Websoft University

एसइइ डान्सका २८ फाईनल प्रतिस्पर्धीलाई प्लसटुमा पूर्ण छात्रबृत्ति


काठमाडौं, १८ फागुन | यो वर्षको एसइइ नजिकिँदै गर्दा ‘एसइइ डान्स च्याम्पियनसिन’को चौथो संस्करण घोषणा गरिएको छ । एसइइ दिएर बसेका विधार्थीहरुलाई लक्षित गरेर बिगत चार वर्षदेखि देशव्यापी रुपमा यो प्रतियोगिता आयोजना हुँदै आएको छ । बिगत झै यसपटक पनि यो प्रतियोगिताको फाईनलमा पुगेकाहरुले प्लस टुको अध्ययनका लागि पूर्ण छात्राबृत्ति पाउने भएका छन् । यो प्रतियोगिताको चौथो संस्करणको अडिसन आगामी नयाँ वर्षसँगै हुने भएको छ ।

यो प्रतियोगिताको लागि आगामी चैतमा एसइइ दिएर बसेका विधार्थीहरुले भाग लिने पाउने आयोजक संस्थाका अध्यक्ष एवम् बरिष्ट कोरियोग्राफर महेश गोदारले बताएका छन्,‘हामीले सबै प्रदेशमा बैशाखको पहिलो साताबाट अडिसन शुरु गर्ने छौं । उनीहरुको नृत्यको आधारमा अडिसन लिएर प्रत्यक प्रदेशबाट फाईनलको लागि ३ जना चयन गरिने छ ।’

माविहरुको संस्था ‘हिसान’को सहकार्यमा काठमाडौंको कपनमा रहेको बज्रायोगिनी डान्स एन्ड म्युजिक एकेडेमीले यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यो प्रतियोगितामा नेशनल प्याब्सन र प्याब्सनको समेत सहकार्य रहेको पनि गोदारले जानकारी गराएका छन् ।

यी सहित काठमाडौंबाट १० जना चयन गरेर कुल २८ जना प्रतियोगीबीच आगामी २३ असारमा काठमाडौंको नाचघरमा अन्तिम प्रतिस्धर्पा हुने छ ।

यसरी यो अन्तिम प्रतिस्पर्धामा चयन भएका २८ जनालाई नै कक्षा ११ र १२ को अध्ययनका लागि पूर्ण छात्राबृत्ती दिईने सहयोगी संस्था हिसानका अध्यक्ष एवम् गोल्डेन गेट कलेजका प्रिन्सिपल रमेश सिलवालले बताएका छन् ।

यो प्रतियोगितामा प्रथम हुनेले एक लाख रुपैयाँ, द्धितीय हुनेले ५० हजार रुपैयाँ र तृतीय हुनेले ३० हजार रुपैयाँ नगद सहित ट्रफी र विभिन्न पुरस्कार पनि प्राप्त गर्ने आयोजक महेश गोदारले जानकारी गराएका छन् । यो प्रतियोगिताको लागि मुलुकका विभिन्न कलेजमा आयोजक पक्षले सूचना पुर्याउने छ ।

 

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.