Websoft University

उदयपुर सिमेन्ट उद्योगका माहाप्रबन्धक गोपी कृष्ण नेउपानेको राजीनामा माग गर्दै उद्योग आसपास छेत्रका युवाहरु उद्योगको मुल गेटमा धर्ना


श्याम राई÷उदयपुर गाईघाट, २ जेष्ठ ा उदयपुर सिमेन्ट उद्योगका माहाप्रबन्धक गोपी कृष्ण नेउपानेको राजीनामा माग गर्दै उद्योग आसपास छेत्रका युवाहरु उद्योगको मुल गेटमा धर्नामा बसेका छन् । 

आर्थिक अनियमिततागरिउद्योगलाई धरासाही बनाएको भन्दै त्रियुगा नगरपालिकाका श्रीपुर, लालपत्ता, देऊरी, बगाहाका युवाहरु दैनिक २ घण्टा धर्नामा बसेका छन् । समूह समूह बनाई युवाहरु विहान ९ बजेदेखि १० बजे सम्म १ घण्टा मंगलबार धर्नामा बसेको आन्दोलनको अगुवा रमाकान्त चौधरीले बताए ।

‘हाम्रो माग पूरा नभए सम्म हामी धर्नामा बस्छौ ।चौधरीले भने । उद्योग धरासाही बनाउनेजि.एम.नहटाएसम्म हामी चुप लागेर नबस्ने उनले बताए । जि.एम. नेउपानेले कवाडी विक्री, कोईला खरिदमा ठूलो चलखेल गरेर भष्ट्राचार गरेको उनले बताए ।

कोईला अभावमा उद्योग लामो समयदेखि बन्द छ । विद्युत महसुल बुझाउन नसकेपछि विद्युत प्राधिकरणले आईतबार उद्योगको लाईन समेत काटेको छ । उद्योगको वार्षिक सभामा आएका उद्योग मंत्री रमेश रिजाललाई समेत जि.एम. नेउपाने हटाउन मजदुर कर्मचारीले माग गरेका थिए ।

 

 

 

 

 


 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.