Websoft University

महानगरको आयोजनामा ई–हाजिरीसम्बन्धी ६ दिने तालिम सुरु


विराटनगर | विराटनगर महानगरपालिकाको आयोजनामा ई–हाजिरी सम्बन्धी ६ दिने तालिम मंगलबारदेखि सुरु भएको छ ।

तालिमको महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो । तालिममा विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापक, वडा सचिव, फोकल पर्सन र आधारभूत स्वास्थ्य केन्द्रका कर्मचारीको सहभागिता रहनेछ । हरेक दिन ३० जनाको समूह बनाएर तालिम दिइने महानगरको सूचना प्रविधि शाखाका अधिकृत यादव श्रेष्ठले जानकारी दिनुभयो । तालिमलाई सम्बोधन गर्दै कार्यबाहक मेयर कार्कीले महानगरअन्तर्गतका सबै कार्यालयलाई व्यवस्थित र अनुशासित बनाउन ई–हाजिरी लागू गर्न लागिएको बताउनुभयो । उहाँले अबदेखि विद्यालयसहित सबै वडा कार्यालय र स्वास्थ्य केन्द्रहरुमा ई–हाजिरी अनिवार्य रुपमा लागू गरिने प्रस्ट पार्नुभयो ।

पहिलो दिन मंगलबार १ देखि ५ कक्षासम्म सञ्चालन हुने विद्यालयका प्रधानाध्यापकलाई तालिम दिइएको थियो । तालिममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईलगायतले ई–हाजिरीको महत्व र उपादेयताका विषयमा प्रकाश पार्नु भएको थियो । १८० जनाले तालिम दिने लक्ष्य रहेको श्रेष्ठले बताउनुभयो । तालिममा सामान्य प्रशासन, शैक्षिक प्रशासन, स्वास्थ्य महाशाखाले समन्वय गर्नेछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.