Websoft University

कोशी प्रदेश नामाकरण कसैको विपक्षमा छैन –मुख्यमन्त्री कार्की


विराटनगर,८ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश’ नामाकरण  कसैको विपक्षमा नभएको बताउनु भएको छ ।


शुक्रबार नेपाल बार एशोसिएशन उच्च अदालत विराटनगर बार इकाईको १३ औं कार्य समितिको वार्षिक साधारण सभा तथा बार भवनको  उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । 


उहाँले भन्नुभयो -‘ नामाकरण  एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो होला त्यो नभएर साझा भएको छ, यसलाई सबैले आत्मसाथ गरेर जाउँ  । समय क्रममा  भविष्यमा  जनताको दुई तिहाई मत प्राप्त भएमा संवैधानिक एवं कानूनी प्रक्रियाबाट  प्रदेशको नाम परिवर्तन गरेर जान सकिने छ ।’  

उहाँले प्रदेश सभाको अघिल्लो कार्यकालमा प्रदेशको नामकरण नगर्दा सर्वत्र आलोचना खेप्नु परेको दृष्टान्त प्रस्तुत गर्दै  यस पटको प्रदेश सभाको प्रारम्भमै प्रदेश सभाको १३ औ बैठकले नामकरण गरेको  प्रस्ट पार्नुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरणमा प्रदेश सभाकै भूमिका बढी हुने र सरकारको कुनै भूमिका नहुने पनि बताउनुभयो । 

उहाँले वर्तमाान नेपालको  राजनीति र न्याय क्षेत्रको अवस्था राम्रो नदेखिएको चर्चा  गर्दै विगत १६÷१७ महिना देखि प्रधान न्यायधिस नियुक्ति हुन नसक्नु दुखद कुरा हो भन्नुभयो । यस्तै अवस्था राजनीतिक क्षेत्रमा पनि रहेको तर यस विषयमा नेताहरुको ध्यान जान नसकेको उहाँको भनाइ छ । 

प्रदेश संरचना अनावश्यक, अत्याधिक खर्चालु लगायतका  आलोचना तथ्य र सत्यका आधारमा हुनुपर्नेमा जोड दिदै मुख्यमन्त्री कार्कीले विगत १५ बर्षमा नभएका विकास प्रदेश सरकार निर्माण भएपछि जनताले अनुभूति प्राप्त गरेको दावी गर्नु भयो ।

उहाँले विगत पाँच बर्षको अवधिमा प्रदेश सरकारले ८०० किलोमिटर कालोपत्र सडक,१०० पक्की पुल, २०० झोलुङ्गे पुल र २०० भौतिक संचरना निर्माण गरेको जानकारी दिनु भयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गरेका गल्तिको आलोचनालाई ग्रहण गर्दै आगामी दिनमा सुधार गर्ने प्रण गर्दै राम्रो कार्यको प्रशंसा गर्न  समेत आग्रह गर्नु भयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.