Websoft University

योजनाहरुको अनुगमन

 


बिराटनगर | मेयर कोइरालाको नेतृत्वमा विभिन्न योजनाहरुको अनुगमन विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरका विभिन्न वडामा चालु आर्थिक वर्षको बजटेबाट सम्पन्न योजनाहरुको अनुगमन गर्नु भएको छ ।

उपमेयर शिल्पा निराला कार्की र प्राविधिकसहित विभिन्न वडा पुग्नु भएका मेयर कोइरालाले सडक र सामुदायिक भवनहरुको अनुगमन गर्नु भएको   हो । ठेक्का सम्झौताअनुसार काम भए÷नभएको उहाँले जानकारी लिनुभएको थियो । सम्झौताअनुसार काम नभएसम्म भुक्तानी नदिनसमेत उहाँले बताउनुभयो । अधिकांश ठाउँमा सम्झौताअनुसार काम भए पनि केही ठाउँमा भने नभएको पाइएको मेयर कोइरालाको भनाइ थियो । उहाँले सम्झौताअनुसारको काम नभएसम्म महानगरबाट भुक्तानी नदिने प्रस्ट पार्नुभयो ।

सोमबार वडा नम्बर १, २, ६, ७, ९ र ११ नम्बर वडाका करिब २२ वटा योजनाहरुको अनुगमन गरिएको उपमेयर निरौलाले जानकारी दिनुभयो । सो क्रममा वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारी, ११ का तीर्थेन्द्र नेउपाने, ८ का राम पोखरेल, ९ का विश्वनाथ भगत, ६ का हरिश्चन सहनी, इन्जिनियर अर्जुन थापासहित प्रमुख र उपप्रमुखको सचिवालयको टिम तथा प्राविधिकहरुको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.