Websoft University

एक अभियुक्त हतियार सहित शनीबार विहान पक्राऊ परे


श्याम राई÷उदयपुर- गाईघाट, २ बैशाख | ज्यान मार्ने उद्योगमा पक्राऊ पूर्जि जारी भै भरार रहेका एक अभियुक्त हतियार सहित शनीबार विहान पक्राऊ परेकाछन् ।

सुनसरीको वराहक्षेत्र नगरपालिका–७ का कुमार भन्ने ३० वर्षिय जय कुमार राईलाई प्रहरीले बेलका नगरपालिका–३ टप्पु ईलाका क्षेत्रमा लुकुछिपी बसेको बेला हतियार सहित पक्राऊ गरेको हो ।

प्रहरीले राईको साथबाट लोड गरिएको ५ राउण्ड म्यागजीन सहित मेड ईन युएसए लेखिएको सेमी अटोमेटिक सानो पेस्तोल र एक थान भरुवा बन्दुक बरामद गरेको छ ।

राई विरुद्ध ज्यान मार्ने उद्योगमा काभ्रेपलाञ्चौक जिल्ला अदालतले पक्राऊ पूर्जि जारी गरेको प्रहरीले जनाएको छ । काभ्रे ईलाका प्रहरीको जानकारीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरबाट शुक्रबार राती प्रहरी निरीक्षक सुभाष खनालको नेतृत्वमा गएको प्रहरी टोलिले राईलाई विहान पक्राऊ गरेको एसपी ज्ञानेन्द्र फुयालले बताए ।

राईलाई अहिले ईलाका प्रहरी कार्यालय रामपुरमा राखिएको प्रहरीले जनाएको छ ।

 

 


 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.