Websoft University

चैनपुरमा सुरीचाल प्रतियोगिता


मोहन कुमार राई ÷चैत्र २५ गते | रातो तारा डट कम,संखुवासभा, चैनपुर सम्पदा सङ्गमद्वारा  विभिन्न जाजातीको भेषभुषा झल्कने गरी आधुनिक सम्पदाको रुपमा बालबालिकाहरुलाई अग्रस्थानमा राख्दै घुम्ती सुरीचाल प्रतियोगिता सम्पन्न गरको छ ।

शुक्रवार चैनपुर नगरपालिका स्थित रेडक्रस भवनमा सम्पन्न भएको बालबालिकाहरु वीच भएको क्याट क अर्थात सुरीचाल प्रतियोगितामा लिटिल व्युटी, लिटिल मिस, लिटिल ल्याम्प,लिटिल चाम्प लगायत ९ विधाहरुमा वालवालिकाहरुको प्रतिभा प्रस्फुटन गराउँदै सुरिचाल प्रतियोगिता सम्पन्न भएको कार्यक्रम सञ्चालक किशोर भट्टराइले जानकारी दिनुभयो ।

कार्यक्रममा ५४ जना प्रतियोगि बालबालिकाहरुले सुरीचाल प्रतिोगितामा सहभागी भएका थिए । लिटिल ल्याम गल्र्स को उपाधि दिपसिखा अधिकारी, लिटल आइडल उर्मिला रम्तेल, लिटल स्टयामको उपाथी प्रतिक्षा कर्मचारी, लिटल ट्यालेट सन्ध्या लिम्बू, लिटल हेडसम अशोक तामाङ, लिटल व्युटी कृती शाक्य, लिटल च्याम गल्र्स सेजल राई, लिटल च्याम वोइज गौरव दाहाल, लिटल मिस स्वस्तीका राई , लिटल मास्टर वोइज तर्फ शोनिक राई  गरी जम्मा ९ विधामा ११ कन्टेन्टेसहरुले उपाधिहरु हातापार्न सफल भएको निर्णायक मण्डलका  संयोजक शुरेन्द्र तामाङले वताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं चैनपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत किरण ढकालले  वालवालिकाहरुलाई भेला गराएर प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्ने राम्रो काम भएको वताउनुहुँदै वालवालिकाहरुलाई मनोवैज्ञानीक रुपमा हौसला प्राप्त गर्ने मौका पाएको वताउनुभयो । वालवालिका सम्पदाको खानी र भविश्यको कर्णधार भएकाले यो सकरात्मक कार्य भएको भन्दै आयोजकलाई धन्यवादन दिनुभयो । चैनपुर नगर उपप्रमुख एलिना श्रेष्ठले यस किसिमको कार्यक्रमले पर्यटन विकासमा समेत टेवा पुग्ने वताउनुहुँदै नगरको तर्फबाट साथ सहयोग प्रदान गर्ने वताउनुभयो ।

कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष योगेन्द्र शर्मा न्यौपानेले सामाजिक, धार्मिक, साँस्कृतिक लगायत विविध सम्पदा को संरक्षण तथा सम्वर्धन गर्ने उद्देश्यले यो संस्थाको स्थापना भएको हुँदा संस्थाको विकासको लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहेको वताउनुहुँदै आदर्श वालवालिकाको प्रतिभा प्रस्फुटन गर्नका लागि एउटा प्लेटफर्म बन्न सक्ने समेत वताउनुभयो । भरखरै  दर्ता गराएको यो संथ्थाले अव आगामी दिनमा यस्तै किसिमको विभिन्न सम्पदाको संरक्षण गर्दै पर्यटन प्रर्वद्धनकामा समेत सहयोग पुग्ने कार्यक्रमहरु ल्याउने समेत चैनपुर सम्पदा सङ्गमका अध्यक्ष न्यौपानेले  वताउनुभयो ।  

 

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.