Websoft University

उपभोक्ता आफैं सचेत हुनुपर्नेमा मेयर कोइरालाको जोड


विराटनगर ÷ विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर विराटनगर महानगरपालिकाले उपभोक्ता सचेतनासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।

महानगरको सभाहलमा आयोजित कार्यक्रममा मेयर नागेश कोइरालाले उपभोक्ता आफैं जागरुक र सचेत हुनुपर्नेमा जोड दिए । उनले उपभोक्ता सचेत नभएसम्म ठगिने क्रम नरोकिन बताए । “राष्ट्रपतिदेखि सामान्य नागरिक पनि उपभोक्ता नै हुन्,” मेयर कोइरालाले भने, “उपभोक्ता अधिकारका विषयमा महानगर गम्भीर छ ।” उनले उपमेयरको नेतृत्वमा नियमित बजार अनुगमनसमेत भइरहेको सुनाए । अन्तरक्रियामा उपमेयर शिल्पा निराला कार्कीले बजार अनुगमनका क्रममा गल्ती गर्नेलाई महानगरले कारबाही गरेको जानकारी दिइन् । उनले नियमित र आकस्मिक बजार अनुगमन गर्ने गरेको बताइन् । अझै पनि उपभोक्ता सचेतनामा कमी देखिएको उनको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले उपभोक्ता सम्बद्ध संस्थाहरुले निःस्वार्थ रुपमा काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी (मार्सेली)ले उपभोक्ता अधिकारका विषयमा कार्यपत्र प्रस्तुत गरे । ‘स्वच्छ ऊर्जामार्फत उपभोक्ता सशक्तिकरण’ सम्बन्धी शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै भण्डारीले परम्परागत ऊर्जाको प्रयोग घटाउन आग्रह गरे । उनले वैकल्पिक ऊर्जा अर्थात नवीकरणीय ऊर्जाको प्रयोगमा जोड दिए । “परम्परागत दाउरा, कोइराला, र पेट्रोलियम पदार्थको खपत घटाएर जलविद्युत, सौर्य र वायु ऊर्जाको विकास गरी प्रयोगलाई बढाउनुपर्छ,” उनले भने । सो अवसरमा वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारी, ११ का तीर्थेन्द्र न्यौपाने, १९ का श्याम घिमिरेसहित उपभोक्तासँग सम्बन्धित संस्थाका प्रतिनिधिहरुले उपभोक्ता अधिकारका विषयमा आ–आफ्नो धारणा राखे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.