Websoft University

आयोजकलाई हराउँदै दमक सेमीफाइनल प्रवेश


इलाम । घरेलु टिम देउराली स्र्पोटिङ क्लबलाई हराउँदै दमक फुटबल एकेडेमी तेश्रो सन्दकपुर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा देउरालीलाई टाइब्रेकरमा ४—२ गोल अन्तरले हराउँदै दमकले अन्तिम ४ मा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीबाट १—१ गोल भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१ औ मिनेटमा दमकले पेनाल्टीमा सुरुवाती अग्रता बनाउन सफल रहयो । दमक लागि रोशन तामाङले गोल गरे । ७६ औ मिनेटमा बिनोद धमलाले बराबरी गोल फर्काए । 

खेलको म्यान अफ दि म्याच दमकका समिर लिम्बु घोषित हुँदै नगद २ हजार प्राप्त गरे । प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा नवप्रयास युवा क्लब ताप्लेजुङ र विर्तामोड युनाइटेड झापा बिच प्रतिस्पर्धा हुनेछ । 

बैशाख १ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले विजेताले नगद १ लाख ५१ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ । उपविजेताले नगद ८१ हजार र ट्रफी पाउने छ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २ हजार प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्ताले जनही ४÷४ हजार पाउनेछन् । प्रतियोगिताको उद्घाटन सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले गरे । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.