Websoft University

इनरुवामा झन्डै ५ हजारको उपस्थिति हुँदा गायिका एलिना चौहान दङ्ग


इटहरी । गएको फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा सुरुभएको ‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव’ सम्पन्न भएको छ । हिजो १७ गते अन्तिम प्रस्तुतिका लागि लोकप्रिय गायिका एलिना चौहानको उपस्थिति रहेको थियो । महोत्सवको अन्तिम दिन झन्डै ५ हजार इनरुवाबासीको उपस्थिति रहेको आयोजकले जनाएको छ । चौहानको क्रेज यतिबेला देश तथा बिदेशमा निकै नै छ । पहिलो पटक इनरुवा आएकी उनि यत्ती धेरैको उपस्थिति देख्दा दङ्ग परेकी छन् । आयोजकले समेत यो नसोचेको उपस्थिति बताएको छ ।

चौहानले धोकेबाज हौ तिमि, मिनिरल वाटर, गोदावरी बनैमा लगायत आफ्ना हिट गीतहरु गाएर इनरुवाबासिलाई झुमाईन् । उनले मञ्चबाट गाउदै गर्दा उपस्थित दर्शकले पनि निरन्तर एलिनालाई गाएर साथ दिएका थिए । यसर्थ उनको क्रेज इनरुवामासमेत रहेकोबुझ्न सकिन्छ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजना तथा इनरुवा नगरपालिका सुनसरीको संयोजनमा संचालन भएको यो महोत्सव फरक शैलीमा आयोजना गरिएको थियो । इनरुवामा पहिलोपटक आयोजना भएको यो महोत्सवले स्थानिय मौलिक भाषा, कला, सस्कृति, पहिचान र प्रतिभालाई प्रबर्द्धन गर्न सफल भएको आयोजक संस्थाका अध्यक्ष तथा महोत्सवका परिकल्पनाकार अरुण कुमार प्रधानले बताए ।

महोत्सवको सुरुवाती दिनदेखी ५ दिनसम्म चलचित्र महोत्सव अन्तर्गत प्रदेश १ मा बनेका लामो तथा छोटो १८ चलचित्रहरुलाई इनरुवामा अवस्थित सिबि सिनेमा हलमा नि:शुल्क प्रदर्शन गरिएको थियो । यस्तै इनरुवा उत्सव अन्तर्गत इनरुवामा योगदान दिएका ब्याक्तित्वहरु तथा वहाँका परिवारहरुलाई सम्मान गरिएको थियो भने कोशी प्रदेश को नाम उच्च राख्ने यहाँका चलचित्रकर्मी तथा कलाकारहरुलाई सम्मान समेत गरिएको थियो । 

११ दिने उत्सवका अवधीमा कुस्ती प्रतियोगिता, बेहुली सुन्दरी प्रतियोगिता, तरकारी उत्पादन प्रतियोगिता, निबन्ध प्रतियोगितासंगै साहित्य सम्मेलन, फेसन शोका माध्यमबाट जातिय पहिरन प्रदर्शन लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो । विविध कारणवश सोचेका, बोलेका र अझै गर्न खोजेका केही योजनाहरु गर्न नसकेको आयोजक संस्थाका अध्यक्ष तथा महोत्सव परिकल्पनाकार प्रधानले बताए । महोत्सवको अन्तिम दिन चलचित्र पत्रकार सुवास संकल्पले सांगीतिक कार्यक्रम संचालन गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.