Websoft University

मेयर कोइरालाद्वारा श्मसान घाटको अवलोकन


विराटनगर÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–७ स्थित श्मसान घाटको अवलोकन गर्नु भएको छ ।

सो अवसरमा घाट व्यवस्थापन समितिका अध्यक्ष वेनिगोपाल मुन्दडाले घाटलाई थप व्यवस्थित बनाउन महानगरका तर्फबाट बजेट छुट्याइदिन मेयर कोइरालासित आग्रह गर्नु भएको थियो ।

 मुन्दडाले बाढीको जोखिम न्यूनीकरणका लागि घाटको उत्तरतर्फ तटबन्ध बनाउनुपर्नेमा जोड दिनुभयो । गत वर्षको बाढीले कटान गर्दा घाट जोखिममा परेको उहाँको भनाइ थियो । मेयर कोइरालाले आगामी आर्थिक वर्षको बजेटमा घाटका लागि बजेटको व्यवस्था गर्ने आश्वासन दिनुभयो । 

उहाँले श्मसान घाटलाई व्यवस्थित र आकर्षक बनाएकोमा मुन्दडासहित व्यवस्थपन समितिलाई धन्यवादसमेत दिनुभयो । सो अवसरमा वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारी, मेयरको निजी सचिवालयका सदस्यलगायतको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.