Websoft University

वन क्षेत्रलाई रोजगारीसँग जोडेर लैजानुपर्छ’– मुख्यमन्त्री कार्की


विराटनगर, २५ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बन क्षेत्रलाई प्रदेश सरकारले राजस्व सङ्कलन, मझौला उद्योग र रोजगारीसँग जोडेर लैजानुपर्ने बताउनु भएको छ । पर्यटन,वन तथा वातावरण मन्त्रालयको त्रैमासिक प्रगति समिक्षा गोष्ठिमा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । प्रदेश सरकारको सबै भन्दा धेरै संरचना भएको मन्त्रालय भएर पनि बन मन्त्रालयबाट राजस्व योगदान कम रहेको उहाँको भनाइ छ । 

प्रदेश भित्रका धेरै सामुदायिक बनहरुले राजस्वमा योगदान पु¥याई रहेको चर्चा गर्दै त्यस्ता सामुदायिक बनहरुसँग सहकार्यमा आवश्यक संरचना निर्माण गरी राजस्व सङ्कलनमा प्रदेश सरकार पनि जोडिनुपर्ने बताउनुभयो । ‘प्रदेश भित्रका केही सामुदायिक वन, तालतलैया र सिमसार क्षेत्रहरुमा आवश्यक संरचना निर्माण गरी तीनलाई पर्यटकी क्षेत्रकारुपमा विकास गर्दै राजस्व बढाउन सकिन्छ’– मुख्यमन्त्री कार्कीले भन्नुभयो ।  

सरकार एक्लै जाँदा सफल नभएको दृष्टान्त पस्तुन गर्दै उहाँले बनलाई पर्यटनसँग जोडेर लैजादा  निजी क्षेत्रलाई पनि सँगसँगै लैजान आवश्यक रहेको मुख्मन्त्री कार्कीको भनाइ छ । 

उहाँले खुल्ला चिडिया खानाको अवधारण बारे बन मन्त्रालयले गरिरहेको अध्ययन आगमी आर्थिक वर्ष २०८०÷०८१ भित्र सकेर अर्को आर्थिक वर्षमा त्यसका लागि बजेट विनियोजन गर्ने वतावरण बनाउनुपर्ने बताउनु भयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.