Websoft University

विराटनगरमा तीनदिने नेपाल–भारत साहित्य महोत्सव हुँदै


विराटनगर ÷ यही चैत ३ गतेदेखि प्रदेश राजधानी विराटनगरमा नेपाल–भारत साहित्य महोत्सव हुने भएको छ ।

विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा तीनदिने साहित्य महोत्सव हुने भएको हो । विराटनगरमा पत्रकार सम्मेलन गरेर आयोजकले महोत्सवबारे जानकारी दिएको छ । विराटनगर ठाकुरवाडी रोडस्थित रामजानकी सेवा सदनमा हुने महोत्सवमा भारतबाट १ सय र नेपालबाट २ सयभन्दा बढी साहित्यकारको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।

महोत्सवमा ‘नेपाल–भारत साहित्यिक, सांस्कृतिक, ऐतिहासिक तथा आध्यात्मिक महत्व’, विराटनगरको ऐतिहासिक महत्व तथा महाभारतकालदेखिको सम्बन्ध’, बहुभाषी कवि सम्मेलन हुने भएको छ । त्यस्तै साहित्यिक÷सामाजिक परिचर्चा, पर्यावरण विमर्शका साथै गजल, जारु वाचनसमेत हुने मेरुठ अकाडेमीका अध्यक्ष डा. विजय पण्डितले जानकारी दिनुभयो । सात वटै प्रदेशबाट साहित्यकारहरुको सहभागिता रहने आयोजक समितिका संयोजक देवी पन्थीले बताउनुभयो ।

पत्रकार सम्मेलनमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, सार्क कल्चरल नेपालका अध्यक्ष राजेन्द्र गुरागाईं, साहित्यकार गोकुल अधिकारी, मीनकुमार नवोदितलगायतले साहित्य महोत्सवले नेपाल र भारतको सम्बन्ध विस्तारमा थप मद्दत पुग्ने विचार राखेका थिए । विराटनगर घोषणापत्र जारी गर्दै चैत ५ गते महोत्सव समापन हुनेछ । यसअघि मेरठ अकाडेमीले वीरगञ्ज र काठमाडौंमा नेपाल–भारत साहित्य महोत्सव गरेको थियो । विराटनगरमा गरिने महोत्सव सातौं भएको पण्डितले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.