Websoft University

दमक नगरपालिकाले अन्तराष्ट्रिय हिवलचेयर दिवसको अवसरमा अपाङता भएका ब्यक्तिहरुलाई आवश्यक सहायक सामाग्री हिवयचियर वितरण

 


दमक,फागनु १७ गते | दमक नगरपालिकाले अन्तराष्ट्रिय हिवलचेयर दिवसको अवसरमा अपाङता भएका ब्यक्तिहरुलाई आवश्यक सहायक सामाग्री हिवयचियर वितरण गरेको छ ।

 दमक अपाङ सहयोग समितिको समन्वय र रोटरी क्लवको सहयोगमा नगर पालिकाले आज आयोजना गरेको प्रदेश स्तरीय ह्रिवलचेयर वितरण कार्यक्रम गरेको हो । दमक क्षेत्रका अपाङता भएका ब्यक्तिहरुलाई नगर प्रमुख राम थापाले ह्रिवलचेयर वितरण गर्नु भयो ।

१५औं अन्तराष्ट्रिय दिवसमा हिवलचेयर वितरणपछि बोल्दै अपाङता भएका ब्यक्तिहरुलाई हिवलचेयर दाता संस्थाहरुको सहयोगमा उपलब्ध गराई दिनु भएकोमा नगरपालिकाको तर्फवाट धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्तै सहयोग अपेक्षा रहेको बताउनु भयो । नगर उपप्रमुख रेगिना भटराई प्रसाईको अध्यक्षता भएको कार्यक्रममा दमक अपाङ सहयोग समिति अध्यक्ष खगेन्द्र भटराईले  फरक क्षमता भएका ब्यक्तिहरुलाई आवश्यक सहयोग स्थानिय सरकारले गर्नु पर्ने बताउनु भयो ।

अपाङता भएका ब्यक्तिहरुलाई सबै क्षेत्रले समन्वय सहकार्य र अवसर दिनु पर्ने भटराईले बताउनु भयो । कार्यक्रममा अपाङ नेत्रृी भीमा खतिवडाले हरेक प्रकारको जोखिमवाट कोही टाढा नभएको जोखिमवाट अपाङता भएका ब्यक्ति सहयोग सामाग्रीवाट बञ्चित हुन नहुने बताउनु भयो । कार्यक्रममा अभियन्ताहरु कलाकारहरु मनोज गजुरेल र राजा राजेन्द्र पनि हिवलचेयर वितरण कार्यक्रममा सहभागी रहनु भएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भटराईले जानकारी दिनु भयो । 

दमकमा मात्र ६५ जनालाई हिवलचेयर वितरण गर्ने दमक नगर पालिकाले जनाएको छ । कमल ,गौरादह, शिवसताक्षी ,मेची नगर ,भद्रपुर ,बुद्धशान्ति,इलामको चुलाचुली र मोरङको मेक्लाजुङ तथा दमक नगर सहित १सय ६५ वटा ब्यक्तिको शरीर नाप जाँच पछि उपयुक्त  हिवलचेयर वितरण गरिने दमक नगर पालिकाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.