Websoft University

स्व.धन प्रसाद तिवारीको ९औं स्मृति दिवसको अवसरमा दानपेटिका हस्तान्तरण


दमक,चैत३० गते | झापाको एक स्व.विधार्थी नेताको स्मृतिमा उनको परिवारले कमल गाउँ पालिकाको सरकारी विधालयलाई दानपेटीका हस्तान्तरण गरेको छ ।

झापाको कमल गाउँपालिकाको२७ वटा सरकारी विधालयलाई अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य,स्व.धन प्रसाद तिवारीको ९औं स्मृति दिवसको अवसरमा दानपेटिका हस्तान्तरण गरेको हो । कमल गाउँपालिकाको उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले आज कमल गा.पा.मा एक कार्यक्रमको आयोजना गरी श्रीमान धन प्रसादको स्मृतिमा ती दानपेटी विधालयहरुलाई प्रदान गर्नु भएको छ । 

श्रीमान धनप्रसादले शिक्षा ,सहकारी र सामाजिक क्षेत्रमा पुराएको योगदानलाई चिरस्यायी बनाई राख्नका ,सरकारी विधालयको विधार्थीलाई शैक्षिक क्षेत्रमा सहयोग पुगोस भन्ने इच्छाले सानो भए पनि सामाजिक काम गरेको उपाध्यक्ष तिवारीले बताउनु भयो । 

शिक्षक ,विधार्थी अभिभावक आदिलाई यो दानपेटी राखेर दानपेटीमा दान गर्न प्रोत्साहीत गरी त्यहाँ जम्मा भएको रकमले जेहेन्दार,विपन्न बिधार्थीलाई शैक्षिक सामाग्री लगायतका दिन विधालयका प्रधानध्यापकहरुको भनाई रहेको छ ।

 कार्यक्रममा कमल १को केदार कटुवाल,कमल गा.पा.को शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने लगायतले दानपेटीकाले शैक्षिक क्षेत्रमा सुधारमा उल्लेखनिय सहयोग पुग्ने बताउनु भयो । तिवारीका भाई गोविन्द तिवारीले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नु भएको थियो ।दमक बहुमुखी क्याम्पसको स्ववियु सचिव,कलश बचत तथा ऋण सहकारी संस्था दमकको संस्थापक अध्यक्ष स्व.तिवारीले आठ वर्ष अघि सवारी दुर्घटनामा परेर ज्यान गुमाउनु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.