Websoft University

अनुशिक्षण तालिम समापन


बिराटनगर, चैत्र २४ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा संचालन भएको पाँच कार्य दिनको Technical Analysis Investigation बिषयक अनुशिक्षण तालिमको आज प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा समापन भएको छ । 


चैत्र २० गतेबाट संचालन भएको तालिममा कोशी प्रदेश प्रहरी कार्यालय तथा १४ वटै जिल्ला प्रहरी कार्यालय र सो अन्तरगत रहेका मुद्दा चल्ने इलाका प्रहरी कार्यालय समेतबाट सहभागी ४० जना प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि बस्तोलाले प्रमाण पत्र प्रदान गर्नुका साथै तालिममा सिकेको ज्ञान र सिपलाई कर्यक्षेत्रमा अक्षरस कार्यान्वयन गरी अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन समेत निर्देशन दिनु भएको थियो । 

उक्त तालिममा नेपाल प्रहरी प्रधान कार्यालय काठमाण्डौबाट आउनु भएका प्रहरी उपरीक्षक श्याम कुमार मण्डल सहितको प्राबिधिक प्रहरी टोलीले सुचना तथा प्रबिधिको प्रयोग गरी अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन Digital forensic, Mobile Forensic, RAM Capture, CDR Analysis सम्बन्धि प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.