Websoft University

महानगरका कर्मचारीलाई सार्वजनिक खरिदसम्बन्धी तालिम


विराटनगर ÷ विराटनगर महानगरपालिकामा कार्यरत कर्मचारीहरूका लागि सार्वजनिक खरिद तथा करार व्यवस्थापनसम्बन्धी तालिम आयोजना गरिएको छ । 

चार दिनसम्म सञ्चालन हुने तालिमको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले उद्घाटन गरे । कर्मचारीहरूलाई तालिममार्फत पुनर्ताजकी गराउँदै लग्ने महानगरको उद्देश्यअनुसार चार दिने तालिम आयोजना गरिएको बताए । उनले कर्मचारीहरूको क्षमता अभिवृद्धि नगरेसम्म सेवाग्राहीलाई सन्तुष्ट पार्न नसकिने उल्लेख गरे । 

तालिममा महानगरले गर्नुपर्ने सम्पूर्ण निर्माण निर्माण सम्बन्धी कार्यहरू, वस्तु तथा सेवा खरिद गर्न पूरा गर्नुपर्ने प्रक्रिया, विधि र कानुनी व्यवस्थालगायतका बारेमा जानकारी दिइनेछ । संघीय सरकारको श्रम मन्त्रालयका उपसचिव सुवासचन्द्र सिवाकोटी, शिकेन्द्र झा, यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुखलगायतले सहभागीहरूलाई प्रशिक्षण दिनुहुने महानगरको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए । तालिममा महानगरका विभिन्न महाशाखा र शाखा प्रमुखका साथै १९ वटै वडाका सचिवहरूको सहभागिता रहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.