Websoft University

आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा संलग्न २ जना पक्राउ


बिराटनगर बैशाख १९ गते | मोरङ विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने गोविन्द प्रसाद नेपालले मिति २०८०/०१/१४ गते विहान अं. १०:३० बजेको समयमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ तित्रिगाछी भन्ने स्थानमा आफ्नै शरीरमा प्रज्वलनशिल पदार्थ खन्याई आगो लगाई आत्महत्या
 गर्न प्रयास गरेकोमा तत्काल उपचारको लागिविराटनगर स्थित रेडप्लस अस्पताल लगिएकोमा मिति २०८०/०१/१५ गते मृत्यु भएको ज्यान सम्बन्धी मुद्दामा मिति २०८०/०१/१६ गते यस कार्यालयमा आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दाको जाहेरी परेको हुँदा उक्त घटना पश्‍चात फरार रहेका प्रतिवादीहरू जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ बस्ने वर्ष ५५ को प्रगती भन्ने गति पोखरेललाई निजको घरबाट र जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ बस्ने वर्ष ३६ की सविना पोखरेललाई जिल्ला झापा कमल गाउँपालिका वडा नं. ४ बाट मिति २०८०/०१/१८ गते पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान कार्य भई रहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.