Websoft University

शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न


बिराटनगर बैशाख २ गते | बिराटनगर जेसीजले नयाँ बर्ष २०८० को सुखद अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । 

बिराटनगर जेसीजको सभाहल मा सम्पन्न कार्यक्रम प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डलको प्रमुख आतिथ्य तथा अध्यक्ष अभिनास थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रमुख अतिथी सासद योगेन्द्र मण्डल , पुर्व अध्यक्ष क्लब अध्यक्ष देबेश प्रधान , बोर्ड अफ ट्रस्ट अध्यक्ष टिकाराज ढकाल , पुर्व अध्यक्ष सुरेशलाल श्रेष्ठ लगायत पुर्व अध्यक्ष द्वारा क्यालेन्डर बिमोचन गरिएको थियो भने बिराटनगर जेसीजका पुर्व अध्यक्षहरु द्वारा शुभकामना ब्यक्त गरिएको थियो । 

कार्यक्रमका बारेमा जानकारी दिदै अध्यक्ष अभिनास थापाले क्यालेन्डर प्रकाशन मार्फत आएको बिज्ञापन बापतको रकमबाट बिराटनगरको भुमी प्रशासन चोकमा रहेको स्तम्भमा क्लक टावरको निर्माण गरिने र बिराटनगर बासीले अपनत्व ग्रहण गर्ने किसिमले निर्माण गरिने जानकारी दिनु भयो । त्यस्तै जेसी बाल सदनमा हरेक बर्ष जेहेन्दार ३ जना बिद्यार्थीहरु लाई क्षमताका आधारमा छनोट गरि छात्रवृत्ति प्रदान गरिने घोषणा गर्नु भयो ।साथै केही दिन अघि दिवङ्गत हुनु भएका चन्द्रनिगाहपुर सिटि जेसिजका पुर्व अध्यक्ष उज्जवल रिजालको परिवारलाई समेत केही रकम सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी योगेन्द्र मण्डलले अबका युवाहरु सामाजिक काम मा मात्र नभएर अब देशको अवस्था सुधार ल्याउनका लागि राजनीतिमा समेत अघि बढ्नु पर्ने बताउदै , आफ्नो राजनीति समाजमा परिवर्तनका निम्ति रहेको , युवाहरुमा छाएको नैराश्यतालाई हटाउदै देश बिकासको बाटोमा लाग्न आफुले सधै अभिप्रेरित गर्ने बताउनु भयो । साथै युवा सग मिलेर समाजका बिसङ्गती बिरुध् लड्न आफू सधै तयार रहेको बताउदै आफ्ना विभिन्न लोक कल्याणकारी सस्थाहरु सग सहकार्य गराउदै अघि बढ्न आफू तयार रहेको जानकारी दिनु भयो । 

क्यालेन्डर निर्माण समितीका सयोजक प्रीतेशराज दाहालले क्यालेन्डर निर्माण गर्न सघाउने सबै बिज्ञापनदाता बोर्ड पदाधिकारी लगायत सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्नु भयो । 

कार्यक्रममा बिराटनगर जेसीजबोर्ड पदाधिकारी , सद्स्य , जुनियर जेसीज लगायतको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.