Websoft University

महानगरद्वारा मासु पसलको अनुगमन तीव्र


विराटनगर ÷ विराटनगरलाई सफा, सुन्दर, उज्यालो र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरपालिकाले माछामासु पसलको अनुगमनलाई तीव्रता दिएको छ ।

हाटबजारमा खुल्ला रुपमा बिक्री गर्न रोक लगाएको महानगरले सटरमा सञ्चालित पसलको समेत अनुगमनलाई तीव्रता दिएको हो । महानगरको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादव नेतृत्वको टोलीले सोमबार विराटनगरको रोडशेष र कोशी प्रोजेक्ट आसपासका मासु पसलको अनुगमन गरेको छ । सो क्रममा टोलीले पसलको दर्ता, नवीकरण, फोहोर व्यवस्थापनको सदस्य भए नभएको, मासु पसल सञ्चालनका लागि तोकिएको मापदण्ड पूरा भए नभएको लगायतका विषयमा समेत अनुगमन गरेको थियो ।

कतिपय पसलले जिउँदो कुुखुरा र बिक्री कक्ष नजिक राखेकाले सुधार्न टोलीले निर्देशन दिएको थियो । उपभोक्ताले सफा, सुग्घर र ताजा मासु उपभोग गर्न पाउन् भन्ने उद्देश्य राखेर महानगरले अनुगमनलाई तीव्रता दिएको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले बताउनुभयो । महानगरले माछामासुको पसल अनुगमन गरेर राम्रो कार्य गरेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका थिए ।

 अनुगमन टोलीमा महानगरको नगर प्रहरीका प्रमुख राजन पौडेललगायतको सहभागिता रहेको थियो । मेयर नागेश कोइरालाले विराटनगरलाई सफा, सुन्दर, उज्यालो र व्यवस्थित बनाउने अभियानमा साथ दिन महानगरवासीलाई आग्रह गर्दै आएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.