Websoft University

जंगलमा लागेको डढेलोले खानेपानीको पाईप जल्दा खोटाङंको हलेसी तुवाचुङ्ग नगरपालिका–५ दुर्छिमस्थीत राटमाटे आधारभूत विद्यालयमा विहीबार देखि पानीको आपूर्ति बन्द


श्याम राई÷उदयपुर- गाईघाट, ८ बैशाख |  रातो तारा डट कम,जंगलमा लागेको डढेलोले खानेपानीको पाईप जल्दा खोटाङंको हलेसी तुवाचुङ्ग नगरपालिका–५ दुर्छिमस्थीत राटमाटे आधारभूत विद्यालयमा विहीबार देखि पानीको आपूर्ति बन्द भएको छ ।

दुर्छिमस्थीत मार्से सावाला कुर्ले सिद्धवारी सामुदायिक वनमा केही दिन अघि लागेको डढेलोको कारण पानी आपूर्ति भैरहेको रमितेडाँडा मुहान नजिकको पाईप जलेको कारण पानी आपूर्ति रोकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन राईले बताए ।

जमीन माथिबाट विच्छाईएको धेरै जसो पाईपहरु आँगोले जलेर नष्ट भएको हुदा नयाँ पाईप नफेरे सम्म पानी सप्लाई हुन नसक्ने उनले बताए ।

खोटाङंको धेरै जसो सामुदायिक वनमा अहिले पनि भिषण रुपमा डढेलो लागेको छ । बैशाख ६ गतेदेखि लागेको डढेलोले धेरै सामुदायिक वन सखाप बनेको छ । तिब्र गतीमा चलिरहेको हावा हुरीको कारण डढेलो नियन्त्रणमा आउन नसकेको डम्बर्खु शिवालय सामुदायिक वन कार्तिकेका अध्यक्ष नृप वहादुर चौलागाईले बताए ।

यो वर्ष खोटाङंमा डढेलोको कारण स्थानीय वासिन्दाहरुको केही घरहरु जलेको उनले बताए ।

 


 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.