Websoft University

दमक एकता युवा क्लवको भेलाले आज कार्यसमितिको पुर्नगठन

 


दमक,चैत २४ गते | दमक एकता युवा क्लवको भेलाले आज कार्यसमितिको पुर्नगठन गरेको छ । दमक ४स्थित सोनालिका होटलमा भएको क्लवको भेलाले मणीराज धिमालको अध्यक्षतामा कार्यसमिति पुर्नगठन गरेको हो ।

 क्लवको भेलामा सहभागी सदस्यहरु बीच भएको ब्यापक छलफल पछि अध्यक्षमा धिमाललाई सर्वसम्मत चयन गरिएको हो । कार्यसमितिको अध्यक्षमा धिमाल,उपाध्यक्षमा हेमन्त विश्वकर्मा,सचिवमा मदन कुमार बोहोरा ,सहसचिवमा गंगा आचार्य र कोषध्यक्षमा विजय धिमाललाई सर्वसम्मत चयन गरेको क्लवका प्रमुख संरक्षक केन्द्र प्रसाईले जानकारी दिनु भयो । 

कार्यसमिति सदस्यहरुमा कैलाश बस्नेत,शारदा भटराई,शुष्मा धिमाल,राम शिवा दर्जी, शुक्र धिमाल र सरीराज धिमाल चयन भएका छन् । भेलाले प्रसाईलाई क्लवको प्रमुख संरक्षक तथा सल्लाहकार चयन गरेको नवनिर्वाचित अध्यक्ष मणीराजले जानकारी दिनु भयो । प्रसाईको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि दमक ४का वडा सदस्य हुकुम चन्द्र बस्नेतले संस्थाको पदमा बसीसकेपछि आफनो पदको जिम्मेवारी र कर्तब्य बुझेर समाज सेवा गर्ने आत्मादेखि सक्रिय हुने सदस्यलाई चयन गर्न आग्रह गर्नु भयो ।

 निर्वाचित कार्यसमितिसंग वडा सरकारले सहयोग र सहकार्य गर्दै काम गर्ने प्रतिवद्धता वडा सदस्य बस्नेतले गर्नु भयो । भेलामा प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदाल र निश्कर्ष न्युजका पत्रकार विष्णु पौडेल लगायतले बोल्नु भएको थियो । नवनिर्वाचित अध्यक्ष धिमालले क्लवलाई टिमको साथ सहयोगमा सक्रिय बनाएर सामाजिक कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.