Websoft University

रानीमहलमा हुने राष्ट्रिय वीच भलिबलको तयारी पुरा


बैशाख २६ गते । तानसेन । पाल्पाको रानीमहलमा हुने राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक सञ्जय मेमोरियल प्रतिष्ठानले मंगलबार तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ।

बैशाख २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ प्रदेश, तीन विभागीय टिम र आयोजक गरि १० टिमको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी, मधेश, बागमती प्रदेश, एपीएफ, आर्मी, पुलिस र सह–आयोजक पाल्पा जिल्ला भलिबल संघको टिम सहभागी हुनेछन् ।

लिग र नकआउट आधारमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन बैशाख २८ गते दिउँसो १ बजे हुने फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले जानकारी दिईन् । उनले बिहीबार साँझसम्म प्रतियोगितामा सहभागी हुने सम्पुर्ण टिम र अफिसियल तानसेन आईपुग्ने उल्लेख गरिन् । उनले खेलकुदमार्फत यस क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यमा सबैको साथको अपिल समेत गरिन् ।

प्रतियोगिताको विजेता टिमले १ लख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सानत्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा जनसहभागीता बढाउन अन्तिम दिन बैशाख ३० गते बिहान रानीमहल दौडको समेत आयोजना गरिने भएको छ । सो दौडमा पाल्पाका स्थानीय सहित विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागीता रहने जनाईएको छ ।  

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोग र नेपाल भलिबल संघबाट स्वीकृतिमा आयोजित प्रतियोगिता नेपालको वीच भलिबलको विकास र पाल्पाको ऐतिहासिक दरबार क्षेत्र रानीमहलको प्रबद्र्धन गर्ने उद्धेश्यका साथ सञ्चालन गरिएको हो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.