Websoft University

अहिलेको सरकारले किसान मार्ने काम गर्दैछ - केपी ओली


दमक, चैत ३० गते।अहिलेको सरकारले किसान मार्ने काम गरेकोे नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाउनु भएको छ । 

 झापाको कमल ५ स्थित आदिवासी रंगशालामा भएको अखिल नेपाल किसान महासंघको ७ औ राष्ट्रिय महासम्मेलनलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भन्नु भयो–सरकारले  किसानलाई दिदै आएको सरकारी अनुदान काट्ने किसान मारा काम गरेको छ ।


 किसान महासंघको राष्ट्रिय समितिले आयोजना गरेको महासम्मेलनमा बोल्दै आज र भोली हुने महासम्मेलनले उद्घाटन विरुवा वोटमा पानी हालेर अध्यक्ष ओलीले उद्घाटन गर्नु भएको थियो । किसानको समस्या किसानको मात्र नभएर दक्षिण एसियाकै समस्या भएको उहाँको भनाई रहेको छ ।

 किसान र गैर किसान मिले मात्र किसान मैत्री निति ल्याउन सकिने अध्यक्ष ओलीले बताउनु भयो । किसान महासंघका अध्यक्ष डाक्टर प्रेम दंगालको अध्यक्षतामा भएको महासम्मेलनमा पार्टीका महासचिव शंकर पोखरेलले किसान मैत्री मुद्धामा सबै एक हुन पर्ने बताएका थिए । 

कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीले कृषिलाई ब्यवसायीकरण गर्ने र तिनीहरुको समस्या समाधानमा सहयोग गर्ने बताउनु भयो । बंगला देशका किसान नेता निमाई गागुली र पाकिस्तानका किसान नेता तारिफ महमोद,किसान महासंघको केन्द्ीय उपाध्यक्ष बेनु शिवाकोटी लगायतले रसायनिक मलको मूल्यवृद्धि लगायतका बिषयमा बोल्नु भएको थियो । 

७७ जिल्लावाट सहभागी प्रतिनिधिहरु रहेको किसान महासंघ महासम्मेलन भोली सम्म सम्मेलन चल्ने किसान नेता शिवाकोटीले जानकारी दिनु भयो । महासम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.