकार, प्रदेश र संघीय सरकारबाट अस्पतालको स्तर उन्नतीको प्रयास भैरहेकोले ५० सैया क्षमताबाट २०० शैयामा परिणत गरिने बताए । पूर्व मन्त्री खड्काले जिल्ला अस्पतालले अहिले प्रभाबकारी सेवा सुबिधा उपलब्ध गराईरहेको अबस्थामा अन्य थप सेवा सुबिधा बिस्तारमा बिदेशी दातृ संघ संस्थाबाट सहयोग जुटाउने तर्फ पहल गरिने बताए । उदयपुर जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश मान्नीयहरुले जिल्ला अस्पतालको बिकासमा आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको थिए । 

त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले अस्पताललाई अहिले बार्षिक रुपमा १ करोड भन्दा बढी रकम उपलब्ध गराउँदै आएको र श्रोत साधनले भ्याएमा सहयोग रकम अझ थप गरिदै लैजाने बताए । उनले अस्पताललाई सुबिधा सम्पन्न बनाउने प्रयासमा शुरु देखि नै लागि परेको उल्लेख गर्दै १५ जना कर्मचारीको लागि नगरपालिकाले अस्पताललाई रकम उपलब्ध गराउँदै आएको बताए ।

 

 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.