Websoft University

बैक तथा वित्तीय समस्या संघर्ष समिति नेपाल-प्रधानमन्त्रीको विशेष आग्रहमा विरोध कार्यक्रम हाललाई स्थगित



काठमाडौं । चर्को बैक व्याजदर तथा प्रतिकूल बंैकिब नीतिहरु विरुद्ध विगत चार दिन देखि काठमाडौँ केन्द्रित आन्दोलनमा रहेको बंकै तथा वित्तीय संघर्ष समितिले सम्माननीय प्रधानमन्त्रीज्यूको विशेष आग्रहमा हाललाई आन्दाले नका कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको छ ।

चर्को बैक व्याजदर लगायतका समस्याहरुबाट लामो समय देखि प्रताडित निजी क्षेत्रका उद्योगी÷ व्यवसायीहरुको समस्या निराकरणार्थ सरकार तथा सम्बन्धित निकायले खासै ठोस कदम नचालेकाले मारे गं व्यापार संघका अध्यक्ष श्री नवीन रिजालको अग्रसरतामा मुलुकभरीका जिल्ला÷नगर उद्योग वाणिज्य सघं हरु, वस्तुगत संघहरु लगायतका अध्यक्षहरु, पदाधिकारीहरु तथा प्रतिनिधिहरुले २०७९ फाल्गुन २७ गतेदेखि काठमाडौँको विभिन्न स्थानहरुमा विरोधका कार्यक्रमहरु गर्दै आएका थिए ।


मोरंग व्यापार संघको आग्रहमा फाल्गुन २७ गते मुलुकभरीका १२५ बढि उद्योग वाणिज्य संघहरु, वस्तुगत संघहरु एवं औद्योगिक÷व्यवसायिक संघ–संस्थाहरु काठमाडौँमा भेला भई ।।।बंैक तथा वित्तीय समस्या संघर्ष समिति’ खडा गर्दै फाल्गुन २८ गते देखि माइतिघर मण्डला, नेपाल राष्ट्र बंैकको केन्द्रीय कार्यालय लगायतका स्थानहरुमा बहृ त विरोध कार्यक्रमहरु आयाजे ना गरेको थियो । समितिको सयं ोजक एवं मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालले राजधानी बाहिरका विगतका देशव्यापी आन्दोलनलाई सरकारले खासै चासो नदिँदा उद्योगी÷व्यवसायीहरु मरणासन्न अवस्थामा पुग्नुका साथै कयौँले आत्महत्या समेत गरिसकेको असहनीय अवस्थामा राजधानी केन्द्रित आन्दोलनको विकल्प नरहेकाले सबै औद्योगिक÷व्यवसायिक संघ–संस्थाहरुको एकजुटतामा राजधानी केन्द्रित निर्णायक आन्दोलनमा उत्रिन बाध्य भएको बताउनु भयो ।

मुलुकभरीका औद्योगिक÷व्यवसायिक संघ–संस्थाहरुको सक्रीय सहभागितामा आन्दोलनले मूर्त रुप लिई सशक्त रुपमा अघि बढिरहेकामे ा आन्दोलनको तेश्रो दिन सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल ।प्रचण्ड’ले आन्दाले नरत वर्गलाई आज निजका कार्यालयमा आमन्त्रण गर्नु भई आफूले बंैक व्याजदर लगायतका औद्योगिक÷व्यवसायिक वर्गका समस्याहरु राम्रो सँग बुझेकै कारण आफूले पदभार ग्रहण गरे लगत्तै तीनका निराकरणार्थ तत्पर रहँदै गृहकार्यहरु गरिरहेको बताउनु भएको थियो । सम्माननीय प्रधानमन्त्रीज्यूले हाल सरकार गठनका कार्यहरु प्रक्रियामै रहेकोमा त्यस लगत्तै औद्योगिक÷व्यवसायिक समस्याहरुको सम्बाधे न गराउने तर्फ आफू अग्रसर भई लाग्ने र समस्या निराकरण गराएरै छाड्ने आश्वासन दिनु भई उद्योगी÷व्यवसायीहरुका विरोधका कार्यक्रमहरु तत्कालका लागि स्थगित गर्न आग्रह गर्नु भएको थियो ।

संघर्ष समितिका संयोजक एवं मोरगं व्यापार संघका अध्यक्ष श्री नवीन रिजालले सम्माननीय प्रधानमन्त्रीज्यूसँगको भटे घाटमा उद्योगी÷व्यवसायीहरुका समस्याहरु प्रति वहाँ गम्भिर भई लाग्नु भएको अनभु ूि त भएकाले हाललाई वहाँका आग्रह बमाेि जम आफ्ना विरोधका कार्यक्रमहरु स्थागित गरिएको बताउनु भयो ।

प्रधानमन्त्रीसँगको सो भेटघाटको क्रममा समिति संयोजक एवं संघका अध्यक्ष श्री रिजाल सहित नेपाल उद्यागे वाणिज्य संघका उद्योग उपाध्यक्षहरु श्री दिनेश श्रेष्ठ र श्री अंजन श्रेष्ठ, मोरंग व्यापार संघका निर्वतमान अध्यक्ष श्री प्रकाश मून्दडा, वरिष्ठ उपाध्यक्ष श्री अनुपम राठी, उपाध्यक्ष श्री विकास कुमार बेगवानी र विभिन्न औद्योगिक÷व्यवसायिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थिए |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.