Websoft University

सुत्केरी महिलाको मृत्यू भएपछि अस्पतालमा उत्पन्न तनावको समाचार संकलन गर्न पुगेका दमकका ३पत्रकार माथि प्रहरीको दुब्र्यवहार




दमक, बैशाख ७ गते | सुत्केरी महिलाको मृत्यू भएपछि अस्पतालमा उत्पन्न तनावको समाचार संकलन गर्न पुगेका दमकका ३पत्रकार माथि प्रहरीको दुब्र्यवहार र दमक नगर प्रमुखको निर्देशनको घटना प्रति पत्रकारका संघ संगठनहरुले विरोध गर्दै कारवार्हीको माग गरेका छन् । 


सो घटनावाट अस्पतालमा उत्पन्न तनावको समाचार संकलन गर्न पुगेका पत्रकार माथि इलाका प्रहरी कार्यालय दमकबाट खटिएका प्रहरीको दुब्र्यवहार, वार्ता स्थलमा कसैलाई पनि आउन नदिनु भन्ने ओम मेची अस्पतालका सञ्चालक समेत रहनु भएका दमक नगर पालिकाका प्रमुख राम थापाको निर्देशनको भत्सना गर्दै उनीहरुलाई कारवार्हीको माग संगठनहरुले गरेको हो ।

दमक ७ स्थित ओम मेची अस्पतालमा दमक१निवासी रुवी शाह(सुत्केरी आमा)को मृत्यूपछि उत्पन्न परिस्थितिका नियन्त्रण गर्न डियुटीमा खटिएका प्रहरीको टोलीले हिजो बुधवार प्रेस चौतारी नेपालको केन्द्रीय लेखा आयोगका सदस्य तथा प्रभावकारी न्युजका पत्रकार विष्णु पोखरेल,पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य तथा नयाँ पत्रिका दैनिकका पत्रकार चिरञ्जीवी घिमिरे र प्रेस चौतारी नेपाल झापाका साधारण सदस्य साथै हिमशिखर टेलिभिजन दमकका समाचार प्रमुख सुदिप अधिकारीलाई दुब्र्यवहार गरेको थियो ।

पत्रकार मञ्च दमकको कार्यालयमा जिल्लाका ५पत्रकारहरुका संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी बैठकले आज प्रहरी र नगर प्रमुख थापालाई कारवार्हीको माग गर्दै घटनाको भत्सना गरेको हो । पत्रकार मञ्च दमक अध्यक्ष कमन देवान,नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद विष्णु सुब्बा,प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापा अध्यक्ष मन कुमार गदाल,समाजवादी प्रेस संगठन झापा अध्यक्ष अनिलदेव राई र प्रेस मञ्च नेपाल झापा अध्यक्ष देशराज नेम्वाङले संयुक्त रुपमा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उनीहरुलाई कारवार्हीको माग र घटनाकोभत्सनागरेकोछ ।

 नेपालको संविधान ०७२को प्रस्तवनामा ब्यवस्था भएको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान र पालना गर्न गराउन हामी स्थानिय सरकारका प्रमुख,प्रहरी प्रशासन तथा अस्पताल प्रशासन संग जोडदार माग छौं–विज्ञप्तिमा भनिएको छ ।

ओम मेची अस्पतालमा भर्ना भएकी उच्च रक्तचापको विरामी शाहको मृत्यु भएपछि उनका परिवार र आफन्तजनले चिकित्सकको लापरवार्हीका कारण ज्यान गुमाउनु परेको मृतकका परिवारको आरोप छ । अस्पतालले अन्तिम अवस्थामा रेफर गरेको भन्दै शाह परिवारले पुन ःगल्ती नदोहोर्याउन प्रतिवद्धताको माग समेत गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.